डा . असिम श्रेष्ठ एमडि फेलो (पेडियाट्रिक न्युरोलोजि) कन्सल्टेन्ट पेडियाट्रिक न्युरोलोजिष्टी
छारे भन्नाले मस्तिष्कमा विद्युतीय गतिविधिको अत्याधिक वृद्धि हुनु हो जसले विभिन्न प्रकारका लक्षणहरू देखाउन सक्छ । एपिलेप्सी एक न्योलोजिकल डिसअर्ड हो जसमा एक व्यक्तिलाई दुई वा वढी अत्याशित छारे/दौराहरु हुन्छन् जुन २४ घण्टा भन्दा वढी समयको अन्तरालमा हुन्छ । छारे एकल घटना हो भने, एपिलेप्सीमा दुई वा बढी अप्रत्याशित छारे (दौरा) हरू हुन्छन् ।
विभिन्न खाले जनसंख्यामा आधारित अध्ययनहरुले एपिलेप्सी भएका लगभग आधा रोगीहरूको सफलतापूर्वक उपचार भई कालान्तरमा एन्टिसिजर (Anti-seizure) औषधि छुटाउन सकिने तथ्याङ्कले देखाउँछ । दुर्भाग्यवश लगभग एक चौथाई बिरामीहरूमा भने औषधि प्रतिरोधी एपिलेप्सी (Drug Resistant Epilepsy) को विकास हुन्छ र छारे नियन्त्रण गर्न २ वा बढी एन्टिसिजर औषधिको प्रयोग गर्नुपर्ने हुन्छ । त्यस्ता बालबालिकाहरूमा व्यावहारिक, मनोवैज्ञानिक र पठनपाठनमा समस्याका साथ-साथै हड्डीको कमजोरी, सिजर-प्रेरित चोट र मिर्गीमा अचानक अप्रत्याशित मृत्यु (Sudden Infant Death Syndrome) जस्ता जोखिमहरु हुन्छन् ।
बालबालिकामा देखिने एपिलेप्सीका कारणहरुः
.मस्तिष्कको संरचनामा देखिने जन्मजात विकृति
.मस्तिष्क संक्रमण
.नसा सुकेका
.रासायनिक तत्वको कमी
.मेटाबोलिक
.आनुवंशिक (Genetic)
लक्षण/सेमियोलोजी
हातगोडा हल्लिने (क्लोनिक), मांसपेशी कडा हुने (टोनिक), अचानक लड्नु (एटोनिक), टोलाइरहने, अचानक करेन्टजस्तो मांसपेशी झट्कने (मायोक्लोनस), अचानक पढाईमा ह्रास कमी आउने, व्यवहार परिवर्तन हुने आदि हुन्छ।
जोखिमका कारणहरू
छारेको प्रवित्ति भएको बच्चामा ज्वरो आएमा, निद्राको कमी, चम्किलो बत्तीमा हेरिरहे, खानेकुरा नखाएको अवस्था, तनाव भए, अत्याधिक स्क्रिन टाइम जस्तै मोबाइल, टिभी धेरै हेर्नु इत्यादिले छारे निम्त्याउन सक्छ ।
परिक्षण/अनुसन्धान
प्रत्येक बच्चामा निदान प्रक्रिया फरक हुन्छ, तर निम्न परिक्षणहरू सामान्यता मिर्गिको निदान स्थापित गर्न आवश्यक हुन्छन् :
१) Electroencephalograph (EEG): EEG ले मस्तिष्कको गतिलाई रेकर्ड गर्छ । यसलाई एपिलेप्सी सिन्ड्रोमको निदान गर्न र दौरा पुनरावृत्तिको जोखिम निर्धारण गर्न प्रयोग गरिन्छ । कतिपय अवस्थामा, भिडियो-ईईजी गर्न आवश्यक हुन्छ, यसले छारेको पुष्टि तथा प्रकार बुझ्न मद्दत गर्दछ ।
२) MRI/CT Scan: यी विधीहरूले मस्तिष्कको कुनै पनि विक्ति वा एपिलेप्सी हुनसक्ने कुनै पनि घाऊको खोजी गर्न मद्दत गर्दछ । एपिलेप्सीमा MRI Scan को बढी महत्व हुन्छ किनभने MRI ले मस्तिष्कको वृत्तचित्रण प्रस्टसँग देखाउँछ ।
३) विशिष्ट अवस्थामाः आनुवंशिक Genetics/Metabolic /Autoimmune panel आवश्यक हुनसक्छ ।
दौरा/इपिलेप्सी नक्कल / Seizure Mimics
केही अवस्थाहरु इपिलेप्सी जस्तै देखिने भएकाले यसका बारे जानकारी राख्नु आवश्यक छ :
१) Benning Sleep Myoclonus: नवजात शिशु र साना शिशुहरूमा देखा पर्ने, विशेष गरी निदाएको बेलामा देखा पर्ने र व्यूकँदा समाप्त हुन्छ ।
२) Jitteriness: नवजात शिशुहरूमा देखिने, शरिरको असामान्य गति । प्रभावित अंग समात्दा यो आफै रोकिन्छ ।
३) Shuddering Attacks: काँधलाई कडा बनाएर हल्लाइरहने
