के कारणले लाग्छ जण्डिस ? यसबारे भ्रम र यथार्थ

काठमाडौं । सरल भाषामा आँखा, छाल र मुखभित्र पहेलो हुनुलाई जन्डिस भनिन्छ । यो कुनै रोग नभएर विभिन्न रोगमा देखिने लक्षणमात्र हो ।

धेरैजसो जण्डिसहरु स्वास्थ्यमा देखिने आधारभुत असन्तुलनका कारण उत्पन्न हुन्छन् । जस्तै, लिभरमा देखिने विभिन्न समस्या होस् या रक्त कोषिकामा, जसकारण, बिलिरुबिनले लिभरमा असर पार्दा जण्डिस सुरु हुनेगर्छ ।

प्रदु्षित पानी वा अशुद्ध खानपानका कारण जण्डिस लाग्न सक्छ । त्यस्तै लिभरमा स्टोन भएको अवस्था वा अत्यधीक मादक पदार्थ सेवनका कारण कलेजोले राम्रोसँग काम नगरेको अवस्थामा पनि जण्डिस लाग्न सक्छ ।

रगतमा पहेंलोपनको अवस्थालाई नै बिलिरुबिन भनेर बुझिन्छ । यसले आँखा र छालाको भागमा सजिलै असर देखाउने गर्छ । मानव शरीरभित्र हुने हेमोग्लोबिनबाट आइरनको मात्रा नष्ट भएपछि रक्तसञ्चारमा एकखालको विकार पैदा हुन थाल्छ ।

त्यही बिकार पदार्थ नै बिलिरुबिन हो । जो, एरिथोसाइट्स (शरीरमा अक्सिजनको मात्रा बढाउने र हेमोग्लोविनलाई जोगाइराख्ने सेलहरु) को क्षयीकरणसंगै पैदा हुन थाल्छ ।

यदि, रगतमा बिलिरुबिनको मात्रा बढ्न थाल्यो भने यसले शरीरभित्र अन्य कोषिकाहरुमा समेत असर पार्न थाल्छ । अर्थात्, पहेंलो भागको प्रभाव बढ्न जान्छ । रगतमा बिलिरुबिनको मात्रा स्वतन्त्ररुपमा फैलन थाल्यो भने त्यस्तो अवस्थालाई अनकन्जुगेटेड बिलिरुबिन भनिन्छ ।

कलेजोका धेरै काममध्ये खराब या विकारयुक्त पदार्थलाई छानेर शरीरमा हानी हुन नदिनु एक महत्वपूर्णर् काम हो । त्यस्तै, रगतमा देखिने बिलिरुबिनलाई न्युनीकरण गराउनु या आउन नदिनु पनि लिभर (कलेजो ) को अर्को महत्वपूर्ण कार्य हो ।

बिलिरुबिन एकचोटि लिभरमा आइपुग्दा अन्य रसायनहरु पनि यसमै टाँसिन आइपुग्छन् । र यस्तो अवस्थालाई कन्जुगेटेड बिलिरुविन भनिन्छ । जो, बिल (कलेजोबाट निस्कने एकखालको र्‍याल, जसले खाना पचाउँछ ) भित्र नदिखिने गरी रहन्छ ।

यसरी, बिलिरुबिनको असरले छाला र आँखाको सेतो भाग पहेंलो हुनथाल्छ । डाक्टरहरुका अनुसार रक्तअल्पताले पनि जण्डिस लाग्न सक्छ । त्यसर्थ शुद्ध खानपानमा ध्यान दिने तथा मध्यपानबाट टाढा रहने गरेमा यसबाट बच्न सकिन्छ ।

रगतमा हेमोग्लोविन नहुने र बिरुबिन बढ्दै जाने हो भने जण्डिसले मानिसलई चाँडै मृत्युको मुखम पुर्‍याउने हुँदा यो रोगसँग खेलाँची नगर्न डाक्टरहरुको सुझाव छ ।

जण्डिसको उत्पति र प्रकार

आधुनिक अंग्रेजी शब्द जण्डिस फ्रेन्च शब्द जउनिस बाट आएको हो । जउन को अर्थ हुन्छ पहेंलो र ईस्स भनेको नेस अर्थात् अवस्था । यसरी, जउनिस भनेको पहेंलोपन वा एल्लोनेस हो ।

सामान्यतः जण्डिसका तीन प्रकार हुन्छन्ः

१. हेपाटोसेलुलर जण्डिस: लिभरमा देखिने खराबी या चोटपटकका कारण देखिने जण्डिस ।

२. हेमोलेटिस जण्डिस: हेमोलेसिसको कारण देखिने जण्डिस हो यो । नयाँ रक्तकोषिकाहरुको उत्पादनमा रोकावट आउँदा यस्तो समस्या देखिने गर्छ ।

३. अब्सट्रक्टिव जण्डिस: यसखालको जण्डिस लिभरमा देखिने खराबीबाट सिर्जना हुन्छ । खासगरी बिल पाइपमा उत्पन्न हुने अवरोधका कारण यो जण्डिस देखिने गर्छ ।

के कारणले लाग्छ जण्डिस ?

