छिनछिनमै चिया पिउने बानी छ ? मिल्क होईन ब्ल्याक टि रोजौं !

काठमाडौं । चिया हाम्रो जिन्दगीको महत्वपूर्ण हिस्सा बनिसकेको छ। जाडोमा चियालाई सबैभन्दा उपयुक्त मानिन्छ । अधिक मानिस बिहान उठ्नासाथ खाली पेटमा चिया पिउन मनपराउँछन्।

तर यसले स्वास्थ्यमा गर्ने नोक्सान भने निकै पछि याद गर्छन्। जब कुनै साथीले तपाईंलाई भेटघाट वा भलाकुसारीका लागि आमन्त्रण गर्नेछन्, आज यसो बसेर एक कप चिया पिउनुपर्‍यो भन्छन् ।

विशेष गरि बिहान खाली पेटमा दुध हालेको चिया खानु सोचेभन्दा ज्यादा खतरनाक हुन्छ। खाली पेटमा दुध चिया नियमित खानाले वान्ता हुने, पेट फुल्ने समस्या देखिन थाल्छ।

तर कतिपय मनिसलाई छिनछिनमै चिया पिउनुपर्ने बानी हुन्छ । अमेरिकन मेडिकल जर्नलले गरेको एउटा अध्ययन अनुसार धेरै चिया पिउने मानिसहरु गम्भीर रोगको शिकार बन्न सक्छन् ।

एकदिनमा तीन कप भन्दा धेरै चिया पिउने मानिसहरुको स्वास्थ्यमा यसले धेरै नोक्सान पुर्याउँछ ।

चियामा दुध मिसाउदाँ चियामा एन्टिअक्सिडेन्ट रहँदैन। यस्तो चियाँ पिउनाले फूर्ति होइन थकानको महसुस हुन्छ। खाली पटेमा दुध चियाको नियमित सेवनले एसिडिटी बढ्छ, ग्यास्ट्रिक बढाउँछ। अल्सर हुँदै पेट र आन्द्राको क्यान्सरको सम्भावना पनि नकार्न सकिन्न।

चिया पकाउँदा यी कुरामा ख्याल गर्नुपर्छ :

-चियापत्ति, दुध र चिनीलाई एकैसाथ उमालेर चिया पकाउनु हुँदैन । पहिले पानी उमाल्ने अनि चियापत्ति हाल्ने र अन्तिममा मात्र दुध हालेर पकाउनुपर्छ ।

-चियाको पानीलाई एकपटक उमाल्दा ठीक हुन्छ । तीन मिनेट भन्दा धेरै समय चिया उमाल्दा पानीमा अक्सिजनको कमी हुन्छ र चियाको स्वाद पनि खराब हुन्छ ।

-चियापत्तिलाई सधैँ उम्लिरहेको पानीमा मात्र हाल्नुपर्छ । यसो गर्दा चियाको रङ र स्वाद दुवै राम्रो हुन्छ ।

-आधा घन्टा भन्दा बढी समय राखिएको चिया पिउनु हुँदैन । यसले अन्य खानेकुराहरु अपच गराउन सक्छ ।

धेरै चिया पिउनाले यस्ता समस्या निम्तिन्छन् :

-धेरै तातो चिया पिउने मानिसको मुख र पेटलाई जोड्ने नलीहरु खराब हुँदै जान्छन् । यसले क्यान्सर पैदा गर्न सक्छ ।

-चियामा फ्लोराइड नामक तत्व हुन्छ । त्यसकारण धेरै चिया पिउने मानिसको हड्डी कमजोर हुँदै जान्छ ।

-धेरै चिया पिउने मानिसलाई बारम्बार पिशाब आइरहन्छ । यस्तोमा शरीरका लागि आवश्यक पोटासियम र सोडियम जस्ता मिनिरल शरीरबाट बाहिर निस्किन्छन् जसले कमजोरी बढाउँछ ।

-चियामा टैनिन र टायलिन जस्ता पदार्थ हुन्छन् जसले पेटमा समस्या गराउन सक्छ र अपच हुने समस्या देखा पर्छ ।

-चियामा क्याफिन हुन्छ । त्यसैले यसलाई बारम्बार पिउने गर्दा टाउको दुख्ने र थकान महसुस हुने समस्या हुन्छ ।

