शीर्षक मोड्ने पैसा जोड्ने सामाजिक सञ्जाल,विज्ञापनदाता मारमा !

काठमाडौं । विज्ञान र प्रविधिमा व्यापक विकास भएसँगै सामाजिक सञ्जाल प्रयोगकर्ताको सङ्ख्या पनि नाटकीय रूपमा बढेको छ ।

नेपाल जस्तो व्याप्त बेरोजगारी रहेको मुलुकमा सामाजिक सञ्जालको बढ्दो प्रयोगले कुनै समय महामारीका रूपमा देखिन सक्ने आंकलन गरिएको छ ।

साथीसँगीसँग निकट हुन,आफ्ना भावना अरुसम्म पुर्‍याउनमात्र नभएर सूचनाको प्रभावकारी माध्यमका रुपमा पनि फेसबुक, ट्विटरजस्ता सामाजिक सञ्जालको भूमिका देखिएका छन् ।

कतिपय युट्युबहरु भने विकृतीको रुपमा देखिन थालेका छन् । डलर कमाउनको लागि शीर्षक मोड्दै भाइरल बनाउनको लागि मानिसहरुमा मानवता हराउन थालेको छ । कस्तो इन्टरभ्यू लिए भिउज बढ्छन् भन्नेतिर मात्र केन्द्रित हुन्छन् ।

उनीहरूलाई अरू केही सरोकार हुँदैन यति मात्र सरोकार हुन्छ की कसरी आफ्नो युट्युब बढिले हेर्छन् । कसरी बढी पैसा कमाउन सकिन्छ भनेर । अझ युट्युबमा त ‘एक्सक्लुसिभ’, ‘अहिलेसम्म कै उत्कृष्ट भिडियो’, ‘तिन करोड नेपालीले हर्नै पर्ने’ यस्तै यस्तै हेड लाइन ।

अनि यस्ता सामाजिक सञ्जाल जो बाट मानवता हराउन सहयोग पुग्छ, जसले राष्ट्रिय एकतामा प्रभाव पार्छ, जसले समाजमा विकृत ल्याउन सहयोग गर्छ, जसले समाजमा देखा सिकी गर्ने र तडक-भडक युक्त जीवनशैली अपनाउन मान्छेलाई प्रेरित गर्छ ।

वर्तमान समयमा सामाजिक सञ्जाल मानिसहरुको याद वा केही मिठा पलहरुलाई सुरक्षित राख्ने माध्यमका साथै केही मानिसहरु त यति धेरै भाईरल बनेका छन् कि एकै दिनमा उनीहरुलाई सारा विश्वले नै चिन्ने गरेको छ ।

सामाजिक सञ्जालहरुमा पैसा कमाउने माध्यम बढ्दै

एक रिर्पोटका अनुसार सामाजिक सञ्जालहरुबाट पैसा कमाउने मानिसहरुको संख्या पनि वृद्धि भएको छ । मार्केटिङ फर्म ‘आईजेटईए’ ले आफ्नो रिर्पोटमा लेखेको छ इन्स्ट्राग्राममा एउटा खेलकुद तस्विरको पछिल्लो केही समयमा धेरै बढेको छ ।

रिर्पोटको अनुसार जुन तस्विरको मूल्य सन् २०१४ मा १ सय ३४ डलर (लगभग १५ हजार नेपाली) थियो त्यसको मूल्य सन् २०१९ मा १,६४२ डलर (१ लाख ८७ हजार रुपैयाँ) भन्दा धेरै भएको छ ।

त्यस्तै ‘बिजनेश इनसाईडर’ ले एक रिर्पोटमा भनेको छ विभिन्न प्रकारका कम्पनी तथा ब्राण्डहरु सामाजिक सञ्जालका समाचार, भिडियो, स्टोरी तथा ब्लगहरुलाई धेरै रकम दिएर स्पोन्सर गर्न तयार छन् ।

तर, यो गलत हो !

तर, यि सबै रिर्पोटपछि विज्ञापनका एक विशेषले भने विज्ञापन क्षेत्रको लागि यस्तो आधुनिक माध्यमहरु गलत रहेको बताएका छन् । विज्ञापनको लागि नयाँ नयाँ तरिकाहरु आईरहदाँ पुराना माध्यमहरु ओझेलमा परेको र यो गलत र वेइमानी रहेको उनले बताएका छन् ।

कुन-कुन सामाजिक सञ्जालमा अध्ययन गरेको थियो आईजेटईएले ?

आईजेटईएले फेसबुक, यूट्युब, इन्स्ट्राग्राम तथा ब्लगमा आएका विज्ञापनहरुमा अध्ययन गरेको थियो । यी सञ्जालहरुमा सन् २०१४ बाट २०१९ सम्ममा यी सामाजिक सञ्जालहरुमा कमाईको आधारमा धेरै परिवर्तन आएको पाईयो ।

यी सामाजिक सञ्जालहरुको फाइदा सामाजिक सञ्जालबाट परिचीत भएका मानिसहरुलाई पुगेको छ । यसका साथै जो सेलिब्रेट होईन् तर, जोसंग १ लाख भन्दा धेरै फलोअर्स छ उनीहरुले पनि धेरै पैसा कमाईरहेका छन् ।

विज्ञापनदाता मारमा

रिर्पोट अनुसार सामाजिक सञ्जालमा विज्ञापन दिनेको लागि ४ गुणा भन्दा धेरै बढेको छ ।

पछिल्लो ५ वर्षमा उक्त रकम बढेको हो । सन् २०१४ मा ५० हजार रुपैयामा गर्न पाईने विज्ञापनको रकम बढेर ५ लाख पुगेको तथ्याङकले देखाएको छ ।

— इन्स्ट्राग्राममा प्रायोजित तस्विरहरुको रकम सन् २०१४ र सन् २०१९ सम्ममा ४४ प्रतिशत भन्दा धेरै बढेको छ ।

— एउटा प्रयोजित ब्लगको लागि सन् २००६ मा करिब १ हजार लाग्थ्यो भने सन् २०१९ मा १ लाख भन्दा धेरै लाग्ने गरेको छ ।

— सबैभन्दा धेरै रकम यूट्युब भिडियोमा बढेको छ । यसमा ४ गुणा भन्दा धेरै रकम बढेको छ । सन् २०१४ मा यसको प्रयोजित रकम ५० हजार रुपैयाँ लाग्थ्यो भने २०१९ मा त्यो रकम बढेर ५ लाख रुपैयाँ पुगेको छ ।

— एक फेसबुक स्टाटस अपडेटको रकम २०१४ मा १ हजार रुपैयाँ थियो भने २०१९ मा बढेर ५० हजार रुपैयाँ पुगेको छ ।

— त्यस्तै, टुईटर र इन्स्ट्राग्राममा पनि धेरै मात्रामा बढेको छ ।

बढि विज्ञापनले भिडियो हेर्ने हैरान

आजकाल जुन सुकै भिडियो खोलेपनि विज्ञापनले हैरान बनाउँछ । छोटो भिडियो भएपनि विज्ञापन स्किप गर्नु परो या कुरेरै बस्नु पर्ने बाध्यता रहेको छ । व्यापारिक रुपमा नै सामाजिक सञ्जाल प्रयोगमा आएसँगै दर्शकहरुलाई पनि हैरान बनाएको छ ।
(बिबिसी)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here