धेरैजसो जण्डिसहरु स्वास्थ्यमा देखिने आधारभुत असन्तुलनका कारण उत्पन्न हुन्छन् । जस्तै, लिभरमा देखिने विभिन्न समस्या होस् या रक्त कोषिकामा, जसकारण, बिलिरुबिनले लिभरमा असर पार्दा जण्डिस सुरु हुनेगर्छ ।

प्रदु्षित पानी वा अशुद्ध खानपानका कारण जण्डिस लाग्न सक्छ । त्यस्तै लिभरमा स्टोन भएको अवस्था वा अत्यधीक मादक पदार्थ सेवनका कारण कलेजोले राम्रोसँग काम नगरेको अवस्थामा पनि जण्डिस लाग्न सक्छ ।

डाक्टरहरुका अनुसार रक्तअल्पताले पनि जण्डिस लाग्न सक्छ । त्यसर्थ शुद्ध खानपानमा ध्यान दिने तथा मध्यपानबाट टाढा रहने गरेमा यसबाट बच्न सकिन्छ ।

रगतमा हेमोग्लोविन नहुने र बिरुबिन बढ्दै जाने हो भने जण्डिसले मानिसलई चाँडै मृत्युको मुखम पुर्‍याउने हुँदा यो रोगसँग खेलाँची नगर्न डाक्टरहरुको सुझाव छ ।

जन्डिस हुँदा शरीर किन पहेलो देखिन्छ?

रगतमा बिलिरुबिन (Bilirubin) भन्ने पदार्थ सामान्य भन्दा बढी भएमा शरीरको छाला, आँखा पहेलो हुने हुन्छ, यसलाई नै जन्डिस भएको भनिन्छ। यही बिलिरुबिनको कारणले नै शरीर पहेलो देखिएको हो।

साधारणतया रगतमाबिलिरुबिनको मात्रा, जम्मा ( टोटल ) बिलिरुबिन (Total Bilirubin) को १ मिलीग्राम/डेसीलिटर भन्दा कम हुन्छ र डाइरेक्ट बिलिरुबिन (Direct Bilirubin) को मात्रा ०.३ मिलीग्राम/डेसीलिटर भन्दा कम हुन्छ। अब प्रश्न आउँछ, यो बिलिरुबिन शरीर भित्र कसरी आउँछ, किन यसको मात्रा बढ्छ, कसरी यो बढ्नलाई रोक्न सकिन्छ, कसरी यसको उपचार गर्न सकिन्छ, फुक्दा खेरी किन र कसरी यो निको हुन्छ ?

शरीरमा बिलिरुबिन कसरी बन्छ?

हाम्रो शरीर नाङो आँखाले देख्न नसकिने स सानो जीवित कोसहरु मिलेर बनेको हुन्छ। तीकोसहरुको एउटा निश्चित आयु हुन्छ। हाम्रो शरिरका रक्तनलीहरुमा बग्ने रगतमा पनि थुप्रैकिसिमका कोसहरु हुन्छन्, जस्मा एउटा रातो रक्तकोस (RedBloodCells) हो। यसकोआयु साधारणत: १२० दिन हुन्छ।

आफ्नो आयु पूरा भएपछि यी राता रक्तकोसहरु मर्छन रयस्मा भएको हेमोग्लोबिन (जसले अक्सिजन बोक्ने काम गर्छ) बाट आइरन तत्वछुटिन्छ, अनि बाँकी भएको भागबाट बिलिरुबिन बन्छ। यो सबै प्रकिया शरीरको देब्रेफोक्सोको मुनि, करङहरु भित्र रहने अङ फियो (Spleen) मा हुन्छ। त्यसपछी पहिलोपदार्थ बिलिरुबिन रगतमा आउँछ।

त्यसलाई इनडाइरेक्ट बिलिरुबिन वा अनकन्जुगेटेडबिलिरुबिन (Indirect or Unconjugated Bilirubin) भनिन्छ, जुन पानीमा नघुल्ने हुन्छ(मतलब यसलाई दिसापिसाबमा शरीर बाहिर फ्याल्न सकिदैंन)।

त्यसपछीकलेजो/Liver (जुन शरीरको दाहिने फोक्सो मुनि, करङहरु भित्र हुन्छ)ले उक्तबिलिरुबिनलाई बिभिन्न इन्जाइमहरुको मद्दतले पानीमा घुल्न सक्ने वा डाइरेक्ट वाकन्जुगेटेड बिलिरुबिन (Direct or Conjugated) बनाउँछ।

