‘कर नतिर्नेलाई कारबाही गर्ने कानुन नै छैन्, अन्तिम उपाय सेवा बन्द गर्ने हो’

काठमाडौं, २४ पुस । पटक-पटक ताकेता गर्दा पनि देशकै ठूला कम्पनी, सपिङ्ग सेन्टर तथा संस्थाहरुले नै महानगरलाई सम्पत्ति कर तिर्ने अटेर गरेका छन् ।

काठमाडौं महानगरपालिकाले करको दायरा बढाउने उद्देश्यका साथ असोज मसान्तसम्म सम्पत्ति करमा १० प्रतिशत छुट दिएपनि सम्पत्ति कर नतिर्ने कम्पनीको संख्या धेरै नै रहेको छ ।

सम्पत्ति कर तिर्ने अटेर गर्नेमा राम्रै नाम चलेका सपिङ्ग सेन्टर, हस्पिटल, स्कुल, होटल, सिनेमा हल, चेम्बर, मल, टावर, कम्लेक्स, क्लब, दोहोरी साँझ तथा अन्य विभिन्न संस्थाहरु छन् ।

महानगरको राजस्व विभागका अनुसार उपत्यकाका प्रतिष्ठित ३० संस्था र मनोरञ्जन क्षेत्रका १२ दोहोरी साँझ, तथा होटलले कर तिरेका छैनन् ।

कारबाहीलाई कानुन नै छैन्

महानगरपालिकाका राजश्व विभाग प्रमुख नुरनिधि न्यौपानेले सम्पत्ति कर नतिर्ने व्यक्तिहरुलाई कारबाही गर्ने कुनै प्रकारको कानुन नै नभएको बताए । ‘हामीले गर्ने काम भनेको कर नतिर्ने संस्था वा कम्पनीको सेवा सुविधा रोक्का गरिदिने हो ।

तर, त्यो मात्रै समस्याको समाधान भने होइन् उनले भने ।’ कर नतिर्ने कम्पनी वा संस्थाको विजुली काट्ने, खानेपानी रोकिदिने तथा फोहोर उठाउन छाड्ने काम गर्ने अधिकार मात्रै महानगरसँग हुने न्यौपानेले बताउँछन् ।

तर यसले सबै क्षेत्र प्रभावित हुने कारण यसको समाधान आपसी समझदारीबाट नै खोज्नुपर्ने उनको भनाई छ । ‘सेवा सुविधा बन्द गर्दा वरिपरीका सबै क्षेत्रहरु प्रभावित हुन्छन् उनले भने, ‘त्यसकारण यस्तो समस्याको सामाधन आपसी समझदारीबाट नै गर्नुपर्छ ।’

सम्पत्ति कर बाहेक अन्य सबै कर तिर्छन्

न्यौपानेका अनुसार सबै संस्था वा कम्पनीहरुले सम्पत्ति कर बाहेक अन्य सबै कर भने तिर्ने गरेका छन् । ‘उहाँहरु व्यवसायीक कर तिर्नुहुन्छ, बाहाल कर पनि तिर्नुहुनछ तर सम्पत्ति कर भने तिर्नुहुन्न’ ‘यो त उहाँहरुको कर्तव्य हो नी, यसमा के कारबाही गर्ने भन्दापनि कर्तव्य पुरा गर्ने कि नगर्ने भन्ने कुरा महत्वपूर्ण हुन्छ ।’ सम्पत्ति कर वर्षमा एक पटक मात्र तिर्नु पर्छ ।

आर्थिक वर्षको सुरुवातमै कर नतिर्ने परिपाटी हुँदा सेवाग्राहीलाई आकर्षित गर्न सम्पत्ति करमा छुट समेत दिने गरेको बताए । ‘वर्षको अन्तिममा मात्र कर तिर्ने बानी छ हाम्रो,’ उनले भने, ‘त्यसैले समयमै कर तिराउनका लागि कर तथा विभिन्न शीर्षकमा छुट दिने गरेका छौं । ’

कर तिरेमा सेवा दिन सहज हुन्छ

आर्थिक वर्षको सुरुवातमै सेवाग्राहीले कर तिर्ने हो भने करबापत्त उठेको रकम महानगरले अन्य विकासका काममा खर्च गर्न पाउँछ । ‘कतिपय कम्पनीले हामीले के सेवा पाएका छौं र कर दिने भन्ने प्रश्न गर्नुहुन्छ । ‘खै उहाँहरुले नबुझ्नु भएको हो की हामीले बुझ्न नखोज्नु भएको हो उहाँहरुले कर तिर्नुभयो भने न हामीलाई सेवा दिद सहज हुन्छ न्यौपानेले भने । ‘

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here