पैदलयात्रु मैत्री बन्दै उपत्यकाका सडक,३६ स्थानमा ट्राफिक लाईट

जितेन्द्र खनाल-
काठमाडौं ,२५ कात्तिक । काठमाडौं उपत्यमा पैदलयात्रुमैत्री जेब्राक्रस, ओभरहेड बिज्र, अन्डरपास, सुरक्षित क्रसिङ नभएकाले पैदलयात्रु दिनानुदिन असुरक्षित बन्दै गएका छन् ।

विहान-बेलुका होस् या अफिस समयमा नै अधिकांस जेब्राक्रसबाट सडक पार गर्ने यात्रु नै असुरक्षित छन् ।

जेब्राक्रसमा पैदल यात्रुलाई पहिलो प्राथमिकता दिनुपर्ने विश्वव्यापी चलन हो । कयौ ठाँउको जेब्राक्रसमा भएका ट्राफिक लाईट नबल्दा सडक पार गर्ने पैदलयात्रु उच्च जोखिममा पर्ने गरेका छन् । पैदलयात्रु हिँड्न बनाइएको फुटपाथ अस्तव्यस्त र भद्रगोल छन् ।

पछिल्लो समय उपत्यकाको मूल सडकमा मात्रै होइन, भित्री सडकमा समेत सवारी दुर्घटना संख्या अत्यधिक बढेको छ । चालकको लापरवाही र पेटी नभएका साँघुरा सडकका कारण पैदल यात्रीको ज्यान जोखिममा पर्न थालेको हो ।

२१ औ शताब्दीमा पनि नेपालमा ट्राफिक प्रहरी शारीरिक रुपमै ट्राफिक सेवामा खट्दै आई रहेका छन् । ट्राफिक प्रहरी नहुदाँ एकछिनमै नै जामको संख्या बढ्ने गरेको पाईन्छ ।

सावारी जाम कम गर्न र पैदल यात्रुलाई सडकपार गर्नको लागि सहज बनाउन ट्राफिक प्रहरी कार्यालय महाशाखाले उपत्यकामा मात्रै १ सय ५६ वटा ट्राफिक लाईटहरु राख्ने योजना अघि सारेको छ ।

महानगरिय ट्राफिक महाशाखा, रामशाहपथका प्रवक्ता तथा प्रहरी उपरिक्षक रवी कुमार पौडेलले विशेष रुपमा सबैभन्दा धेरै जाम भईराख्ने ३६ स्थानहरुमा ट्राफिक लाईट राख्ने योजना रहेको बताए ।

‘ट्राफिक लाईट राख्दा कुन स्थानमा सबैभन्दा धेरै आवश्यकता छ भन्नेमा विशेष ध्यान दिनुपर्छ’ ‘त्यसकारण सबैभन्दा धरै जाम हुने ३६ स्थानमा लाईट राख्ने योजना रहेको उनले बताए ।

लामो समयदेखि बन्द रहेको काठमाडौंको अधिकांस ट्राफिक लाईट महानगरीय ट्राफिक प्रहरी महाशाखा, सडक विभाग र काठमाडौं महानगरपालिकाको समन्वयनमा सञ्चालनमा आएको थियो ।

केहि सञ्चालनमा आएका केहि दिन मै बिग्रिए भने केहि सञ्चालन नै रहेको छ । ट्राफिक लाईट नहुँदा सडक पार गर्न कुरेर या जोखिम मोलेर पार गर्नु पर्ने अस्था रहेको छ ।

नेपालमा ट्राफिक लाइट जडान सुरुमा २०२४ सालमा गरिएको थियो । त्यसबेला सुन्धारा, न्यूरोड गेट, सिंहदरबार र राजदरबारको दक्षिणी गेटमा लाइट जडान भए पनि पछि काम गर्न छाडेको थियो । सवारी जाम बढ्दै गए पनि लाइट भने बलेका थिएनन् ।

त्यसपछि जापान सरकारले २०५८ सालमा थापाथलीमा ट्राफिक लाइट जडान गरेको थियो । जापान सरकारले नै फेरि उपत्यकाका विभिन्न १० स्थानमा त्यसै वर्ष लाइट जडान गर्यो । ती ११ स्थानका लाइट २०६७ सालदेखि काम नलाग्ने भएका छन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here