बजेटको आकार घट्यो, विकास खर्च ८० प्रतिशत गर्ने लक्ष्य

काठमाडौं, २९ माघ । सरकारले चालु आर्थिक वर्षको अर्धवार्षिकको समीक्षा गरेको छ ।

बुधबार अर्थ मन्त्रालयमा भएको बजेट समीक्षामा अर्थमन्त्री डा. युवराज खतिवडाले गत बर्षको बजेटजस्तै चालु वर्षमा पनि अर्ध बार्षिक समिक्षा गर्दा बजेटको आकार घटाएका छन् ।

सरकारले चालु आर्थिक वर्ष (आव) को लागि १५ खर्ब ३२ अर्ब ९६ करोड ७१ लाख रुपैयाँ बजेट ल्याएको थियो । तर छ महिनाको अवधि सम्म ४ खर्ब २२ अर्ब रुपैयाँ मात्रै खर्च भएपछि बजेटको सीमा घटाईएको हो ।

बुधबार भएको अर्ध वार्षिक समीक्षामा अर्थमन्त्री खतिवडाले बजेट संशोधन १३ खर्ब ८५ अर्ब ९५ करोड रूपैयाँमा झारेका हुन् । अर्थमन्त्री डा. खतिवडाले आफैले ल्याएको बजेटको मध्यावधी समीक्षा गर्दै बजेटको आकार ९०.४ प्रतिशतमा झारिएको बताए ।

चालुतर्फ ९ खर्ब ४ अर्ब ४६ करोड ८ लाख (विनियोजित बजेटको ९४.५ प्रतिशत), पुँजीगततर्फ ३ खर्ब २६ अर्ब ८१ करोड २७ लाख (विनियोजित बजेटको ८०.१ प्रतिशत) खर्च हुने मन्त्रीको अनुमान छ। उनले वित्तीय व्यवस्थातर्फ १ खर्ब ५४ अर्ब ६९ करोड १ लाख (विनियोजनको ९२.२ प्रतिशत) खर्च हुने अनुमान गरेका छन्।

साथै चालु आर्थिक वर्षमा सरकारले ८० प्रतिशत विकास खर्च खर्चको गर्ने लक्ष्य लिएको छ । सरकारले चालू खर्च ९५ प्रतिशत र वित्तीय व्यवस्थातर्फ ९२ प्रतिशत खर्च हुने अनुमान समेत अर्थ मन्त्रालयले सार्वजनिक गरेको छ ।

राजश्व लक्ष्य पनि संशोधित अनुमान शुरू अनुमानको ९५.६ प्रतिशतमा झारिएको छ। राजश्व लक्ष्य पनि घटाइएको छ। राजस्व संकलनको संशोधित अनुमान शुरू अनुमानको ९५.६ प्रतिशतमा झारिएको छ।

चालु वर्षको अन्त्यसम्ममा नेपाल सरकारको स्रोत (राजस्व र आन्तरिक ऋण) बाट ११ खर्ब ३२ अर्ब ५० करोड, वैदेशिक अनुदानतर्फ ४३ अर्ब ५५ करोड ४६ लाख र वैदेशिक ऋणतर्फ २ खर्ब ९ अर्ब ९० करोड ९० लाख परिचालन हुने संशोधित अनुमान रहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here