हस्तकला व्यापार मेला तथा प्रतियोगिता सुरु, २ सय भन्दा धेरै स्टल (फोटो फिचर)

काठमाडौं, १२ मंसिर । १७ औं हस्तकला व्यापार मेला तथा १५ औं हस्तकला प्रतियोगिता काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको छ ।

आजबाट सुरू भएको मेला मंसिर १६ गतेसम्म चल्नेछ । मेलाको अर्थमन्त्री डा। खतिवडाले विहिवार एक कार्यक्रमका बीच मेलाको उद्घाटन गरे ।

उद्योग वाणिज्य तथा आपर्ती मन्त्रालय, काठमाडौँ महानगरपालिका, ललितपुर महानगरपालिका, नेपाल पर्यटन बोर्ड, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नविल बैंक, नेपाल चेम्बर अफ कमर्श, ललितपुर उद्योग वाणिज्य महासंघलगायतको संयोजन तथा नेपाल हस्तकला महासंको आयोजनामा आगामी मेला सुरु भएको हो ।


उद्घाटन कार्यक्रममा बोल्दै अर्थमन्त्री खतिवडाले हस्तकलाको निर्यातलाई छिट्टै दोब्बर बनाउनुपर्ने बताएका छन् ।

‘अब छिट्टै नै हस्तकलाको निर्यातलाई दोब्बर बनाउनुपर्छ’ उनले भने, ‘हाल यस क्षेत्रको निर्यात २५-देखि २६ प्रतिशत छ, यसलाई टिकाउँदै निर्यातथ दोब्बर बनाउनु सबैभन्दा महत्पुर्ण कुरा हो ।’ यसका साथै पर्यटन वर्षलाई लक्षित गर्दै हस्तकला प्रर्दशनी कक्षहरु निमार्ण गर्नुपर्ने पनि बताए ।

‘पर्यटन वर्ष नजिकिदै छ’ उनले भने ‘नेपालको एउटा चिनोको रुपमा पनि पर्यटकहरु आकर्षित हुन्छन्, त्यसकारण कतिपय स्थानमा हस्तकला प्रर्दशनी कक्षहरु निमार्ण गर्नु आवश्यक छ ।’

कार्यक्रममा बोल्दै नेपाल हस्तकला महासंघका अध्यक्ष सुरेन्द्र भाई शाक्यले १३ अर्ब भन्दा बढि रकमको निर्यात गर्ने र ११ लाख भन्दा बढि मानिसहरुलाई रोजगारी दिने यस्तो क्षेत्रलाई सरकारले उच्च प्राथमिकतामा राख्नुपर्ने बताएका छन् ।

‘हस्तकलाका साममग्रीहरु वार्षिक १३ अर्ब भन्दा बढीको निर्यात हुने गरेका छन् जसले ११ लाख भन्दा धेरै मानिसहरुलाई प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा रोजगारी प्रदान गरेको छ’ उनले भने ‘त्यसकारण सरकारले यस्तो क्षेत्रलाई उच्च प्राथमिकताका साथ हेर्नुपर्छ ।’

२ सय भन्दा धेरै स्टल

विहिवारबाट सुरु भएको मेलामा ८ वटा प्याभिलियन सहित २ सय भन्दा धेरै स्टलहरु रहेको छ । मेलामा भारत, बंगलादेश तथा श्रीलंका आदि देशहरुको २० भन्दा धेरै स्टलहरु रहेको छ ।

मेलामा एक आर्कषक प्याभिलियन र स्टललाई क्रमश १ लाख र २५ हजार रुपैयाँको पुरस्कारको पनि व्यवस्था रहेको छ ।

प्रतियोगितामा उत्कृष्ट हुनेलाई पुस्कार

१५ औं हस्तकला प्रतियायेगितामा उत्कृट हुने मानिसहरुलाई पुस्कारको पनि व्यवस्था रहेको छ । मेलामा खुल्लातर्फ धातुको भाडा बनाउने तथा फरक क्षमता भएका मानिसहरुको लागि भने चित्रकला विधा रहेको छ ।

प्रतियोगितामा प्रथम हुनेको लागि ५० हजार रुपैयाँ, दोस्रो हुनेको लागि ३० हजार रुपैयाँ र तेस्रो हुनेको लागि २० हजार रुपैयाँको व्यवस्था रहेको छ ।
मेलामा परम्परागत विधामा १५ जना कालिगढ र समसामयिक विधामा १८ जना कलाकार सहभागि भएका छन् ।

मेलामा नेपाली उद्यमी व्यवसायी, निर्यातकर्ता र आयातकर्ताका बीचमा व्यवसायीक सम्बन्ध विकास गर्न, नेपाली उद्यमीलाई कम खर्चमा अन्तर्राष्ट्रियस्तरको व्यापार मेलामा सहभागीता गर्ने, व्यापार मेलाको माध्यामबाट नेपाली कला संस्कृतिको प्रचारप्रसार गर्न मेला आयोजना गरिएको मेलाका महासंका निवर्तमान अध्यक्ष एवं संयोजक धर्मराज शाक्यले जानकारी दिए । पुरस्कारको लागि मात्रै २ लाख रुपैयाँ बराबरको विनीयोजन महासंघले बताएको छ ।

२ लाखले अबलोकन तथा १० करोडको व्यापार लक्ष्य

मेला अवधीभर २ लाख भन्दा धेरै मानिसहरुले अवलोकन गर्ने लक्ष्य महासंघले लिएको छ । मेला अवधिभर झण्डै १० करोड भन्दा धेरैको कारोबार गर्ने अपेक्षा महासंघको छ ।

मेलामा सात प्याभिलियनसहित करीब २०० कक्ष छन् । मेलामा विदेशी प्रदर्शनीकर्तामा भारत, श्रीलङ्का, बङ्गलादेश, पाकिस्तानका व्यापारीको पनि बिक्रीकक्ष राखिएको छ ।

यस्तो छ मेला प्रवेश शुल्क

मेलाको प्रवेश शुल्क भने प्रतिव्यक्ति ५० रुपैयाँ रहेको छ । जसमा विद्यार्थीको लागि ५० प्रतिशतसम्मको छुटको व्यवस्था छ । यसका साथै जेष्ट नागरिकको लागि निशुल्क प्रवेशको व्यवस्था रहेको छ ।

१६ गतेसम्म हुने मेलामा धातुका मूर्ति, ढुङ्गाका हस्तकला, पौभा, थाङ्का, पेन्टिङ, पश्मिना, ढाकाका वस्तु, अल्लो, छालाका वस्तु, कागज तथा काठका वस्तु, सेरामिक, उलनबाँसका वस्तु राखिएका छन् । अमूर्त सांस्कृतिक सम्पदा नेपालका विभिन्न भौगोलिक क्षेत्रमा प्रतिनिधित्व गर्ने वेषभूषा, खानाको परिकारका साथै जातीय पहिचान र संस्कृति झल्किने जनजीवन र सांस्कृतिक कार्यक्रमलाई मेलामा प्रस्तुत गरिएका छन् ।

स्वदेशमा उत्पादित विभिन्न २५ प्रकारका हस्तकलाका वस्तु संयुक्त राज्य अमेरिका, युरोपेली मुलुक, चीन, जापान, भारत आदि मुलुकमा निर्यात हुँदै आएको छ । यसले देशभर ११ लाख मानिसलाई रोजगारी दिइरहेको जनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here