विश्वभर कसरी लुकाइन्छ अवैध सम्पत्ति ?

काठमाडौं । पछिल्लो समय विश्वभर अवैध सम्पत्ति लुकाउने प्रचलन बढ्दो मात्रामा देखिएको छ ।

राज्यको आँखा छल्दै सेवामा रहँदा पदीय दुरुपयोग गरेर अकुत सम्पत्ति कमाउने गरेको पाईन्छ । नेपाली समाजले अवैध सम्पत्तिलाई ‘पाप’ गरेको ठान्छ । तर कमाउनेको संख्या भने घट्ने गरेको छैन् ।

राज्यको कानुन छलेर अवैध धनरसम्पत्ति लुकाउने कार्यलाई सहयोग गर्ने मुलुकमा अमेरिका पनि रहेको एक प्रतिवेदनले खुलासा गरेको छ ।

कानुन र कर छलेर जम्मा गरिएको अवैध धन लुकाउने कार्यमा विभिन्न व्यक्तिलाई सहयोग गर्ने मुलुकमा अमेरिका पनि रहेको कर छलिबारे अन्तर्राष्ट्रिय रुपमा अनुसन्धान गर्दै आएको ट्याक्स जस्टिस नेटवर्क (टिजेएन) ले जनाएको हो ।

रिपोर्ट अनुसार विश्वका कुनै देशले अन्य देशका मानिसले ल्याएको पैसा लुकाउन वा सम्पति शुद्धीकरणमा गर्न कत्तिको सहजता प्रदान गर्छन् भन्ने आधारमा वरियता श्रेणीवद्ध गरेका छ ।

सन् २०२०को सूचकाङ्कले अमेरिकामा वित्तीय गोपनीयता १५ प्रतिशतले बढेको देखाएको छ । योसँगै अमेरिकाले मानिसहरुले पैसा लुकाउन प्रयोग गर्ने राष्ट्रमा स्वीट्जरल्याण्डलाई उछिनेका छन् ।

विभिन्न गैरकानुन माध्यमबाट जम्मा भएको अवैध धन लुकाउन सबैभन्दा सहज हुने १० मुलुकमा हङकङ, सिंगापुर, लक्जेम्बर्ग, जापान, नेदरल्याण्ड, ब्रिटिश भर्जिन आइल्याण्ड र संयुक्त अरब इमिरेट्स पर्छन् ।

न्यून आय भएका मुलुकहरूले मापन गरिएको गोप्य आर्थिक कारोबारको १ प्रतिशत हिस्सामात्रै उपलब्ध गराउने गरेको र यी मुलुकहरू यस्तो धनको असरको उच्च जोखिमा रहेका छन् ।

मानिसले अवैध पैसा लुकाउन प्रयोग हुने प्रमुख गन्तव्य बन्दै गएको देखिएको छ । ‘ट्याक्स जस्टिस नेटवर्क’को एक नयाँ रिपोर्टमा यो कुरा खुलासा गरेको हो ।

फोर्ब्सका अनुसार एंगोलाका पूर्व राष्ट्रपतिकी छोरी समेत रहेकी सान्टोससँग २ बिलियन अमेरिकी डलर बराबर सम्पत्ति छ । अनुसन्धानमूलक पत्रकारहरूको संगठन द इन्टरनेशनल कन्सोर्टियम अफ इन्भस्टिगेटिभ जर्नालिस्ट्स (आईसिआईजे) ले पश्चिमा परामर्शदातामार्फत् कर अधिकारीहरूलाई छलेर उनले आफ्नो सम्पत्ति विदेशमा लुकाएको दाबी गरेको छ ।

‘इजाबेल डोस सान्टोसले पनि गोप्यतासम्बन्धी अमेरिकी कानुनको फाइदा उठाएकी थिइन् । लुआन्डा लिक्सका डकुमेन्ट हेर्दा उनले डेलावरस्थित एक कम्पनीमार्फत् पोर्चुगलमा सम्पत्ति किनेको प्रस्ट हुन्छ ।

न्यून कर तिरेर सजिलै गोप्य कम्पनी खोल्न सकिने स्थानमा डेलावर पनि पर्छ’, आईसिआईजेको लुआन्डा लिक्सका परियोजना व्यवस्थापक फर्गुस शेएलले बताए ।

अफ्रिकाकी पहिलो महिला अर्बपति सान्टोसमाथि कर छलेको र सुरक्षित साथ धन राख्न सकिने अन्तर्राष्ट्रिय केन्द्रहरू प्रयोग गर्दै अवैध सम्पत्ति विदेशमा लगेर जम्मा गरेको आरोप लागेको छ । तर अल जजिरा टेलिभिजनसँग कुरा गर्दै आफूमाथि लागेका आरोप झुठो भएको सान्टोसले बताएकी छन् ।

आईसिआईजेको एक टोलीले पश्चिमी वित्तीय फर्म, वकिल, लेखापरीक्षक, सरकारी अधिकारी तथा व्यवस्थापन कम्पनीले सान्टोस र उनका पतिलाई कर अधिकारीबाट सम्पत्ति लुकाउन सहयोग गरेको बताएको थियो ।

आईसिआईजेले भनेको छ- ‘७ लाख १५ हजारभन्दा बढी फाइलका आधारमा हामीले गरेको अनुसन्धानबाट व्यवसायिक रुपमा सेवा प्रदान गर्दै आएका फर्मले शक्तिशाली व्यक्तिलाई बिना केरकार सेवा प्रदान गरिरहेको देखाउँछ र अन्तर्राष्ट्रिय नियमन प्रणाली धराशायी बन्दा व्यवसायिक फर्मलाई यस्तो काम गर्न बाटो खुलेको हो ।’ एजेन्सी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here