विश्वलाई नै आतंकित बनाएका महामारी, कुनले लियो कतिको ज्यान ?

काठमाडौं । कारोना भाइरसको कारण अहिले विश्व नै त्रसित छ । चीनको वुहानबाट सुरु भएको यस भाइरसको कारण हालसम्म ६ सय ३० भन्दा बढीको मृत्य भइसकेको छ भने ३० हजारभन्दा धेरै संक्रमित भइसकेका छन् ।

कोरोना संक्रमण अहिलेसम्म विश्वका ३० भन्दा धेरै देशमा फैलिसकेको छ । विश्व स्वास्थ्य संगठन ९डब्ल्युएचओ० ले पनि कारोनाले महामारीको रुप लिएपछि यसलाई विश्व स्वास्थ्य संकटकालको घोषणा गरिसकेको छ ।

चीनको बुहानमा देखिएको कोरोना भाइरसको प्रमुख स्रोत के हो भन्ने विषयमा अध्ययन भइरहेकका छ । प्रारम्भिक अनुसन्धानबाट भो यो भाइरस जंगली जनावार वा सि फुड्समध्ये एकबाट मानिसमा सरेको अनुमान गरिएको छ ।

तर, कोरोना भाइरस मात्रै विश्वमा संकटको रुपमा देखा परेको रोग भने होईन् । योभन्दा पहिले पनि विश्वमा कैयौं रोगबाट करोडौं मानिसले ज्यान गुमाइसकेका छन् ।

यस्ता प्रकारका रोग वा भाइरस बिल्कुलै नयाँ हुने भएको कारण यसको भ्याक्सिन निर्माण गर्ने क्रममा नै हजारौं मानिसको मृत्यु हुने गरेको तथ्यांक पुरानो नै हो । यस्ता तीव्रगतिमा फैलिने हुँदा महामारीबाट ज्यान गुमाउनको संख्यामा पनि निकै धेरै हुने गर्छ ।

विश्वमा कोरोना भाइरस भन्दाअघि देखा परेका प्राय सबै प्रकारका नयाँ भाइरस र ब्याक्टेरिया जनावारबाट मानिसमा सरेको थिए । त्यसकारण पनि कोरोना संक्रमण पनि कुनै न कुनै जनावरको कारण फैलिएको अनुमान गरिएको छ ।

यी हुन् विश्वमा कोरोना भन्दा पहिले महामारीको रुप लिएका व्याक्टेरियाहरु निम्न छन् ।

एचआईभी/एड्स

एचआईभी अर्थात् ह्युमन इम्युनोइफिसिएन्सी भाइरसको विषयमा धेरैलाई थाहा छ। यो भाइरसले मानिसको शरीरमा प्रवेश गरेपछि प्रतिरक्षा प्रणालीमा असर गर्छ।

यो भाइरस पनि बादरबाट मानिसमा सरेको हुनसक्ने अनुमान गरिएको छ। यो भाइरस शरीरमा प्रवेश गरेपछि कुनै पनि घाउ वा चोट शरीरमा लागेमा निको हुन निकै गाह्रो हुन्छ वा लामो समय लाग्छ। डब्यूएचओका अनुसार एचआईभीको जटिल रुप एड्स हो।

अहिले पनि विश्वभर यो भाइरसको कारण वर्षेनी कैयौंको ज्यान जाने गरेको छ। सन् २०१८ को अन्तिमसम्ममा विश्वभर १ करोड ७९ लाख मानिस एचआईभी संक्रमित रहेको डब्ल्यूएचओको तथ्यांक छ।

यो रोग पनि असुरक्षित यौन सम्पर्क, निर्मलीकरण नगरिएको धारिलो हतियार, संक्रमितको रगत तथा अंग लिनाले स्वस्थ मानिसमा सर्न सक्छ।

सन् १९८१ यता एचआईभी एड्सको संक्रमणबाट विश्वभर हालसम्म ३ करोड ६० लाख मानिसले ज्यान गुमाइसकेका छन् । विश्वमा अझै पनि झण्डै ३ करोड ५० लाख मानिस एड्सबाट संक्रमित भएको बताइन्छ जसमध्ये अधिकांश अफ्रिकामा बस्छन् ।

