चेम्वर पदाधिकारी र राष्ट्रपतिबीच भेटबार्ता

काठमाडौं, २९ पुस । नेपाल चेम्वर अफ कमर्सका पदाधिकारीहरुले राष्ट्रपति बिद्यादेवी भण्डारीसँग भेटघाट गरेका छन् ।

नेपाल चेम्वर अफकमर्सको ६९ औ वार्षिक साधारण सभा,चेम्वर दिवस २०७६ तथा ७० वर्ष प्रवेशको अवसरमा आयोजित कार्यक्रममा सहभागी हुन बिभिन्न जिल्ला तथा नगरबाट आएका जिल्ला तथा नगर चेम्वरका सभापति तथा पदाधिकारीहरु तथा नेपाल चेम्वर अफकमर्सका पदाधिकारी तथा कार्य समिति सदस्यहरुले आज सम्माननीय राष्ट्रपति भण्डारीसंग शिष्टाचार भेटघाटगरेका हुन् ।

त्यस अवसरमा नेपालको व्यवसायीक क्षेत्रका बिबिध पक्षहरु वारे नेपाल चेम्वर अफकमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले प्रस्तुत गरेका थिए । उक्त अवसरमा श्रेष्ठले सम्माननीय राष्ट्रपति समक्ष चेम्वरले ७० वर्षको अवधिमानिजी क्षेत्रको सशक्तिकरणको लागि चेम्वरले निर्वाह गरेको भूमिकाबारे चर्चा गर्दैै चेम्वरको संरचना तथा अन्तर्राष्ट्रिय व्यावसायीक सम्वन्ध र त्यसबाट मुलुकले प्राप्त गरेको लगानी तथाव्यापारको लागिभएको योगदानवारे पनि प्रष्ट पारेका थिए ।

श्रेष्ठले नेपाल भ्रमण वर्ष २०२० लाइ सफलपार्न जिल्ला स्तर तथानगर स्तरबाट समेत चेम्वरको तर्फबाट सक्दो भूमिका निर्वाह गर्ने प्रतिवद्धता व्यक्तगर्दै पर्यटन क्षेत्रका केही चुनौतिबारे पनि प्रकाश पारेका थिए ।

अध्यक्ष श्रेष्ठले व्यवसाय संचालनखर्च वढि रहेको वारे व्यक्तगर्नु हुंदै संघीय प्रणाली पश्चात करको दरमा एकरुपता नभएकोले एकिकृत कर प्रणाली लागू गरिनु पर्नेमा जोड दिएका थिए ।

उक्त अवसरमा सम्माननीय राष्ट्रपतिबाट सम्पूर्ण उपस्थित पदाधिकारी तथा सदस्यहरुलाइ स्वागत गर्दै चेम्वरका अध्यक्षश्रेष्ठले प्रस्तुतगर्नु भएको अभिव्यक्तीले नेपालको अर्थतन्त्र कता तर्फ गइरहेको छ भन्ने बारे यसका अन्तरनिहीत समस्यावारे बुझने अवसर प्राप्त भएकोले यसलाइ सकारात्मक रुपमा लिएको बताइन् । ‘’समृद्ध नेपालतथा सुखी नेपाली“ को सपना साकार पार्न वर्तमान सरकारको प्रयासलाई सघाउन आग्रह गरिन् ।

बिद्यमान अर्थतन्त्रवारे बिस्तृत चर्चा गर्नु हुंदै सम्माननीय राष्ट्रपति बिद्यादेवी भण्डारीले हाम्रो शक्ति केहो त्यो पहिचान गरौ र हामीसंग के छ त्यो दिने हो र हामीसंग के छैन त्यो लिने हो । हामीले हाम्रो शक्तिमाआधारित अर्थतन्त्रको बिकाश गरौ ।

र स्वाधिन अर्थतन्त्रनिर्माणको दिशातर्फ उन्मुखहुन सरकारको प्रयाशलाइ सहयोग गर्न आब्हानगर्नु भयो । सो दीगो बिकासमाजान अरु संग नभएको तर हामी संग मात्र भएकोलाइ बिकास गरौ । बजारलाइ टाढा जानु पर्दैन हाम्र्रै छिमेकीहरु छन । यसलाई अन्तर्राष्ट्रिय बजारमा स्थापित गर्ने प्रयाश गरौ ।

अवको चुनौतिभनेको बैदेिशक रोजगारीमा गएका नेपालीहरु स्वदेशमा फर्किएमा उनीहरुको व्यवस्थापन गर्न यसको लागिअहिले देखिनै प्रयासरत हुन जरुरी छ । यसको महत्वपूर्ण जिम्मेवारी निजी क्षेत्रको हो भन्ने बताइन् । उक्त अवसरमा बिभिन्न जिल्ला तथा नगरबाट आएका जिल्ला तथा नगर चेम्वरका सभापति तथा पदाधिकारीहरु तथा नेपाल चेम्वर अफकमर्सका पदाधिकारीहरुको उपस्थित रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here