त्यो कन्जुगेटेड बिलिरुबिनपित्तको रुपमा पित्त थैलीमा जम्मा हुन्छ र दिसापिसाबमा शरीर बाहिर फालिन्छ।

विभिन्न रोगहरुमा कुनैमाडाइरेक्ट, कुनैमा इनडाइरेक्टबिलिरुबिन र कुनैमा दुबैको मात्रा बढ्ने हुन्छ। यी सबैरोगहरुमा छाला, आँखापहेलो देखिने भए पनि अरुलक्षणहरु फरक पर्ने हुन्छ। यसरी सामान्य रुपमा रातारक्तकोसहरु मरेर त्यसकोहेमोग्लोबिनबाट बिलिरुबिनबन्छ, जुन दिसापिसाबबाटशरीर बाहिर फालिन्छ।

बिलिरुबिनको मात्रा शरीरमा किन बढ्छ ?

यो माथि भनिएको बिलिरुबिन बन्ने, जम्मा हुने र फ्याकिने सामान्य प्रक्रियाको कुनैपनि भागमा गडबडी भयो भने शरीरमा बिलिरुबिनको मात्रा बढेर जान्छ।
जस्तै-

क) सामान्य भन्दा धेरै मात्रामा राता रक्तकोसहरु मर्दा (जुन हेमोलाइटिकएनेमिया भनिने रोगहरुमा हुन्छ।)

ख) कलेजोको खराबी भएमा (जुन हेपाटाइटिस रोगमा, बढी रक्सी सेवनगर्नाले, कलेजोको क्यान्सर आदि रोगहरुमा हुनसक्छ।)

ग) पित्त थैलीबाट पित्त बाहिर जाने बाटोमा कुनै रोकावट भएमा (जुनपित्त थैलीको नलीमा ढुङ्गा भएमा, वा मासु पलाएमा हुन्छ।)
जन्डिसले गर्दा के के समस्याहरु आउन सक्छन?

नवजात शिशुहरुमा हुने जन्डिस (Neonatal Jaundice) बाहेक अन्य जन्डिस स्वयमआफैले प्रायस् केही समस्या दिदैन। जन्डिस एउटा लक्षण मात्र भएकोले यो थुप्रै रोगहरुमादेखिनसक्छ र समस्या जन्डिसले नभै ती रोगहरुको कारणले गर्दा देखिन्छ। जन्डिसकै कारणले चाँही छाला, आँखा पहेलो हुने, छाला चिलाउने, पिसाब पहेलो हुने, दिसा सेतो रंगहुने आदि हुनसक्छ।

अन्यथा जन्डिस गराउने रोगहरुको कारणले विभिन्न समस्याहरुदेखिन सक्छ। जस्तै- यदि हेपाटाइटिसको कारणले जन्डिस देखिएको हो भने ज्वरोआउने, खाना नरुच्ने, वान्ता हुने, पेट दुख्ने आदि हुन सक्छ।

यो जन्डिसले गर्दा नभएरहेपाटाइटिस भाइरस (HepatitisVirus)को सन्क्रमणको कारणले कलेजोमा खराबी हुनालेहुन्छ। त्यस्तै अत्यधिक जाडरक्सी सेवनले कलेजोमा खराबी देखिएर जन्डिस देखिएकोहो भने पेट भित्र पानी जम्ने, पेट सुन्निने, रगत वान्ता हुने आदि हुनसक्छ। यी सबैजाडरक्सीले कलेजोको खराबी (Cirrhosis of Liver)को कारणले देखिने समस्याहरु हुन्न की जन्डिसले गर्दा देखिने समस्या।

जन्डिस लक्षण देखिने प्रमुख कारण/रोगहरु के के हुन् ?

जन्डिस देखिने अवस्था/रोगहरुलाई माथि भनिए जस्तै गरि ३ प्रकारमा बाढ्न सकिन्छ।

१) बिलिरुबिनको बन्ने प्रक्रिया सामान्य भन्दा बढी हुने अवस्थाहरु:राता रक्तकोसहरु बढी मात्रामा मर्ने रोगहरु (हेमोलाइटिक एनेमिया)

२) कलेजोमा खराबी हुने अवस्थाहरु: अत्यधिक जाडरक्सी सेवनलेकलेजोमा हुने खराबी (Cirrhosis of Liver), हेपाटाइटिस ए, बी, सी,डी, ई, कलेजोको वन्सानुगत रोगहरु, औषधीहरुको असरले गर्दा

३) पित्त थैलीको नलीमा रोकावत हुने अवस्थाहरु: पत्थरीको कारणले,क्यान्सर आदि

जन्डीसको असर ?

