‘टर्की पाल्दै २० वर्षीय युवा, भन्छन् बजार पाउनै कठिन भो’

कठमाडौं, १२ माघ । नेपालमा टर्की पालनको व्यवसाय फष्टाउँदै गएको छ । कुखुरा पालनमा आकर्षित हुनेहरु अहिले टर्की व्यवसाय तिर रमाउन थालेका छन् ।

कुखुराको भन्दा धेरै लगानी, धेरै समय पाल्नु पर्ने भएपनि हेरचाहमा सहज हुने गरेकोले यस पेशातिर आकर्षित भएको टर्की व्यावसायी दिपक न्यौपालेले बताए ।

नुवाकोट बेलकोटगढी ६ का दिपक उमेरले भरखरै २० वर्षका छन् । उनको दैनिकी अहिले टर्की र केहि लोकल कुखुरासँग बित्ने गरेको छ ।

गाउँमै बसेर सिर्जनशील काम गर्ने सोच राखेका दिपकले ६ महिना अघि त्रिशुलीबाट ४० वटा चल्ला ल्याएर टर्की पाल्न सुरू गरेका थिए ।

सुरुमा रहरै-रहले सुरु गरेका दिपकको खोरमा ४० वटा टर्की र ६० वटा लोकल कुखुरा छन् । कक्षा १२ सम्मको अध्ययन सकेर विदेश जाने तयारीमा रहेको उनि विदेश मोह त्यागेर टर्की पालन तिर लागेपनि बजार नपाएमा दुखेसो गर्छन् ।

वडाकै पहिलो पटक नौलो व्यवसायको शुरुवात गरेकोले टाढाटाढाबाट मान्छेहरु हेर्न आउने गरेका छन् ।

एउटा टर्की १५ किलोसम्म हुने गरेकोले कुखुरा जस्तो सामान्य रुपमा नै बिक्दैन् । बजार भाउ पनि प्रतिकेजी कम्तिमा एक हजार भन्दा माथि नै रहेको हुनाले यसको लागि बजारको नै अवश्यक रहने गरेको उनको भनाई छ ।

कुखुरा त एक दुईवटा गरि गाँउघरमा नै बेचेर सकिन्छ, टर्कीको लागि कि त दुई चार जना नै मिल्नु पर्यो एक-दुई परिवारको लागि यसको मासु धेरै हुने गरेकाले गाँउ घरबाट नै बिक्री हुने सम्भावना नरहेको उनले बताए ।

अहिले उनको व्यवसायको घरपरिवार, साथीभाई सबैले खुलेरै प्रशंसा गर्ने मात्र नभई साथ र सहयोग दिन थालेका छन् ।

काम र दामको खोजीमा शिक्षित युवा खाडीमुलुकमा पसिना बगाउन बाध्य छन् । आफ्नै देशमा घरपरिवारसँगै बसेर अर्थोपार्जन गर्न पाउँदा आनन्द लागेको दिपकले बताए ।

कृषि व्यवसायलाई प्रोत्साहन गर्न भनी सरकारले विभिन्न कार्यक्रम ल्याए पनि आफूले अहिलेसम्म कुनै सहयोग प्राप्त नगरेको उनले बताए ।

‘टर्कीको मासु स्वादिलो हुनुका साथै कोलस्ट्रोल र फ्याट एकदमै कम हुनुका साथै तागतिलो हुने गरेका कारण मुटुरोग, मधुमेह, युरिक एसिडलगायत विरामीहरुका लागि समेत लाभदायक हुने उच्च रक्तचाप, मधुमेह, एसिडजस्ता रोगका बिरामीलाई टर्कीको मासु उत्तम मानिन्छ।

टर्कीको मासुमा चिल्लो तथा बोसोको मात्रा कम हुने हुँदा यसको मासुको माग बढिरहेपनि बजार भने पाउन सकेको छैन् । सरकारले युवा स्वरोजगार भन्दै अनेकौ योजना ल्याएपनि यस व्यावसायमा भने सरकारले कुनै ध्यान नदिएको व्यावसायीहरुको गुनासो छ ।

