सरस्वती क्याम्पसमा छात्रवृत्तिका लागि आवेदन खुल्यो (सूचनासहित)

काठमाडौं । सरस्वती बहुमुखी क्याम्पसले गरिब तथा जेहेन्दार विद्यार्थीका लागि छात्रवृत्तिका लागि आवेदन खुलाएको छ । क्याम्पसले बुधबार एक सूचना जारी गर्दै एमबीएसमा अध्ययनरत विद्यार्थीका लागि छात्रवृत्तिका लागि आवेदन खुलाएको हो ।

यसअघि लामो समदेखि छात्रवृत्तिका लागि आवेदन नखुलाइएको भन्दै नेविसंघ केन्द्रीय सदस्य तथा सो क्याम्पसका विद्यार्थी भीमबहादुर अधिकारीले क्याम्पस प्रमुख गोलमान गुरुङलाई ज्ञापनपत्र समेत बुझाएका थिए ।

उनले तत्काल नखुलाए कडा आन्दोलनका कार्यक्रम गर्ने चेतावनीसमेत दिएका थिए । छात्रवृत्तिका लागि आज जेठ ९ गतेदेखि ३२ गतेभित्र आवेदन फर्म भरी बुझाउन प्रशासनमा बुझाउन सकिने सहायक क्याम्पस प्रमुख नारायणप्रसाद अर्यालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here