Tag: साग १३ खेल

सागमा १३ खेल हुँदै, गौरिकालाई अर्को इतिहास रच्ने अवसर

राम्रो प्रदर्शन गरिरहेकी नेपाली पौडी खेलाडी गौरिका सिंहलाई पौडीका स्पर्धाको अन्तिम दिन सोमबार इतिहास रच्ने अवसर छ । दुवै स्पर्धामा स्वर्ण जित्न सकेमा उनले सागमा सर्वाधिक स्वर्ण पदक जित्ने नेपाली खेलाडीको नयाँ कीर्तिमान बनाउने छिन् । अहिले यो कीर्तिमान दीपक विष्टको नाममा छ ।