बोटबाट टिपेपछि कहिलेसम्म खान सकिन्छ खुसार्नी ?

काठमाडौं । खुर्सानी एक लोकप्रिय तरकारी तथा मसला बाली हो । यो बाली प्रायः सबै खालको हावापानी भएको ठाउँ र बलौटे दोमट माटोमा उपयुक्त हुन्छ ।

खुर्सानीको खेती पहाडी क्षेत्रमा सामान्यतया गर्मी याममा र तराई क्षेत्रमा हिउँदको समयमा गर्ने गरिन्छ ।

पिरो भन्ने वित्तिकै स्वास्थ्यको लागि हानीकारक हुन्छ भनेर सोच्नु सरासर गलत हो। खुर्सानीमा पनि पौष्टिक तत्व पाइन्छ र यसले रोग प्रतिरोध क्षमता समेत बढाउँछ (बेसारले झै)।

यसले शरीरमा मेटाबोलिजम बढाएर तौल घटाउन समेत मद्धत गर्छ। खानाका परिकारलाई स्वादिष्ट बनाउन खुसार्नीको प्रयोग गर्छौं ।

तर धैरै पुरानो खुसार्नी प्रयोग गर्नु पनि उपयुक्त हुँदैन। सबैभन्दा महत्वपुर्ण कुरा त यसको पिरोपना नष्ट भइसकेको हुन्छ।

धेरै पुरानो खुर्सानीको गन्ध परिवर्तन भइसकेको हुन्छ, यसको जैविक संरचना बिग्रिएको हुन्छ। जसको कारण यसमा पाइने पौष्टिक तत्वहरु नष्ट हुन्छ।

हरियो खर्सार्नी खानाले स्वास्थ्यलाई हानि गर्छ, त्यसैले सकेसम्म खुर्सानी खानु हुँदैन भन्ने धारणा हुन्छ । सुन्दा अनौठो लाग्छ, तर, खुसार्नी खानाले फाइदा हुन्छ ।

हरियो खुसार्नीमा विटामिन ए, आयरन कपर, प्रोटिन र कार्बोहाइड्रेटको मात्रा धेरै हुन्छ। हामीले जहिले पनि खुसार्नी खायो भने स्वास्थमा समस्या आउँछ भन्छौ । तर, खुसार्नीले समस्या हुने मात्र हैन् समस्याबाट राहत पनि दिन्छ।

सामान्यता एक वर्षसम्म यसको प्रयोग गर्न सकिन्छ। जति फ्रेस खुर्सानी भयो त्यति नै पिरोपना हुन्छ, जति पुरानो त्यति कम।

समय कटेको कसरी थाहा पाउने ?
सुँघ्दा कडा अनि गन्ध स्पष्ट छ भने ठिक छ। होइन, गन्ध खासै छैन, अनि यसको रंग पनि फुङ्ग उडेको छ भने सो खुर्सानी खानु उपयुक्त हुँदैन।

खुर्सानीलाइ कहिल्यै फ्रिजमा राख्नु हुँदैन। पिरोको गुणमा कमी आउँछ, साथै फ्रिजमा भएका अन्य खानेकुराको गन्ध पनि यसले सोस्छ। खुर्सानी हालेर पकाएका खानेकुरा पनि फ्रिजमा राख्नु उपयुक्त मानिदैन। चिसोमा खुर्सानीले गर्ने रासायनिक प्रतिक्रियाले अन्य खानेकुराको गुणस्तर बिग्रन्छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here