साधारण जन्डिसले नवजात शिशुबाहेक अरूलई त्यति धेरै असर गर्दैन । वयस्कमा १ हुनु र १० हुनुमा कुनै फरक पर्दैन भने २५ भन्दा माथि पुगेमा मिर्गौ लाको समस्या भएका व्यक्ति मा मिर्गैंला खराब हुनसक्छ ।

नत्र बिलिरुविनले आखा र छाला पहोलो हुने, पिसाब गाढा हुने, दिसाको रङ हल्का पहोलो हुने र कहिलेकाहीा माटोजस्तो हुने गर्छ ।

जन्डिसको उपचार के हो?

जन्डिस कुनै रोग नभएर रोगको लक्षणमात्र भएकाले यसको कुनै उपचार गर्नु पर्दैन । हेपटाईटिस ई अर्थात जण्डिसको कुनै उपचार छैन् भने यसको खोप पनि नरहेको चिकित्सकहरु बताउछन् ।

हेपटाईटिस ए को भने खोप उपचार सबै हुने गरेको छ । विलिरुविनको मात्रा एक मिलिग्राम हुनु र पााच मिलिग्राम हुनुमा शरीरमा कुनै फरक पर्दैन । कतिपय रोगले जन्डिस गराउने भए पनि त्यस रोगको अथवा रोगको कारणको कुनै उपचार गर्नु पर्दैन ।

जस्तै हानिरहित जन्मजात रोग गिलवर्ट सिन्ड्रोम आदिको उपचार नगर्दा बिरामीको आयु घट्दैन । हेपाटाइटिस इ, ए र हेपाटाइटिस बी ले गर्ने एक्युट हेपाटाइटिसमा कुनै उपचार गर्न पर्दैन ।

रगतको विभिन्न जााच गरेर जन्डिसको प्रकार र त्यसको कारण पत्ता लगाउन सकिन्छ । अल्ट्रासाउन्ड , भिडियो एक्सरे, गरेर शल्यचिकित्साबाट उपचार गर्नुपर्ने जन्डिस छुट्याउन सकिन्छ । कुनै अवस्थामा रोग यकिन गर्न गाह्रो भए कलेजोको टुक्रा निकालेर बायोप्सी जााच गर्नुपर्छ ।

शरीरमा बिलिरुबिनको मात्रा माथि भनिएको भन्दा बढी भएमा जन्डिस हुन्छ। तर रगतमा बिलिरुबिनको मात्रा देखिदैमा आत्ति हाल्नुपर्ने, उपचार गरिहाल्नुपर्ने हुदैन। किनभने जन्डिस आफैले केही अवस्था बाहेक खास हानी गर्दैन र जन्डिस आफैको उपचार पनि हुदैन। बरु यो किन देखिएको हो, कुन रोगको कारणले देखिएको हो पत्ता लगाइ त्यो रोगको उपचार गर्नुपर्छ।

काठमान्डौ लगायतका शहरहरुमा गर्मी, वर्शाको समयमा देखिने जन्डिस प्राय: हेपाटाइटिस ए को कारणले गर्दा हुन्छ। यो रोग पानी, खानाबाट सर्छ। यो रोगले कलेजोमा लामो समयसम्म असार गर्दैन र धेरैमा त केही लक्षण पनि देखिदैन।

यो रोगको खास उपचार केही हुदैन र केही समयपछी आफै ठीक हुन्छ।जाडरक्सीको अधिक सेवनले कलेजो बिग्रेर जन्डिस देखिएको हो भने जाडरक्सी सेवन बन्द गर्नुको साथै अन्य विभिन्न उपचार गर्नुपर्ने हुन्छ।

कसैकसैमा शारिरिक तनाव बढी हुँदा, ज्वरो आउँदा, अन्य सन्क्रमण हुँदा सामान्य जन्डिस देखिने हुन्छ,यो गिलबर्ट सिन्ड्रोम (Gilbert Syndrome) भन्ने रोगले गर्दा हुन्छ।

यसमा कलेजोको एउटा इन्जाइमको मात्रा वन्शानुगत रुपमै कम हुन्छ। यो त्यस्तो डरलाग्दो रोग हैन र यसको उपचार पनि गरिरहनु पर्दैन तर जन्डिस देखिने अन्य धेरै रोगहरुसँग झुक्किने भएकोले यो रोग पत्ता लाग्न गाह्रो हुन्छ।

क्यान्सर, पत्थरीले गर्दा जन्डिस देखिएको भए त्यहि अनुसार उपचार गर्नुपर्छ। समग्रमा, जन्डिसको उपचार भनेको जन्डिसको कारणको उपचार हो। एजेन्सी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here