बालबालिकामा डिप्रेशन बढ्दै, कसरी पत्ता लगाउने ?

काठमाडौं । पछिल्लो समयमा नेपाल मानिसको मृत्युको प्रमुख कारणको रुपमा आत्महत्या बन्दै गएको छ। विश्वको तथ्यांक हेर्ने हो भने देशमा मृत्युको मुख्य कारण भने दुर्घटना हो।

नेपालम बढ्दै गएको आत्महत्याको पनि प्रमुख कारण भने डिप्रेशन अर्थात् दुख हुनु अझ भनौँ नैराश्यता हो भन्छन् चिकित्सकहरु।

चिन्ता, तनाव र विभिन्न प्रकारका दुविधाहरु बच्चाहरुमा हुने र भईरहेका समस्या हुन् । कुनै कुनै समयमा जानाजान वा अन्जानका अभिवाकहरुको कारण नै बच्चाहरु चिन्तामा परिरहेका हुन्छन् ।

दबाव र प्रतिस्पर्धी भावनाको कारण बच्चाहरु तनाव र चिन्ताको शिकार बन्दै छन् । हरेक क्षेत्रमा हुने प्रतिस्पर्धाले बालबालिकाहरु चिन्तीत बन्दैछन् । धेरै नम्बर ल्याउनुपर्ने समस्या बालबालिकालाई सबैभन्दा धेरै चिन्तीत पार्ने समस्या हो ।

यस्तो अवस्थामा बालबालिकालाई विशेष रुपमा ध्यान दिनुपर्छ । हरेक कुरामा दबाव दिने बानीको कारण उनीहरु डिप्रेशनको शिकार बन्छन् र उनीहरुको जिवनशैली नै परिवर्तन हुन्छ ।

बालबालिकाहरुले दैनिक रुपमा देखाउने बानी व्यवहारबाट पनि उनीहरु चिन्ता र तनावमा छन् भन्ने कुरा बताउछ ।

यस्ता व्यवहार देखिन्छ बालबालिकामाः

राम्रोसंग निन्द्रा नलाग्नु
एक वयस्क मानिसमा जस्तै बालबालिका पनि तनाव र चिन्ता भएको अवस्थामा राम्रोसंग निधाउन सक्दैनन् । यदी तपाईंको बच्चापनि रातमा राम्रोसंग निधाउन सक्दैनन भने उ कुनै न कुनै रुपमा चिन्ता र तनावमा परेको हुनसक्छ ।

छिटो रिसाउने
बच्चाहरु तनावको शिकार हुँदा सामान्य कुराहरुमा पनि उनीहरु बारम्बार रिसाउने गर्छन् । उनीहरु आफ्नो भावना प्रस्तुत गर्ने तरिकाहरु जान्दैनन् । यदी तपाईंको बच्चापनि सामान्य कुरामा पनि अस्वभाविक रिसाईरहन्छ भने उ तनावमा हुनसक्छ ।

नङ टोक्नु
जजब कुनैपनि मानिस तनापवमा हुन्छ उ आफ्नो नङ टोक्ने काम गर्छ । बच्चाहरुमा पनि यस्तथै हुन्छ । जब बच्चाहरु तनाबग्रस्त र चिन्तीत हुनछन् उनीहरु नङ टोक्छन् ।

खाने बानीमा परिवर्तन्
जब बच्चा तनाबमा हुन्छ यसको खानेकुरा खाने बानीमा परिवर्तन् देखिन सुरु हूनछ । यस्तो अवस्थामा बच्चाहरु कि त धेरै खान्छन् कि त केहीपनि खादैनन् । धेरै खाएपनि कम खाएपनि बच्चाहरुमा देखिएको यो परिवर्तनले बच्चाहरु चिन्तीत् रहेको कुरा दर्शाउछ ।

धेरै मुख बिगार्नु
धेरैजसो बच्चाहरु सानो कुरामा पनि आफ्नो मुख बिगार्ने, आँखा तर्ने जस्ता क्रियाकलापहरु गरिरहेका हुन्छ । यस्तो अवस्थामा उनीहरु रिसाएका छन् वा उनीहरु चिन्तामा छन् भन्ने कुरा बुझ्नुपर्छ । र तुरुन्त उनीहरुसंग कुरा गर्नुपदर्छ । (एजेन्सी)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here