४) Breath Holding Spells: शिशुहरूमा देखिन्छ, बच्चा प्रायः रोइरहन्छ त्यसपछि अनुहार निलो वा फुस्रो भएर जान्छ ।
५) Sterotypies: बाल्यवस्थामा देखिने स्टिरियोटाइपहरू जस्तै शरिरको कुनै अंग हल्लाइरहने, टाउको ठोक्ने, औंला चलाउने वा नाडी चलाइरहने ।
६) Self Stimulatory Behaviour: गुप्ताङ्गलाई खुट्टा तनक्क पारेर रगड्ने ।
७) Syncope: सामान्यतया लामो समयसम्म उभिदा वा रगत देखेर अत्तालिएर बेहोस हुनु ।
८) Psychogenic Non-epileptic Spells: अचानक बेहोस हुनु, विचित्रको अनियमित शरिरमा झट्का तथा कम्पन आउनु ।
लेख म्याग्नाेलिया म्यागेजिनबाट साभार गरिएको हाे।
उपचार/निदान
१) कम्पन/छारेको बेला गर्नुपर्ने कुराहरूः
बच्चालाई सुरक्षित ठाउँमा भुइँमा सुताउनुहोस्, धारिलो वस्तु/फर्निचरबाट टाढा राख्नुहोस्, बच्चालाई कोल्टो फर्काएर राख्नुहोस, विशेषगरी घाँटी वरिपरिको कस्सिएको लुगा फुकाल्नुहोस् । सम्भव भएमा घटनाको भिडियो बनाउनुहोस्।
गर्न नहुने कुराहरूः
कुनै पनि खानेकुरा पेय पदार्थ बस्तु औला मुखमा हान्ने, समातेर कम्पन रोक्न प्रयास गर्ने, मुखबाट औषधि दिन प्रयास गर्ने।
२) औषधि दौराको प्रकार, एपिलेप्सी सिन्ड्रोम, छारे हुनुको कारण, औषधिको प्रतिकूल प्रभाव र बच्चाको अन्य मेडिकल अवस्थाको आधारमा औषधिहरू छनौट गर्नुपर्छ । केहि एन्टिसिजर (Antiseizure) औषधिहरूले Seizure बिग्रन सक्छ जस्तै सोडियम च्यानलब्लकरहरूOxcarbazepine, Carbamazepine वा Phenytoin ले कतिपय अवस्थामा झन् बिगार गर्दछ। पहिलो चोटि छारे आउँदैमा औषधी शुरु गरिंदैन । छारे बारम्बार आएमा, छारे लामो आएमा वा दोहोरिने सम्भावना भएमा उच्च जोखिम बढेको कारणले गर्दा एन्टीसिजर औषधि दिइने सम्भावना बढी हुन्छ। केहि औषधिहरूलाई शुरु गर्नु अघि रगत र कलेजोको जाँच आवश्यक पर्दछ ।
एपिलेप्सी भएका बालबालिका र किशोर किशोरीहरूमा देखिनसक्ने समस्याहरू :
१) Intellectual disability (बौद्धिक विकलाङ्गता): लगभग २५ प्रतिशत मिर्गि भएकामा देखिन सक्छ । विशेष सिन्ड्रोम भएका बालवालिकामा, शिशुवेला देखि छारे आउने, धेरै एन्टिसिजर (Antiseizure) औषधिको सेवन गर्नुपर्नेमा यो समस्या बढी देखिन्छ ।
२) Learning Disability (सिकाईमा असक्षमता): छारे रोग भएका आधा बालवालिकाहरूलाई असर गर्छ । दौरा शुरु भएको मस्तिष्कको क्षेत्र अनुसार विभिन्न समस्या देखिन्छन् ।
३) Attention Deficit Hyperactivity Disorder: छारे रोग भएका ३० प्रतिशत बालवालिकालाई असर गर्छ । बच्चा बढी चंचल र पढाई/गराईमा ध्यान नदिने हुन्छ ।
४) Autism: एपिलेप्सी भएका बालवालिकाहरूमा जोखिम ७.४ गुणा बढी हुन्छ । Autism हुनसक्ने जोखिमका कारणमा बौद्धिक विकलाङ्गता (intellectual disability). विशिष्ट सिन्ड्रोम (west syndrome / वेस्ट सिन्ड्रोम) र विशिष्ट एटियोलोजीहरू (tuberous sclerosis/ट्युबरस स्क्लेरोसिस, आनुवंशिक विकारहरू) समावेश हुन्छन् ।
५) Anxiety/ चिन्ता एपिलेप्सी भएका २५ प्रतिशत बालिवालिकालाई असर गर्छ ।
६) Depression / डिप्रेसन मिर्गी भएका २० प्रतिशत बालिवालिकालाई असर गर्छ र परिवारमा डिप्रेसन भएमा यो समस्या झन् बढी देखिन्छ ।
७) Behaviour Problems / व्यवहारका समस्याहरू बाह्य समस्याहरू भन्दा आन्तरिक समस्याहरूको जोखिम बढी हुन्छ ।
८) Sleep Problems / निद्राको समस्या निद्रा नलाग्ने समस्याको जोखिम उच्च हुन्छ ।