प्रधानमन्त्री केपी शर्मा ओलीले धरानमा खानेपानी उपललब्ध गराउने प्रक्रिया अघि बढेको जानकारी गराएका छन् । सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा सुनसरीको धरान उपमहानरपालिकाका प्रमुख हर्कराज राई (साम्पाङ) सहितको प्रतिनिधिमण्डल भेटमा उनले यस्ताे बताएका हुन् ।