धेरै रिसाउने बानी आजैबाट त्याग्नुहोस्, निम्त्याउन सक्छ हृदयघात

रिस हरेक मानिसलाई उठ्छ तर, कोही धेरै रिसाउने खालका हुन्छन् भने कोही कम रिसाउने खालका । सामान्यतया रिस उठेको बेलामा हामी कसैले भनेको मान्दैनौं र अरुको कुरा पनि सुन्दैनौं ।

रिसले हामी आफैलाई हानी गर्छ भन्ने थाहा हुँदा हुँदै पनि हामी रिसाउन छोड्दैनौं । धेरै रिसाउने बानीले व्यक्तिगत र व्यावसायीक जीवनमा पनि असर गरिरहेको हुन्छ ।

तर, धेरै रिसाउनाले हाम्रो सम्बन्धमा मात्रै हानी गर्ने होइन स्वास्थ्यमा पनि धेरै हानी गर्ने कुरा पत्ता लागेको छ । हालसालै गरिएको एक अध्ययनले धेरै रिसाउने मानिसलाई हृदयघातको खतरा उच्च हुने तथ्य पत्ता लगाएको हो ।

धेरै रिसाउँदा हुन सक्छ हृदयघात

साथै उक्त अध्ययनका अनुसार रिस वा क्रोधले हाम्रो निर्णय लिने क्षमतालाई पनि कमजोर बनाउँछ । यसले कार्यक्षमता प्रभावित हुन्छ र यसले हाम्रो व्यावसायीक जीवनमा पनि नकारात्मक असर पर्छ ।

अमेरिकन कलेज अफ कार्डियोलोजीको जर्नलमा प्रकाशित रिपोर्ट अनुसार रिसाँउदा मानिसको मुटुमा गम्भिर असर पर्छ र यसले हृदयघात निम्त्याउन पनि सक्छ । त्यसैले, हामीले आफ्नो रिसाउने बानीलाई त्याग्नुपर्छ ।

अध्ययन अनुसार क्रोधले मुटुको चालमा छिटो परिवर्तन ल्याउँछ र अचानक हृदयघातको कारण पनि बन्न सक्छ ।

अध्ययन टिमका प्रमुख येल युनिभर्सिटीका राशेल लेम्पर्ट भन्छन् ‘यो धेरै महत्वपूर्ण शोध हो किनभने बल्ल हामीले रीस वा अन्य मानसिक तनावले मुटुको कार्यप्रणालीमा अचानक घातक परिवर्तन ल्याउँछ भन्ने बुझ्न थालेका छौं ।’

अध्ययनको लागि शोधकर्ताहरुले ६२ जना यस्ता मानिसहरुको परिक्षण गरिएको थियो जसलाई या त कोरोनरी आर्टरी रोगको बिरामी थियो वा ती मानिसहरुलाई मानसिक तनावको स्थितीमा परिक्षण गरिएको थियो ।

उक्त अध्ययनले मुटुका बिरामीहरुलाई रिस नियन्त्रण गर्ने प्रशिक्षण दिएमा अचानक हुने हृदयघातलाई रोक्न वा कम गर्न सकिने पनि देखाएको छ ।

यसरी नियन्त्रण गर्न सकिन्छ रिस

-रिस नियनन्त्रणको लागि हामीले स्वस्थ खानपान गर्ने दैनिक व्यायाम वा योगा गर्ने गर्नुपर्छ । यसले हाम्रो दिमागलाई शान्त र ताजा राख्छ ।

-त्यस्तै सकरात्मक सोच भएका वा असल मानिसहरुको संगतले पनि रिसाउने समस्यालाई कम गर्न सकिन्छ ।

-छिटो रिसाउने समस्याको समाधानका लागि केही फिजियोलोजिकल परिक्षणहरु पनि गर्न सकिन्छ । परिक्षणबाट रिसको तिव्रता मापन गर्न सकिन्छ ।

-यस्तो परिक्षणबाट उक्त मानिस रिसप्रति कति संवेदनशील छ र कसरी रिसलाई काबुमा राख्न सक्छ भन्ने थाहा हुन्छ ।

-यदि तपाईं रिसलाई नियन्त्रण गर्न सक्नुहुन्न भने तपाईंले मनोवैज्ञानिकको सल्लाह लिनुपर्छ । उनीहरुले रिसको स्थिती र सीमालाई पत्ता लगाएर त्यसलाई काबुमा राख्न सिकाउँछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here