निपा भाइरस

निपा भाइरस पनि चमेरा वा सुँगुरजस्ता जनावरबाट मानिसमा सर्न सक्ने भाइरस हो। त्यसका साथै दूषित खानेकुरा तथा संक्रमित मानिसबाट पनि अर्को मानिसमा यो भाइरस सर्न सक्छ। यो भाइरस सन् १९९९ मा मलेसियामा देखिएको थियो।

त्यसयता अहिलेसम्म यो भाइरस भने देखिएको छैन। यो भाइरसले पनि धेरै मानिसको ज्यान गएको थियो। चीनमा पछिल्लो समय फैलिएको भाइरसबारे भने केहीले यो चीनको चाल भएको बताइरहेका छन्।

अर्को महत्वपूर्ण कुरा चीनमा जतिबेला पनि भाइरसको प्रकोप बढ्छ, त्यतिबेला चीनले ढाँट्ने गरेको आरोप लाग्ने गरेको छ। यो पटक चीनले आफूमाथि लागेको दाग मेट्ने प्रयास गरेको भन्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि तारिफ गरिसकेका छन्।

प्लेग वा ब्ल्याक डेथ

प्लेगको कारण सन् १३४७ देखि १३५३ युरोप तथा पश्चिम एसियामा ७ करोड मानिसले ज्यान गुमाएका थिए । सुरुमा मध्य एसिया वा पूर्वी एसियामा देखिएको प्लेग क्राइमिया हुँदै युरोपसम्म फैलिएको थियो । कालो मुसामा हुने उपियाँबाट उक्त महामारी मानिसमा फैलिएको अनुसन्धानबाट खुल्न आएको थियो ।

पुरानो सिल्क रोड हुँदै भूमध्य सागरमा फैलिएको प्लेगलाई युरोपेलीहरूले ‘ब्ल्याक डेथ’ भनेर नामाकरण गरेका थियो । उक्त रोगबाट युरोपको ३० देखि ६० प्रतिशत जनसंख्याले ज्यान गुमाएको अनुमान गरिन्छ । यो महामारीको कारण विश्वको जनसंख्या ४७५ मिलियनबाट ३५० मिलियनमा झरेको थियो ।

हैजा

हैजा पनि महामारीको कारण बन्दै आएको छ । हैजाको कारण सबैभन्दा धेरै मानिसको मृत्यु सन् १८५२ देखि १८६० सम्म भएको थियो । यो ८ वर्षको बिचमा विश्वभर १ करोडभन्दा धेरै मानिसको मृत्यु भएको थियो । हाम्रै छिमेकी राष्ट्र भारतीय महाद्धिपको गंगा नदी वरपरका बस्तीबाट फैलिएको उक्त हैजा पछि एसियाका अन्य मुलुकसहित, युरोप, अमेरिका र अफ्रिकामा समेत फैलिएको थियो ।

स्पेनिश इन्फ्लुएन्जा

सन् १९१८ को जनवरीदेखि १९२० को डिसेम्बरसम्म महामारीको रुप लिएको स्पेनिश इन्फ्लुएन्जा वा स्पेनिश फ्लूको कारण विश्वभर ५ करोड मानिसको ज्यान लिएको थियो । फ्लूबाट संसारभर ५० करोड मानिस प्रभावित बनेका थिए ।

यस विषयमा सबैभन्दा आश्चर्यजनक कुरा त यो संक्रमणको सुरुवात कुन क्षेत्रबाट भएको थियो भन्ने कुराको पत्ता लाग्न सकेको छैन् । तर उत्तरी फ्रान्सबाट फैलिएको कतिपयले बताउँछन् ।

एच २ एन २ भाइरस

चराबाट मानिसमा सर्ने इन्फ्लुएन्जा ए भाइरस अन्तर्गतको एच२एन२ भाइरस सबैभन्दा पहिल सन् १९५७ तिर सिंगापुरमा देखिएको थियो । यस संक्रमणको कारण एक वर्षको अवधिमा ११ लाख मानिसको ज्यान गएको थियो ।

इन्फ्लुएन्जा ए (एच ३ एन २ भाइरस)

सन् १९६८ मा पहिलो पटक देखा परेको एन्फ्लुएन्जा ए को संक्रमणबाट विश्वभर १० लाख मानिसको मृत्यु भएको अनुमान गरिन्छ । सुरुमा अमेरिकामा फेला परेको एच३एन२ भाइरसका कारण १ लाख अमेरिकीको ज्यान गएको थियो ।

