समृद्धिको यात्रातर्फ माहाकाली नगरपालिका,के-के भयो के हुँदैछ ?

पप्पु गुरुङ्ग

दोधारा ११ पुस । विगतका तुलनामा दोधारा र चाँदनीको मुहार फेरिदै गएको छ । साविकका दोधारा र चाँदनी गाविस गाभेर बनेको माहाकाली नगरपालिका समृद्धिको यात्रा तर्फ तीव्र रुपमा अघि बढ्दै गएको छ ।

नगरपालिकाको बजेटले भएको विकासमा पुलपुलैया,बाटाघाटा र नगरपालिकाकै बजेटमा वडाका बस्ती–बस्तीहरुमा विद्युत् पुगेपछि माहाकाली नगरपालिकाकमा स्थानियहरु खुसी छन् ।

‘कुनै बेला मधुरो टुकी बालेर बस्थ्यौं, भारतबाट जंगली जनावर तथा चोरहरु पनि आउने डर अझ बर्खाका बेला महाकाली र पश्चिममा जोगबुडा नदीको बाढीको त्रास, नर्कमै बसे झै हुन्थ्यो ।

तर अहिले बस्तीमा बिकासको कार्यले निकै फड्को मारेको छ’ स्थानिय तथा साबिकको दोधारा गाबिसका अध्यक्ष बेल बहादुर राना भन्छन् । ‘न बिजुली थियो, न सडक, भारतबाट लुटेरा आउने, वस्तु भाउ मात्रै होइन, स्थानियहरुको गरगहना तथा अन्न समेत लुटेर लग्थे ।

अहिले हाम्रो नगरको बिकासले तीव्र गती लिन थालेको जस्तो अनुभव भएको छ’ रानाले बताए । नगरपालिकाका सबै बस्तीहरुमा सडक विस्तार हुन थालेको छ् ।

दुर्गम बस्ती भनिएका माहाकाली नगरपालिका वडा नं. ३ बडवाल टोल, वडा नं. ७ सुन्दरनगर, वडा नं. ८ कञ्चनभोज तथा माहाकाली नगरपालिका वडा नं. १० कुतियाकवर बस्तीमा समेत बिद्युत सेवा बिस्तार भएको बताए ।

महाकाली नगरपालिका र भीमदत्त नगरपालिका जोड्न महाकाली नदीमा झोलुङ्गे पुल मर्मत संभार हुँदै आएको छ । सुदुरपश्चिम तथा नेपालकै समृद्धि तथा बिकासमा टेवा पु¥याउन महाकाली नदीमा ४ लेनको पक्की पुल निमार्ण क्रममा छ ।

जसले माहाकाली नगरपालिकाको समेत बिकास निमार्णमा परिवर्तन आउने निश्चित छ । महाकाली नदीमा झोलुङ्गे पुल नहुँदा माहाकाली नगरपालिकाका स्थानियहरु भारतको बाटो बनबासा भएर सदरमुकाम आउनु पर्ने बाध्यता रहेको थियो ।

सदरमुकामबाट सानो समान लिदा समेत भारतियहरुको ज्यादती ब्यहोर्नु पर्ने अवस्था रहेको थियो । २०२१ साल देखि बसोबास गर्दै आएका माहाकाली नगरपालिका वडा नं। ३ का लक्ष्मी थापाले पहिलेको तुलनामा बस्तीमा विकास हुन थालेको अनुभूति भएको बताए ।

‘रातीको समयमा नजिकैको भारतीय जंगलबाट हात्ती आउथे, ज्यान बचाउन भागौं भने पनि अध्यारो हुन्थ्यो, कता भाग्नु ? बडवाल टोलका स्थानिय लक्ष्मी रानाले भनिन् । ‘अहिले बस्ती भरी उज्यालो छ, हात्ती आए पनि साइरन बज्छ’ हात्तीले बस्ती छिर्ने स्थानका घरमा ठूलो आवाजका साईरन राखिएका छन् ।

बस्तीलाई जोगाउन सरकारले जगबुडा नदीमा पक्की तटबन्ध निमार्ण भएको छ् । यस वर्ष पनि जगबुडा नदी नियन्त्रणको लागी राष्ट्रपती चुरे तराई संरक्षण बिकास समितिको कार्यक्रम अन्तर्गत जगबुडा नदीमा तटबन्ध निमार्ण कार्यक्रम अअन्तर्गत झण्डै रु. ४ करोड बजेट बिनियोजन भएको छ् ।

राष्ट्रपती चुरे तराई संरक्षण बिकास समितिको कार्यक्रम अन्तर्गत माहाकाली नगरपालिका वडा नं. ६, ७, ८ र १० को जगबुडा नदी नियन्त्रण गर्न तटबन्ध निमार्ण कार्यलाई उपभोक्ता समिति गठन भई कतिपय वडामा तटबन्ध निमार्ण कार्य अघि बढीसकेको छ ।

२०६० को दशक सम्म महाकाली नदीमा एउटा पुल सम्म नहुदा माहाकाली नगरपालिकावासीले भोग्दै आएको पीडा शब्दमा वर्णन गर्न कठिन छ् । माहाकाली नगरपालिकाको बस्ती अहिले सम्म आईपुग्दा विकासका दृष्टिले कुनै अन्य क्षेत्रको तुलनामा पछि छैन ।

२०६१ साल सम्म जिल्लाको सदरमुकाम महेन्द्रनगरसँग जोडिन नसकेको माहाकाली नगरपालिकाका लागि महाकाली नदीमा बनेको झोलुङ्गे पुल बनेपछि बरदान साबित हुन पुग्यो । भारतीय सीमावर्ती बजार मेलाघाट, नगरा, बंगाली कलोनी तथा वनवासामा कुटानीपिसानी गर्दै आएका माहाकाली बासीहरुको घर छेउमै कुटानी पिसानी गर्ने ब्यवस्था रहेको छ ।

