संसारका सबैभन्दा प्रदुषित राजधानी दिल्ली,काठमाडौं सातौं नम्बरमा

काठमाडौं, २५ कत्तिक । नेपालको राजधानी काठमाडौं विश्वकै सातौं प्रदुषित राजधानी बनेको छ । वर्ल्ड एअर क्वालिटी रिपोर्टका अनुसार काठमाडौं विश्वका प्रदुषित राजधानीको सातौं स्थानमा परेको हो ।

काठमाडौंको वातावरणीय अवस्था चिन्ताजनक रहेको र त्यसको एउटा प्रमुख कारण सवारी साधन र गुणस्तरहीन बाटो, अलपत्र सडक मर्मत नै प्रदुषणको मुख्य कारण रहेको छ । खुला रूपमा फोहोर तथा उपत्यका भित्रको इँटा भट्टा पनि थप कारको रुपमा देखिएका छन् ।

पहिलो प्रदुषित राजधानीमा भने भारतको राजधानी नयाँ दिल्ली परेको छ। पछिल्लो केही हप्तादेखि भारत वायु प्रदुषणको चपेटामा परेको छ । अत्याधिक प्रदुषणपछि स्वास्थ्य संकटकाल नै घोषणा गरिएको थियो ।

दोस्रो प्रदुषित राजधानीमा बंगलादेशको ढाका, तेस्रोमा अफगानिस्तानको काबुल तथा चौथोमा बहराइनको राजधानी मनामा परेको छ।

त्यस्तै पाँचौमा मंगोलियाको राजधानी उल्लनबाटर परेको छ भने छैटौँमा कुवेतको राजधानी कुवेत सिटी र सातौँमा काठमाडौँ परेको हो।

रिपोर्टअनुसार बेइजिङ आठौँमा, अबु धाबी नबौँमा र इन्डोनेसियाको राजधानी जाकार्ता १० औं नम्बरमा छन्। ११ औँ नम्बरमा युगाण्डाको राजधानी काम्पाला परेको छ भने भियतनामको राजधानी १२ औँ नम्बरमा परेको छ। पाकिस्तानको राजधानी इस्लामावाद १३ औँ अति प्रदुषित राजधानीमा परेको छ।

राजधानी बाहेक एसियाका सबैभन्दा बढी प्रदुषित सहर भने २२ वटा सहर भारतका मात्रै रहेको वर्ल्ड एयर क्वालिटी रिपोर्टमा उल्लेख गरिएको छ।

रिपोर्टअनुसार भारतको राजधानी नयाँ दिल्लीको प्रदुषणको लेभल औसतमा ११३.५ माइक्रोन रहेको छ।

दोस्रो नम्बरमा रहेको बंगलादेशको राजधानी ढाकाको औसत प्रदुषणको मात्र ९७.१ माइक्रोन रहेको छ।

काठमाडौंको औसत लेभल ५४.४ माइक्रोन रहेको छ।

समग्र प्रदुषणका हिसाबले भने बंगलादेश विश्वकै सबैभन्दा धेरै प्रदुषित देशमा पर्दछ।

त्यस्तै पाकिस्तानमा दोस्रोमा र भारत तेस्रोमा रहेका छन्।

रिपोर्टअनुसार अफगानिस्तान चौथो नम्बरमा, बहराइन पाँचौ, मंगोलिया छैटौँ, कुवेत सातौँ र नेपाल आठौं नम्बरमा रहेका छन्।

चीन प्रदुषणमा १२ औं नम्बरमा रहेको छ।

किन चीनभन्दा बढी भारत प्रदुषित ?

प्रदुषणको मुख्य कारकमा बढ्दो ट्राफिक, जैविक खनिजको प्रयोग गरिएका भट्टीहरु तथा ठूला औद्योगिक क्षेत्रहरु पर्छन्।

यी कुरा सबै सहरमा बढ्दो क्रममा रहे पनि भारतमा किसानहरुले पनि प्रदुषण गर्ने गरेका छन्। चीनमा किसानहरुले प्रदुषणको मात्रा घटाउँदा भारतीय किसानले बढावा दिइरहेका छन्। जसका कारण भारत चीनभन्दा बढी प्रदुषित बनिरहेको छ।

युरोप र अमेरिकासँग तुलना

भारतको तुलनामा युरोप, अस्ट्रेलिया र अमेरिकाको प्रदूषणको स्तर निकै कम छ।

तर यी क्षेत्रको अवस्था पहिलेदेखि यस्तो थिएन। १९औँ र २०औँ शताब्दीमा लन्डनले प्रदूषणका कारण कुख्याति कमाएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here