बैंक खातामा पैसा जम्मा गर्ने व्यक्तिको तीन पुस्ते विवरण अनिवार्य

काठमाडौं, १ माघ । बुधवारदेखि अरूको बैंक खातामा पैसा जम्मा गर्ने व्यक्तिको तीन पुस्ते विवरण अनिर्वाय चाहिने भएको छ ।

सम्पत्ति शुद्धीकरण निवारणका लागि भन्दै नेपाल राष्ट्र बैंकको निर्देशनमा बैंकहरुले बुधबारदेखि गोएमएल सफ्टवेयर लागु गरेसँगै उक्त विवरण अनिर्वाय भएको हो ।

सम्पत्ति शुद्धीकरण निवारणका लागि काम गर्ने अन्तर्राष्ट्रिय संस्था फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटिएफ) को नियमअनुसार राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई गोएएमएल सफ्टवेर राख्न निर्देशन दिएको थियो ।

राष्ट्र बैंकको निर्देशन अनुसार माघ १ गतेदेखि वाणिज्य बैंकहरूले लागू गरेका हुन् । विकास बैंक र फाइनान्स कम्पनीहरुलाई ०७७ असार १ गतेदेखि गोएएमएल लागू गर्नेछन् ।

विकास बैंक र फाइनान्स कम्पनीले आगामी असारदेखि अरूको खातामा पैसा जम्मा गर्ने व्यक्तिको तीन पुस्ते लिनेछन्।

कुनै पनि वाणिज्य बैंकमा गएर अरू व्यक्तिको खातामा रकम जम्मा गर्ने व्यक्तिले आफ्नो पहिचान खुल्ने सक्कली प्रमाणपत्र अर्थात् नागरिकता, ड्राइभिङ लाइसेन्स, मतदाता परिचयपत्र वा पासपोर्टसमेत देखाउनुपर्नेछ।

यो प्रणाली प्रायः विश्वका सबै देशको बैंकिङ क्षेत्रमा लागू गरिएको छ। नेपालमा २ वर्ष अगाडिबाट नै राष्ट्र बैंकले बैंकिङ क्षेत्रमा गोएएमएल प्रणाली लागू गर्ने तयारी गरिरहेको थियो।

तोकिएको समयमा गोएमएल लागू नगर्ने बैंक तथा वित्त कम्पनीलाई राष्ट्र बैंकले ५ लाखदेखि १० करोड रुपैयाँसम्म जरिवाना तिराउने राष्ट्र बैंकको भनाइ छ।

गो-एएमएलमा लागु हुने भौचर

के हो गोएएमएल, अवश्यक किन ?

गोएएमएल वित्तीय क्षेत्रका लागि तयार गरिएको अन्तर्राष्ट्रिय स्तरको एकप्रकारको सम्पती शुद्धिकरण सम्बन्धी सफ्टवेयर हो ।

यो सफ्टवेर राखेपछि कुनै पनि व्यक्तिले कुनै बैंक तथा वित्त कम्पनीमा गएर कुनै व्यक्तिको खातामा रकम जम्मा गर्ने व्यक्तिले पनि आफ्नो ३ पुस्ते विवरण भर्नुपर्नेछ ।

बैंकिङ क्षेत्रलाई पारदर्शी बनाउँदै यसको विकास र सुढृणिकरणका लागि वित्तीय क्षेत्रमा गोएएमएल लागू गरिन्छ ।

यो सफ्टवेयर लागू भएपछि नेपालको बैंकिङ प्रणाली अन्तराष्ट्रिय स्तरको हुनुका साथै वित्तीय पारदर्शीता बढेर बैंकिङ जोखिम र अपराधिक घटनाहरु न्यून हुने अपेक्षा गरिएको छ ।

साथमा आफ्नो पहिचान खुल्ने सक्कली प्रमाणपत्र अर्थात् नागरिकता, ड्राइभिङ लाइसेन्स, मतदाता परिचयपत्र वा पासपोर्ट चाहिन्छ । रकम जम्मा गर्न बैंक जाँदा पहिलेको भन्दै केही बढी समय लाग्नेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here