यो संक्रमणको कारण ज्यान गुमाउनेमा प्रायः ६५ वर्ष उमेर काटेका मानिसहरू थिए ।

इबोला

इबोला भाइरस सबैभन्दा पहलिे सन् २०१४ मा सेन्ट्रल अफ्रिकामा देखा परेको थियो । जसको कारण ११ हजार ३ सय २३ जनाले ज्यान गुमाएका थिए । इबोला भाइरस जंगली जनावारबाट मानिसमा सरेको थियो ।

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का अनुसार इबोला भाइरस चमेराबाट मानिसमा सरेको अनुमान छ। अन्य त्यसका अन्य बाँदर गोरिल्ला लगायतका जनावरबाट पनि यो भाइरस मानिसमा सर्नसक्ने बताइएको छ।

यो भाइरस इबोला संक्रमितसँगको रगत लिने, यौनसम्पर्क, शरीरको अंग लिने साथै संक्रमितको र्‍याल सिँगानले पनि स्वस्थ व्यक्तिमा सर्न सक्छ।

त्यसका साथै त्यसका साथै बिरामी वा इबोला लागेको जनावरसँगको सम्पर्कबाट अन्य जनावरमा पनि यो भाइरस सर्न सक्छ। इबोला भाइरस पहिलोपटक सन् १९७६ मा अफ्रिकामा पत्ता लागेको थियो। अहिलेसम्म यो भाइरसबाट ११ हजारभन्दा बढी मानिसले ज्यान गुमाइसकेका छन्।

जिका भाइरस

सुरुमा सन् २०१४ को फेब्रुअरीमा चिलीको इस्टर द्धिपमा देखा परेको जिका भाइरसले पनि विश्वभर महाकारीकै रुप लिएको थियो । चिलीसंगै दक्षिण तथा उत्तर अमेरिका, क्यारेबियन द्धिप तथा प्रशान्त महासागरका केही द्धिपमा फेलिएको थियो ।

भाइरसका कारण बालबालिकामा जन्मजात शारीरिक तथा मानसिक समस्या देखा परेको थियो । लामखुट्टेबाट मानिसमा सरेको जिका भाइरसबाट ब्राजिलमा २४ जना शिशुले ज्यान गुमाएका थिए । अन्यत्र फैलिँदै गएपछि विश्व स्वास्थ्य संगठनले सन् २०१६ मा सार्वजनिक स्वास्थ्य संकट घोषणा गरेको थियो ।

बर्ड फ्लू

बर्ड फ्लू को कारण पनि विभिन्न समयमा संकटकालको अवस्था सिर्जना भईरहेको छ । चराचुरुङ्गीमा लाग्ने एक प्रकारको फ्लू मानिसमा पनि सर्छ । एच५एन१ पनि भनिने यो रोगबाट सन् २०१३ यता ६१६ जना मानिसले ज्यान गुमाइसकेका डब्ल्युएचओको तथ्यांकले जनाउछ । विशेषगरी चराचुरुङ्गीमा देखियो यो रोग कुखुरा फार्म र मासुबाट मानिसमा सर्ने गर्छ ।

सार्स

सन् २००२ मा चीनमा नै देखा परेको सार्सको संक्रमणबाट ७७४ जना मानिसले ज्यान गुमाएका थिए । यसका साथै ८ हजार भन्दा धेरै मानिसहरु यसको संक्रमणमा रेका थिए । सार्स संक्रमण चमेराबाट मानिसमा सरेको बताइन्छ ।

यी माथि उल्लेखित संक्रमण बाहेक अन्य विभिन्न प्रकारका रोगहरुले पनि विश्वमा महामारीको रुप लिएको थियो । यस अन्र्तरगत सन् २०१५ मा एंगोलामा देखा परेको एलो फिभरका कारण विश्वभर ५९५ जनाले ज्यान गुमाएका थिए ।

यसका साथै सन् २००९ मा पहिलो पटक देखा परेको स्वाइन फ्लूका कारण ५ लाख मानिसले ज्यान गुमाएको अनुमान गरिन्छ । स्वाइन फ्लूबाट अमेरिकामा मात्रै झण्डै ७ करोड मानिस संक्रमित भएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here