१८ हजार ५३ जनाले पाए सहुलियतपूर्ण ऋण, करिब ३५ अर्ब ऋण लगानी

काठमाडौं २८, असोज । गत असारसम्म १८ हजार ५३ सयले जनाले सहुलियत दरको ऋण सुविधा लिएका छन् । सरकारको निर्देशनमा राष्ट्र बैंकले सहुलियत ब्याजदर सम्बन्धी कार्यविधि जारी गरेको थियो । सो कार्यविधि अनुसार विभिन्न सात शिर्षकमा सहुलियत ब्याजदरको ऋण सुविधा पाइन्छ ।

ती सात प्रकारमध्ये व्यवसायीक कृषि तथा पशुपक्षी कर्जा तीन वर्ष अघिकै हो । कामका लागि विदेशिने नागरिकलाई स्वदेशमै रोक्ने र उनीहरुलाई कृषि उत्पादनमा प्रोत्साहन गर्ने उद्देश्यले सरकारले तीन वर्ष अघि व्यवसायीक कृषि तथा पशुपंक्षी कर्जा कार्यक्रम ल्याएको थियो ।

गत वर्ष त्यसमा अरु ६ वटा शिर्षक थपेर सरकारले सात प्रकारका सहुलियत ब्याजदर कार्यक्रम लागु गरेको थियो ।

तीन वर्ष अघि सञ्चालन भएकै कारण हालसम्म १७ हजार ३ सय २५ जनाले व्यवसायीक कृषि कर्जा सुविधा पाएका छन् । गत साउनसम्म १ हजार ३ सय २८ जनाले मात्र बाँकी ६ प्रकारका कर्जा सुविधा पाएका छन् ।

साउनसम्म स्वीकृत भएको ऋणमध्ये पनि ३४ अर्ब २६ करोड रुपैयाँ कृषि कर्जामा मात्र लगानी भएको छ । बाँकी ६ वटा कर्जामा ८० करोड ३४ रुपैयाँ मात्र लगानी भएको छ ।

उल्लिखित सात वटै शिर्षकमा कर्जा प्रवाहका लागि विभिन्न प्रकारको मापदण्ड पुरा गर्नु पर्छ । उक्त मापदण्ड पुरा भएका व्यक्तिले तोकिएको सुविधा पाउने कार्यविधिमा उल्लेख छ ।

उत्पादनशील क्षेत्रतर्पm कर्जा प्रवाह लगायत निर्यात विस्तार सहज बनाउने उद्देश्यले राष्ट्र बैंकबाट सहुलियत दरमा प्रदान गरिदै आएको छ । २०७६ साउनसम्म १९ अर्ब ८९ करोड लगानीमा रहेको छ । यस अन्तर्गत साधारण पुनरकर्जा १७ अर्ब ८७ करोड र निर्यात पुनरकर्जा १६ करोड २३ लाख उपयोग भएको राष्ट्र बैंकले जनाएको छ ।

भूकम्प पीडितहरुलाई आवासीय घर निर्माणको लागि सहुलियतपूर्ण कर्जा प्रदान गर्न यस बैंकबाट बैंक तथा वित्तीय संस्थाहरुलाई उपलब्ध गराइएको पुनरकर्जाको बक्यौता २०७६ साउन मसान्तमा रु.२ अर्ब रहेको छ । यस्तो कर्जा १ हजार ५ सय ७८ जना ऋणीले उपयोग गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here