चिया धेरै पिउँदा हानिकारक हुने भएपनि यसलाई ठीक मात्रामा पिउँदा भने स्वास्थ्यलाई फाइदा गराउँछ । त्यसकारण दिनमा तीनकप भन्दा बढी चिया पिउने गर्नु हुँदैन ।

मिल्क होईन ब्ल्याक टि रोजौं

विशेष गरी कालो चियामा प्रशस्तै एण्टि अक्सिडेन्ट र भिटामिन पाइन्छ, यसले रगतमा सुगरको मात्रालाई नियन्त्रण गर्छ ।

कोषक्षयलाई रोक्छ, मुटुसम्बन्धी रोगबाट पनि बचाउँछ तर चियामा अलिकति पनि दूध मिसायो भने त्यसले फाइदा भन्दा बढि बेफाइदा गर्दछ ।

दूधमा पाइने प्रोटिन ‘क्यासिन’ले गर्दा चियामा पैदा हुने ‘क्याटेचिन’को मात्रामा कमि हुने गर्दछ, ।

अमेरिकाका वैज्ञानिकहरूले चियामा दुध मिसाएर हुने असरको बारेमा अनुसन्धान गरेका थिए ।

त्यस अनुसन्धानको क्रममा उनिहरुले १६ जना स्वस्थ स्वयंसेवीकाहरूलाई एक दिन तातो पानी,अर्काे दिन कालो चिया अनि अर्काे दिन दूध चिया पिउन दिएर उनीहरूको मुटुमा भैरहेको गतिविधिलाई निरीक्षण गरेका थिए ।

कालो चियामा भएको एन्टिअक्सिडेन्टले शरीरमा भएको बोसो कम गर्ने काम गर्छ । जसको परिणाम मानिस मोटोपनको सिकार हुन पाउँदैन । चियामा राखेको दूधले भने एन्टिअक्सिडेन्टको मात्रालाई घटाउने काम गर्छ ।

कालो चियाको प्रयोगले छिटो भोक लाग्ने समस्याबाट मुक्ति दिलाउनुका साथै शरीरमा शक्तिसमेत पैदा गर्छ । जसले मानिसलाई लामो समय क्रियाशील रहनका लागि सहयोग पुर्याउँछ ।

कालो चियाले पाचन प्रणालीलाई समेत व्यवस्थित गर्ने काम गर्छ । जसका कारण मानिस पेटको रोग लाग्नबाट बच्न सक्छ । कालो चियाको प्रयोगले पेटको दुखाइ, ग्यास्ट्रिकजस्ता समस्याबाट पनि मुक्ति दिलाउने काम गर्छ ।

नियमित रूपमा कालो चिया पिउँदा तौल र पाचन प्रणाली व्यवस्थित बन्छ । जसका कारण मानिसलाई ‘हर्ट स्ट्रोक’को खतरा कम हुन्छ ।

अमेरिकन हर्ट एसोसिएसनको अनुसन्धान अनुसार कालो चियाले शरीरमा भएको खराब कोलेस्ट्रोल कम गर्छ । कोलेस्ट्रोल हर्ट स्ट्रोकका लागि खतरनाक मानिन्छ ।कतिपय मानिसमा रोगप्रतिरोधी क्षमता कम भएका कारण छोटो–छोटो समयमा बिरामी हुने समस्याले दिक्क हुन्छ ।

यस्ता मानिसलाई पनि कालो चिया हितकर हुन्छ । कालो चियाले शरीरको रोगप्रतिरोधी क्षमतालाई बढाउँदै लैजाने काम गर्छ ।

यसले साइनस, डायरिया, निमोनियाजस्ता रोग लाग्ने सम्भावनालाई पनि दूर गर्ने काम गर्छ ।

कालो चियाले शरीरमा ‘थैफ्लोविन्स’ अर्थात् क्यान्सर बनाउन सक्ने कोषिकालाई हटाउने काम गर्छ । यस्ता कोषिका निर्मूल हुँदा विशेषगरी मानिसलाई ‘ओवेरियन क्यान्सर’बाट जोगाउने गर्छ । एजेन्सी ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here