सम्भव छ ? एक्लै खानुहोस, साथीसँगसँगै खाँदा धेरै खाइन्छ …

काठमाडौं, ६ कात्तिक । दशैं भर्खरै सकियो । घरमा ढालेको खसीको मासु सायद सकियो की ? या कतै कतै त सुकुटीका रुपमा बाँकी पनि छ होला ।

तर, ढोकैमा तिहार आइसकेको छ । दशैंभन्दा पनि बढी पोषिलो र चिल्ला परिकारहरु खाने पर्व हो तिहार । सेलरोटी, मिठाई र अन्य पोषिलो परिकार यस पर्वमा बढी खपत हुन्छ ।

जसले गर्दा आम मानिसको ज्यान बढ्ने र त्यसले कैयौं समस्या निम्ताउने गर्छ । खासगरी शहरी इलाकामा बस्ने र कम शारीरिक परिश्रम गर्नेहरु यस मामलामा अझ बढी सचेत हुनुपर्छ ।

आज हामी हेभी खाना खानु पर्ने चाडबाडमा पनि वजनलाई नियन्त्रणमै राख्न सकिने केही उपायबारे चर्चा गर्नेछौं । जसले गर्दा तपाईको स्वास्थ्यमा स्फूर्ती कायमै रहने छ भने चाडबाडको मज्जा त छँदैछ :

* मौसम परिवर्तनबाट हुन सक्ने असरबाट बच्नुहोस

चर्को गर्मीबाट बिस्तारै राहत मिल्दैछ । अब चिसो मौसम शुरु हुने क्रममा रहेको छ । यस मौसममा थोरै पनि ज्यानको ख्याल नगर्ने हो भने बिरामी पर्न सक्ने सम्भावना रहन्छ । चिसो पानी मात्र सेवन गर्ने बानी छ भने अब क्रमशः पानी तताएर मात्र पिउन थाल्नुहोस । आइसक्रिम, कोल्डड्रींक्सको प्रयोगबागबाट पनि क्रमशः टाढै बस्नुहोस । क्रमशः न्यानो कपडाको जोरजाममा समेत ध्यान दिनुहोस ।

* रातमा हेभी खाना नखानुहोस

तपाई तौललाई आफ्नो नियन्त्रणमा राख्न चाहनु हुन्छ भने सकभर रातको समयमा हेभी परिकारको प्रयोग नगर्नुहोस । दिनमा दुई पटक खाना खान बस्नुहुन्छ भने बिहान मज्जाले खानुहोस, दिनभर परिश्रम हुन्छ र पच्छ । साँझ एकदम हल्का खानाको प्रयोग गर्नुहोस ।

रातको समयमा टन्न खाने योजनामा हुनुहुन्छ भने बिहान र दिउँसो कम खानुहोस । खानामा नियन्त्रण गर्नु निकै जरुरी छ ।

* मौसमी फल र पानी पर्याप्त खानुहोस

अक्टूबर नोभेम्बरको मौसम फलफूल पर्याप्त पाउने समयका रुपमा पनि चिनिन्छ । अब सुन्तलाजन्य फलफूलको सिजन शुरु भएको छ । यसबेला गर्मीमा पाइने फलको पनि सिजन बाँकि नै रहन्छ भने चिसो मौसममा फल्ने फलफूल पनि क्रमशः आउन थाल्छन् । त्यसकारण सिजनेवल फलफूलको बढी प्रयोग गर्नुहोस ।

यसका साथ पानी पर्याप्त पिउनुहोस । मौसम परिवर्तनका कारण प्यास कम लागे पनि ज्यानलाई पानी पर्याप्त आवश्यक छ भन्ने कुरा नबिर्सनुहोस ।

* एक्लै खानुहोस, साथीसँग खाँदा धेरै खाइन्छ

खाना कम गरेर वजन नियन्त्रण गर्न चाहनुहुन्छ भने खाना एक्लै खानुहोस । किनकी साथिसँग बसेर खाँदा धेरै खाइन्छ । यति धेरै खाइन्छ की कहिलेकाँही आफ्नो स्वास्थ्यको मतलव नै गरिदैन । त्यसकारण सम्भव छ भने एक्लै खाने बानी बसाल्नुहोस ।

* पेटले थेग्न सक्ने मात्र मिठाई खानुहोस

चिल्लोबाट बनाइएका परिकारले मुख मिठो बनाउने पर्व हो तिहार । तर, यसबेला अलि बढी नै मिठाई तथा चिल्ला रोटीहरु खानु पर्ने हुन्छ । तर, बिचार गर्नुहोस । तपाईको पेटले पचाउन नसक्ने गरी मिठाई खाँदै नखानुहोस ।

मिठाईको अधिक प्रयोगले सुगर समेत बढाउँछ । ज्यान बढाउन गुलियो र चिल्लोको ठूलो भूमिका रहेको हुन्छ । पाएको बेला एकै पटक धेरै चिल्लो र गुलिये परिकार नखानुहोस ।

* व्यायाम नभुल्नुहोस

चाडपर्वको रमझममा दैनिकी व्यायाम नबिर्सनुहोस है । किनकी तपाईको ज्यान स्वस्थ छ भने सबै ठिक छ । त्यसकारण दैनिक करीव १ घण्टा आफ्नो ज्यानका लागि छुट्याउनुहोस ।

घरमा पाहुना आउलान । सरसफाई गर्नुपर्ला, कामको व्यस्तता बढ्दा । तर, दैनिकीबाट नभाग्नुहोस । रुटिन अनुसार नियमित व्यायाम जारी राख्नुहोस ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here