आफ्नै भूमिमा जाँदा भारतको बाटो भएर जानु पर्ने बाध्यता पनि झोलुङ्गे पुल बनेपछि हटेको अर्का स्थानिय भुपेन्द्र ओलीले बताए । महाकाली नदीमा किस्तीमा जोखिम पुर्ण यात्रा गर्ने बाध्यता समेत टरेको छ् ।

जगबुडा नदीको बिभिन्न ५ वटा घाट बनाएर जोखिम पुर्ण किस्तीको यात्रालाई सरकारले माहाकाली नगरपालिका वडा नं. ३ बडवाल टोल, वडा नं. ७ कञ्चनभोज, वडा नं. ८ सुन्दरनगर र वडा नं. १० को कुतियाकवर बस्तीमा आवत गर्नको लागी झोलुङ्गे पुल निमार्ण गरिएको छ ।

जसले बसती संगै सिमावर्ती भारतिय बजारमा किनमेल गर्न सहज बनाएको भुपेन्द्र ओली बताउँछन् । ‘अब निर्माणा क्रममा रहेको चार लेनको पक्की पुल बने यहाँको स्वरुप नै परिवर्तन हुन्छ्’ भुपेन्द्र ओलीले भने– ‘पुल बने नेपाल–भारतको व्यापारिक नाकाका रुपमा पश्चिमी नाका विकास भएसंगै त्यसको सबै भन्दा बढी फाईदा माहाकाली नगरपालिकावासीलाई नै पुग्नेमा दुविधा छैन् ।’

महाकाली नदीमा ४ लेनको पुलको निर्माण थालिएसंगै माहाकाली नगरपालिकाको जग्गा कारोवारको किमत ह्वात्तै बढेको स्थानीयवासीको भनाई छ । प्रदेश नं ७ को सुख्खा बन्दरगाह पनि माहाकाली नगरपालिका क्षेत्रमा निर्माण गर्ने प्रक्रिया अघि बढेको छ ।

माहाकाली नगरपालिका क्षेत्रमा निमार्ण हुने सुख्खा बन्दरगाह संगै महाकालीको चार लेनको पुल, एशियाकै दोस्रो लामो झोलुङ्गे पुल माहाकाली नगरपालिकाका समृद्धि तथा बिकासका दरिलो ढोकाहरु हुन् ।

माहाकालीका बस्तीमा अरुको घर हेर्नु परे रुखमा चडेर छिमेकीको घरको उज्यालो देखिने अहिले आएर घर घरमा बिद्युत बत्ती, घरमा डिस लगाएत देखिन थालेका छन् । ‘अहिले आएर तर घर घरमा पक्की सडक पुग्दैछ’ माहाकाली नगरपालिका वडा नं. २ निवासी खडक रावलले बताए ।

विगतका दिनहरुमा दोधारा र चाँदनी गाविस हुँदा प्रत्येक गाविसलाई वडाका बिकासको लागी रु। ५-५ लाख मात्र बजेट हुने गरेको अहिले स्थानिय सरकार भएपछि एक वडामा झण्डै १ करोड भन्दा बढी रकम बिकास निमार्णका बजेट बन्दै आएको छ् ।

महाकाली झोलुङ्गे पुल स्थानीयवासीलाई आवागमन संगै आन्तरिक तथा बाह्य पर्यटकको पनि आकर्षक गन्तव्य बन्दै आएको छ् । कञ्चनपुर निर्वाचन क्षेत्र नं ३ मा पर्ने माहाकाली नगरपािलका पछिल्ला निर्वाचनमा चुनावी प्रचारको प्रमुख गन्तव्य बन्ने गरेको छ् ।

पच्चीस हजार मतदाता रहेको माहाकाली नगरपालिकाबाट प्रदेश नं ७ को प्रदेश सभा सदस्यमा माहाकाली नगरपालिकाकै मान बहादुर सुनार निर्वाचित हुदा गणतन्त्र पछिको पहिलो पटक उच्च राजनीतिक तहमा प्रतिनिधित्व पाएको माहाकालीबासी बुझाई छ् ।

नेपाली काग्रेंसबाट टिकट पाएर जितेका माहाकाली नगरपालिकामा स्थानीय बिर बहादुर सुनार नगर प्रमुख रहेका छन् । कुनै बेला भारतीय सीमावर्ती बजारको भरमा रहेको माहाकाली नगरपालिकाको दैनिकी चल्ने गरेको भए पनि सुरक्षा निकाय, सरकारी कार्यालय, स्वास्थ्य केन्द्र र बिद्यालयहरुको ब्यवस्थीत बन्दै आएका छन् ।

क्याम्पस पढ्न सदरमुकाम तथा भारतिय बजारमा जाने यहा“का बिद्यार्थीहरु घर नजिक भानु बहुमुखी क्याम्पस स्थापना भएको छ् । माहाकाली नगरपालिकामा सिचाइका लागि पनि नहर निर्माणको कामलाई राजनितिक तहमा उच्च प्राथमिकतामा राखिएको छ ।

माहाकाली नगरपालिका वडा नं. १ निवासी हेमा धामीले माहाकाली नगरपालिकामा खानेपानी, सडक पूर्वाधार, सञ्चार, शिक्षा लगाएत सबै पूर्वाधार पुगिसकेको बताए । उनले माहाकाली नगरपालिका समृद्धि तर्फ दु्रत गतिमा अघि बढिरहेको बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here