जुन देशसँग धेरै कच्चा तेल छ, त्यही देश किन गरीब ?

आजपनि संसारभरि ईन्धनको सबैभन्दा ठुलो स्रोत कच्चा तेल अर्थात पेट्रोल र डिजेल नै हो । कालो सुन भनिने कच्चा तेल प्रति हाम्रो निर्भरता बढ्दै गहिरहेको छ ।

एक वर्ष पहिलेको तुलनामा सन् २०१८ मा संसारभर धेरै मात्रामा कच्चा तेलको प्रयोग भएको छ । अर्गनाइजेशन अफ पेट्रोलियम एक्स्पोटिङ कन्ट्रिज (ओपेक) को एक रिपोर्ट अनुसार २०१७ मा विश्वभर ९.७२० करोड ब्यारल कच्चा तेल प्रतिदिन खपत भएको थियो भने २०१८ मा प्रतिदिन ९.८८२ करोड ब्यारल कच्चा तेल खपत भएको थियो ।

ओपेकका अनुसार २०१९ मा यो आँकडा बढेर १०.०२३ करोड ब्यारल प्रतिदिनसम्म सम्म पुग्न सक्छ ।

तेल उत्पादक कुनैपनि देशको राजश्वमा सबैभन्दा ठुलो हिस्सा कच्चा तेलको बिक्रीबाट हुने कमाइ नै हो ।

यस कारण जुन देशसंग धेरै मात्रामा कच्चा तेलको खानी छ त्यो देश फाइदाको स्थितीमा छ भन्ने कुरा सजिलै अनुमान लगाउन सकिन्छ । तर, वास्तवमा यस्तो हुँदैन किनभने कच्चा तेल सधैं देशको लागि नाफा लिएर आउँदैन् ।

भेनेजुएला त्यो देश हो जो सँग कच्चा तेलको सबैभन्दा ठुलो भण्डार छ । अमेरिकाको गुप्तचर एजेन्सी सीआईएका अनुसार यस देशमा ३० हजार २३० करोड ब्यारल कच्चा तेलको भण्डार छ ।

भेनेजुएलापछि मात्रै दास्रो नम्बरमा साऊदी अरब रहेको छ । साऊदी अरबसँग २६ हजार ६२० करोड ब्यारल कच्चा तेलको खानी रहेको अनुमान गरिएको छ । अन्तराष्ट्रिय स्तरमा भेनेजुएला विभिन्न प्रतिबन्धहरुसँग जुधिरहेको छ ।

क्यानडा तेस्रो नम्बरमा छ । क्यानडासँग अनुमानित १७ हजार ५० करोड ब्यारल कच्चा तेल छ । त्यसपछिमात्रै इरान र इराक रहेका छन् ।

यस सूचीमा छिमेकी देश भारत २३ औं स्थानमा छ । भारतसँग ४४९ करोड ब्यारल कच्चा तेलको भण्डार छ ।

भेनेजुएला सँग सबैभन्दा धेरै कच्चा तेल छ र यो देशको ९६ प्रतिशत आय कच्चा तेलसँग निर्भर छ ।

अमेरिकाले लगाएको प्रतिबन्धका कारण भेनेजुयुएलाले अन्तराष्ट्रिय बजारमा कच्चा तेल बेच्न पाएको छैन ।

यो देश अहिले गम्भीर राजनितिक संकट बाट गुज्रिरहेको छ । देशको सरकारी स्वास्थ्य व्यवस्थामा धरासायी भएको छ र देशमा खाद्य पदार्थको साथसाथै अत्यावश्यक वस्तुहरुको चरम संकछ छ । यो देश कैंयौं पटक बिजुली गएर अन्धकार भएको कारणले पनि चर्चामा रहेको छ ।

साथै, भेनेजुएलामा समुन्द्रको स्थिती पनि यस्तो छ कि जहाँबाट कच्चा तेल निकाल्न धेरै महंगो पर्छ । यहाको तेल भारी मानिन्छ यसलाई निकाल्नको लागि ‘सोल्वेटन्स’को आवश्यकता पर्छ ।

क्यानडाको पनि स्थिती पनि लगभग यस्तै छ । यहाँ तेलपनि भारी मानिन्छ र यसलाई निकाल्न धेरै खर्च गर्नुपर्छ ।ब्राजीलमा तेलमा धेरै कर लगाइन्छ त्यसैले यहाँ कच्चा तेलको उत्पादन निकै कम हुन्छ ।

एक अनुमान अनुसार एक ब्यारल कच्चा तेल निकाल्नको लागि साउदी अरबमा जति खर्च लाग्छ, त्यसको चार गुना खर्च ब्राजील र भेनेजुएलामा लाग्छ ।

ओपेकका अनुसार साउदी अरबमा एक ब्यारल कच्चा तेल निकाल्न ९ अमेरिकी डलर खर्च हुन्छ भने, भेनेजुएलामा यसको लागि २७.६२ अमेरिकी डलर र ब्राजीलमा ३४.९९ अमेरिकी डलर खर्च हुने बताइएको छ ।

(बीबीसी हिन्दीबाट अनुदित)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here