टर्कीबारे जानाकारी

टर्कीपालन परिचयः

मासुको लागि टर्कीपालन व्यवसाय निजी स्तरमा सफलतापूर्वक सञ्चालन गर्न सकिन्छ । टर्कीको वैज्ञानिक नाउँ मेलिग्रीस ग्यालोपाभा हो । टर्कीलाई गरम तथा ठण्डा हावापानीमा पनि पाल्न सकिन्छ ।

टर्कीलाई प्रायः मासुको लागि पालिन्छ तर यिनीहरू ढिलो बढने तथा बढी आहारा खाने भएकाले त्यति लोकप्रिय हुन सकेको छैन । टर्कीका उन्नत जातहरूस् टर्कीका उन्नत जातहरूः ब्रोएड बे्रस्ट बा्र्रेन्ज टर्कीका लोकप्रिय ठुलो खाले टर्कीको जात हो । यो अमेरीकामा निक्कै लोकप्रिय छ ।

यसको भुत्ला कालो रङको हुन्छ तथा भित्रिभाग केही हरियो रङ्गको देखिन्छ । यसले प्रायः एक वर्षमा ७५ वटा अण्डा पार्दछ । अण्डा सरदर ८५ ग्रामको हुन्छ । अण्डा सेतो रङ्ग तथा खैरो छिर्कामिर्का परेको हुन्छ । पोथी करिब ११ किलो र भाले सो भन्दा ठुलो वजनको हुन्छ ।टर्कीका अन्य उन्नत जातहरूमा नोरफोक, क्याम्र्बिज बेल्टसभिला हुन् ।

टर्कीको व्यवस्थापनः

टर्कीलाई कुखुरा जस्तै पालन गरिन्छ । टर्कीलाई प्राय १५–२० हप्तासम्म पालेर बिक्री गरिन्छ । १२ हप्ताको उमेरमा टर्कीको तौल करिब पॉच किलो पुग्दछ र २० हप्ताको उमेरमा यिनीहरू १५ किलोसम्म पुग्दछन् ।

करिब १० महिना उमेरको टर्कीलाई वयस्क मानिन्छ । वयस्क भएकी पोथी टर्किलाई चाँडो अण्डा पार्ने गराउन कृत्रिम प्रकाशको व्यवस्था गनु पर्दछ । प्रजन्नको लागि टर्की पाल्दा एक भालेमा ५ वटा जति पोथी राख्नु पर्दछ । टर्कीले प्रायः गरम मौसममा अण्डा पार्दछन् ।

अण्डाको प्रजन्न क्षमता थोरै हुन्छ । टर्कीबाट चल्ला पाउन प्राय टर्किमा कृत्रिम गर्भाधान गरिन्छ । एक वर्षमा करिब ८०–१२० वटा फुल पार्दछ । अण्डा करिब ८५ ग्रामको हुन्छ । अण्डा सेतो रङ्ग तथा खैरो छिर्काबिर्का परेको हुन्छ ।

प्रजन्नको लागि टर्की पाल्दा एक भालेमा पॉच वटा जति पोथी राख्नु पर्दछ । टर्किले प्रायः गरम मौशममा अण्डा पार्दछन् । अण्डाको प्रजन्न क्षमता थोरै हुन्छ । टर्कीबाट चल्ला पाउन प्रायः टर्किमा कृत्रिम गर्भाधान गरिन्छ ।

अण्डाबाट चल्ला कोरल्न करिब २८ दिन लाग्छ । वयस्क भएकी पोथी टर्कीलाई चॉडो अण्डा पार्ने गराउन कृत्रिम प्रकाशको व्यवस्था गर्नु पर्दछ । काठमाडौंका केही ह्याचरीहरूले टर्किको अण्डा ओथराउने गर्दछन् ।

टर्कीका चल्लाहरू पनि कुखुराका चल्ला जस्तै हुर्काउन सकिन्छ । प्रजन्नका लागि पालिएका टर्कीलाई तीन चार वर्षसम्ममात्र पाल्नु लाभप्रद हुन्छ । टर्कीले कुखुराको जस्तै आहारा खाएतापनि यिनीहरूको दानामा प्रोटिनको मात्रा बढी हुनु पर्दछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here