चुनौति बन्दै सवारी व्यवस्थापन,यसरी जोगिनुहोस् ट्राफिक प्रहरीको कारबाहीबाट

फाइलफोटो

काठमाडौं । काठमाडौं उपत्यकामा दिन प्रतिदिन बढ्दै गएको जनसंख्या तथा सवारी चाप सवारी व्यवस्थापनको थप चुनौति बन्दै गएको छ ।

प्रविधिको अभाव , सिमित साँघुरा सडकहरू, सवारी नियम तथा ट्राफिक संकेत सम्बन्धी सडक प्रयोगकर्ताहरुमा रहेको ज्ञानको कमी नै चुनौतिका रुपमा देखिएको छ ।

ज्ञान भएकाहरुबाट समेत ट्राफिक नियमको उलंघन गर्ने प्रवृति रहेको छ । जानाजान कतिपयले आकाशे पुल जेब्रा क्रसिङको प्रयोग गर्ने गरेका छैनन् ।

कहिलेकाँही मानवीय त्रुटि हुन जान्छ। त्यो ट्राफिक प्रहरी, चालकमा मात्र होइन, सबैमा लागू हुने कुरा हो ।

राजधानीमा बढ्दो सवारी चापको कारण निर्दोष सवारी चालक पनि कारबाहीमा पर्न सक्छ । कहिलेकाँही ट्राफिक प्रहरीहरु पनि झुक्किन सक्नेछन् ।

त्यस्तो घटना भने छिटपुट रुपमा मात्र हुने गरेका छन् । ट्राफिक प्रहरीले गल्ती नभई चिट काट्ने त कुरै भएन ।

कोहि सवारी चालकहरुले भने आफ्नो गल्ती नै नभई आफुलाई चिट दिएको भनि आक्रोश पोखिरहेको पनि हामी पाउछौं ।

ट्राफिक प्रहरीले अनाहकमा दुःख दिएको गुनासो धेरैले गर्छन्। तर यस्तो गुनासो गर्नेहरुलाई थाहा नहुन सक्छ कि ट्राफिक प्रहरीले जानीजानी वा नजानेर गल्ती गरेमा त्यसविरुद्ध उजुरी गर्न सकिन्छ। ट्राफिक प्रहरीले नै गल्ती गरेको प्रमाणित भएमा तपाईँले न्याय पाउनुहुन्छ।

कुन नाकावाट कति भित्रन्छ सवारी

महानगरीय ट्राफिक प्रहरी महाशाखाले दैनिक सार्वजनिक गर्ने तथ्याङमा विहिवार मात्र काठमाडौं उपत्यकामा विभिन्न नाकाबाट २४ हजार ९ सय ३५ सवारी साधन भित्रिए भने १५ हजार ८ सय ९० बाहिरिएका छन् ।

जसमा थानकोट नाकावाट ७२ सय २३ भित्रिएका छन् भने ७ हजार १० बाहिरिएका छन् ।

सबै भन्दा बढि भक्तपुर नाकावाट भित्रिएका छन् विहिवार भक्तपुर नाकावाट १६ हजार ७ सय २ सवारी भित्रिएका छन् भने ७ हजार ९ सय १९ सवारी बाहिरिएका छन् ।

फर्पिङवाट ८१३ सवारी भित्रिए भने ६१३ बाहिरिएका छन् । त्यसै मुड्ख्वाट १९७ भित्रिए भने १८६ बाहिरिएका छन् ।

राजधानीमा दैनिक कति सवारी गुड्छन् भन्ने यकिन छैन् । त्यसमा पनि सवारी व्यवस्थापनको चुनौतीको रुपमा अत्याधिक चाप मोटरसाइकलको नै रहेको देखिन्छ ।

यी नियमहरुको पालना गर्नुभएन भने तपाई ट्राफिक प्रहरीको कारबाहीमा पर्नु हुनेछ ।

-निर्धारित भाडा भन्दा बढी भाडा लिई सवारी चलाएमा ।

– सवारीको स्वरुप परिवर्तन तथा मोडिफाई गरेमा ।

-वास्तविक नम्बर प्लेट नराखी आफुखुसी नम्बर राखी सवारी चलाएको वा चलाउन लगाएमा ।

– सवारी चालक अनुमति पत्र प्राप्त नगरी सवारी चलाएमा ।

– सार्वजानिक स्थानमा बाधा पुग्ने गरी मालसामान वा सवारी राखेमा ।

– दुर्घटनामा परेको सवारी तथा यात्रीको हानी नोक्सानी पुयाएको वा सम्पर्कमा नआएमा ।

– मादक पदार्थ सेवन गरी सवारी चलाएमा ।

-सवारी चालक अनुमति पत्र प्राप्त नगरेको व्यक्तिलाई सवारी चलाउन दिएमा ।

-तोकिएको भन्दा बढि मालसामान राखेमा ।

– सवारीको वजन हद निर्धारण क्षेत्रमा बढि वजनको सवारी चलाएमा ।

– सवारीको अन्य भागमा मानिस तथा मालसामान राखेमा ।

– प्रयोजन बिपरीत सवारी चलाएमा ।

– सवारी आवागमनमा बाधा पुरयाएमा ।

– ट्राफिक संकेत वा ईसारा उल्लंघन गरी सवारी चलाएमा ।

– सवारी अड्याउन निषेध गरिएको ठाउँ वा समयमा सवारी अड्याएमा ।

– सवारी मोड्न वा ध्वनि संकेत दिन निषेध गरिएको ठाउँमा सवारी मोडेको वा ध्वनि दिएमा ।

– सडकमा गलत साईड तर्फबाट सवारी चलाएमा ।

– एकतर्फि सडकमा सो विपरित सवारी चलाएमा ।

– अवस्था ठिक नभएको सवारी चलाएमा ।

– निर्धा्रित गतिभन्दा बढी गतिमा सवारी चलाएमा ।

-राती बत्ती नबाली सवारी चलाएमा ।

– सवारी चलाउन निषेध गरिएको ठाउँ वा समयमा सवारी चलाएमा ।

– नम्बर प्लेट नराखी सवारी चलाएमा ।

– सार्वजनिक सवारीको चालकले यात्री लिन ईन्कार गरेमा ।

– निर्धारित भाडा दर भन्दा बढी भाडा लिई सवारी चलाएमा ।

– लापरवाहीका साथ सवारी चलाएमा ।

-सवारी चालक अनुमित पत्र, सवारी दर्ता किताब, सवारी ईजाजत पत्र साथमा नराखी सवारी चलाएमा ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here