सार्वजनिक सवारीका लागि नयाँ ऐन, ट्रायल परीक्षा अब सडकमै !

काठमाडौं, ८ पुस । सवारी दुर्घटना बढेपछि ठूला सवारीसाधनका लागि दिइने सवारीचालक अनुमतिपत्र (लाइसेन्स) को लिखित र प्रयोगात्मक दुवै परीक्षा परिवर्तन हुने भएको छ।

संघीय सवारी तथा यातायात व्यवस्था ऐनमा नै ठूला सवारीसाधन संचालनका लागि लिइने लाइसेन्सको परीक्षा परिवर्तन गर्न प्रस्ताव गरेको यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादुर हमालले जानकारी दिए ।

सिन्धुपाल्चोकमा १६ जनाको ज्यानेगरी दुर्घटना भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले यस्ता घटना न्युनिकरण गर्ने उपाय खोज्न सम्बन्धित सबै निकायलाई निर्देशन दिएसँगै नियममा परिर्वतन आउन लागेको हो ।

निर्देशनसँगै चालकलाई थप जिम्मेवार बनाउनका लागि सुरुदेखि नै कडाई गर्ने योजनामा विभाग लागेको छ । ‘सवारी दुर्घटनामा वृद्धि हुन थालेपछि लाइसेन्स दिएदेखि नै चालकलाई कडाई गर्नका लागि नयाँ व्यवस्था ल्याउन लागिएको हो’ हमालले भने । विभागले गरेको अध्ययन अनुसार,नेपालमा सार्वजनिक सवारीसाधन दुर्घटना दर बढ्दो छ।

जसले वर्षेनि ठूलो जनधनको क्षति पुर्‍याइरहेको छ। विभागले गरेको अध्ययनअनुसार, सवारीसाधन दुर्घटना हुनुमा ८० प्रतिशत कारण चालकको लापरबाही देखिने गरेको छ। बाँकी २० प्रतिशतमा मानवीय त्रुटि, यान्त्रिक गडबडी, सडकको अवस्था र पैदल यात्रु लगायत रहेका छन्।

यसैलाई मध्यनजर गर्दै चालकलाई लक्षित गरेर लाइसेन्सको परीक्षा परिवर्तन गर्न लागिएको हो। सवारीसाधन दुर्घटना हुनुमा ८० प्रतिशत कारण चालकको लापरवाही देखिने गरेको छ । अहिले तीन महिनाको कोर्स राख्न प्रस्ताव गर्न लागिएको छ । त्यसमा सवारीसाधनको यान्त्रिक अवस्था, सवारीसाधनसँग जोडिने विषय, यात्रुसँग गर्ने व्यवहार लगायत समावेश हुनेछ ।

कोर्स पढेर लिखित परीक्षा दिनुपर्नेछ । लिखित परीक्षा पास गरेपछि बल्ल ट्रायल दिन सकिनेछ । प्रयोगात्मक परीक्षा पनि अहिलेको भन्दा फरक हुनेछ । अब प्रयोगात्मक परीक्षामा अहिलेको जस्तो सामान्य ट्रायलको व्यवस्था गरिएको छैन ।

ऐनमा विदेशमा जस्तो फिल्डमै गएर परीक्षा दिनुपर्ने व्यवस्था राख्न लागिएको छ । उहाका अनुसार फिल्डमा गरिने टेस्ट पासपछि पनि लाईसेन्स पाउनका लागि ६ महिना ट्रायल अवधि राखिनेछ ।

यो अवधिमा सवारीसाधन सञ्चालन गरेको रिपोर्ट कार्ड राम्रो भए मात्रै लाईसेन्स पाईनेछ । रिपोर्ट कार्ड राम्रो नभए पुनः ट्रायल अवधि थपिनेछ । तीन महिनाको पुनः ट्रायल अवधि थप्ने प्रस्ताव गर्न लागिएको छ ।

विभागले नयाँ खोलिएका सडकमा पनि सवारी अनुमति सञ्चालन दिनेमा कडाई गर्ने भएको छ । सडकको ट्रा्याक खोल्नेवित्तिकै सवारीसाधन सञ्चालन गर्ने प्रवृति रहेकोमा त्यसलाई कडाई गर्दै कसरी अघि बढ्ने र दुर्घटना कम गराउने भन्ने विषयमा सडक विभागले तयारी गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here