नेपाल शिक्षक महासंघले भदौको दोस्रो सातादेखि आन्दोलन गर्ने भएको छ । महासंघको बिहीबार बसेको बैठकले यस्तो निर्णय गरेको हाे। समय सीमाभित्र पनि सरकारले ऐन जारी नगरेपछि आफूहरूले आन्दोलनमा जान बाध्य भएको महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले जानकारी दिए ।
शिक्षक महासंघले शैक्षिक हड्ताल भएकाले निजी विद्यालय पनि बन्द गर्न आग्रह गरेको छ । महासंघले आज विज्ञप्ति निकालेर निजी विद्यालय सञ्चालकहरूलाई विद्यालय बन्द गर्न आग्रह गरेको हो । महासंघले ‘शैक्षिक आम हड्तालको यो अभियानलाई सफल तुल्याउन संस्थागत विद्यालयहरु समेत बन्द गरी साथ दिन सम्बन्धित सबै मित्रहरुमा अनुरोध छ,’ जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
आन्दोलनरत शिक्षकहरूले आज नयाँ बानेश्वरमा धर्ना दिएका छन् । विद्यालय शिक्षा ऐन जारी गर्न माग राख्दै माइतीघरबाट प्रदर्शनसहित बानेश्वर पुगेर शिक्षकहरूले सडकमा धर्ना दिएका हुन् ।
नेपाल शिक्षक महासंघले सोमबारदेखि अनिश्चितकालीन शैक्षिक हडतालको घोषणा गरेको छ । साथै अब देशभरका सबै विद्यालय बन्द गरी शिक्षक–कर्मचारीलाई काठमाडौंको शैक्षिक सडक आन्दोलनमा अनिवार्य सहभागी हुन आव्हान गरेको छ।