पप्पु गुरुङ्ग, दोधारा ३ मंसिर । दोधारा चाँदनीको नेपाल–भारत सीमा क्षेत्रमा नेपाल र भारतीय सीमा सुरक्षाकर्मीले संयुक्त रुपमा गस्ती गर्ने गरेका छन् ।
कालापानी–लिपुलेकमा भारतिय सेनाको दादागिरी रहेको समाचार सार्वजनिक भएपनि दोधारा चाँदनी नगरपालिकाको खुला सीमा क्षेत्रमा बिगत लामो समय देखी सशस्त्र प्रहरी र भारतिय सीमा सुरक्षा बल एसएसबीले सयुक्त गस्ती गर्दै आएको छ ।
सीमामा हुनसक्ने अपराधिक गतीबिधीलाई नियन्त्रण गर्न सशस्त्र प्रहरी बोर्डर आउट पोष्ट दोधारा चाँदनी र भारतिय सीमा सुरक्षा बल एसएसबीले दशगजा क्षेत्रमा सयुक्त गस्ती संचालन गर्दै आएको दुबै देशका सुरक्षा अधिकारीहरुले जनाएका छन् ।
गस्तीका क्रममा सीमा स्तम्भको अवस्था र सीमा अतिक्रमणका साथै सीमाको किनारमा बस्दै आएका बासिन्दाको सुरक्षा समस्याबारे छलफल गरिदै आएको सुरक्षाकर्मीहरुले बताएका छन् ।
हट्ला त कालापानीको भारतीय फौज
प्रधानमन्त्री के पी शर्मा ओलीले कालापानीको भारतीय फौज फिर्ता लैजान आग्रह गरेका छन् । सत्तारूढ नेकपाको भातृसङ्गठन युवा सङ्घको राष्ट्रिय एकता भेलालाई सम्बोधन गर्दै ओलीले नेपालले एक इन्च नेपाली भूमि पनि कसैलाई मिच्न नदिने र अरूको भूमि पनि आफूलाई नचाहिने भन्दै कालापानीबाट आफ्नो सेना फिर्ता लैजान भारतलाई आग्रह गरेका थिए ।
यसले भारतीय मिडियामा पनि त्यतिकै चर्चा छायो । तर यसबारे आधिकारिक रुपमा भने कुनै प्रतिक्रिया आएको छैन् । तर भारतीय सेना हट्ने सम्भावना कमै रहेको छ । कीर्तिनिधि विष्टले प्रधानमन्त्री हुँदा २०२६ सालमा १८ वटा भारतीय चेकपोष्ट फिर्ता गराएपनि, कालापानीमा रहेको सेना फिर्ता गराएका थिएनन् ।
कालापानीमा भारतीय सेना बस्नलाई राजा महेन्द्रले दिएको भन्ने पनि आइरहेको छ । दिएको भए पनि लिखत छैन । तात्कालीन ब्रिटीश इण्डिया र नेपालबीच दुई सय वर्षअघि भएको सुगौली सन्धिको अस्पष्टता नै लिपुलेक विवाद रुपमा देखिएको हो ।
नेपाल र चीनबीच भएको सन्धिको दफा १ को उपदफा १ मा चीनसँगको नेपालको पश्चिमी सीमारेखा काली नदी र तिंकर नदीको पानी ढलो सम्मिलित भएको स्थानबाट प्रारम्भ हुन्छ भनिएको छ।
सो दफामा यो दक्षिणपूर्व कर्णाली (माचपु) नदीका सहायक नदी तथा तिंकर नदी र सेती नदीको पानी ढलो हुँदै लिपुधुरा हिमालको शृंखला र लिपुधुरा (तिंकर लिपु) भञ्ज्याङबाट गुजरी उराई (पेल्हिन) भञ्ज्याङतर्फ जान्छ भनिएको छ।
भारतमा शासन गरेको इष्ट इन्डिया कम्पनीद्वारा सन् १८२७ फेब्रुअरी १ मा प्रकाशित गडवाल कुमाउको नक्सामा प्रष्ट रुपमा काली (महाकाली) नदीको उद्गमस्थल लिम्पियाधुरा देखाइएको छ।
बेलायतबाट सन् १८३० मा प्रकाशित भएको अर्काे नक्सा, १८४६ फेब्रुअरी १६ मा लन्डनबाटै प्रकाशित नक्सालगायत त्यसबेलाका सम्पूर्ण दस्तावेजहरुमा काली नदीको मुहान लिम्पियाधुरा भएको उल्लेख छ।
नेपाल–भारतको पश्चिमी सिमानाको सबैभन्दा उचो भाग समुद्री सहतबाट ६,१८० मिटर अग्लो भएको प्रष्ट उल्लेख गरिएको छ। जबकी हालको लिपुलेक भञ्ज्याङको उचाइ ५,०९८ मिटर छ भने लिम्पियाधुरासँगै जोडिएको पश्चिमतर्फको पहाडको उचाइ ६,१८० मिटर छ।
‘स्केच अफ कुमाउ’ मा १८१९ क्यापटन डब्लु एस वेबले राखेको नक्सामा लिम्पियाधुराबाट आउने नदीलाई काली नदी भनिएको छ। ‘इन्डो ब्रिटिश १८३४ डिआर आर बिजिएफएस’ ले तयार गरेको ‘स्टाइलस हेन्ड एटलस’ को रुपमा जर्मनीबाट प्रकाशित नक्सामा पनि लिम्पियाधुराबाट आउने नदीलाई काली नदी भनी देखाइएको छ।
सन् १८३७ मा जे बी टानिसबाट फारसी लिपि प्रयोग गरी प्रकाशित ‘एङलो एसियन म्याप’ मा पनि लिम्पियाधुराबाट आउने नदीलाई काली नदी भनी देखाइएको छ।
सन् १८६० मा प्रत्यावर्तन सन्धि हुनुअगावै १८५६ मा ‘सर्भे अफ इन्डिया’ बाट प्रकाशित र अंग्रेजहरुले समेत आधिकारिक मानेको नक्सामा पनि लिम्पियाधुराबाट बग्ने नदीलाई काली नदी मानेको पाइन्छ। यसै नक्सालाई जंगबहादुर राणाको पालादेखि नेपालले आधिकारिक मान्दै आएको छ।