आइपीओमा लगानी गर्ने सोचमा हुनुहुन्छ ? जान्नै पर्ने केही कुरा 

लगानीकर्ताले आफ्नो लगानीबाट निश्चित प्रतिफलको अपेक्षा गरेको हुन्छ । प्रतिफल र जोखिम एक अर्कासँग अन्तरसम्वन्धित हुने भएकाले लगानीकर्ताले विशेष सर्तकता अपनाउनु पर्छ । जोखिम न्यूनीकरण गर्दै प्रतिफल सुनिश्चित प्रदान गर्नु एक चुनौतीपूर्ण काम हो ।

प्राथमिक बजारमा कम्पनीले पहिलो पटक सेयर निष्काशन गरेका हुन्छन । यसरकाण निष्काशनकर्ता कम्पनीको विवरणपत्र अध्ययन गरी कार्य सम्पादन स्थिति, वित्तीय अवस्था(नेट वर्थ, नाफा नोक्सान स्थिति आदि), व्यवस्थापन, जोखिम जस्ता महत्वपूर्ण कुरा विश्लेषण गरेर मात्र लगानी सम्वन्धी निर्णय गर्नु पर्दछ ।

प्राथमिक बजारमा लगानी गर्दा लगानीकर्ताले तलका कुराहरुमा ध्यान दिनुपर्छ । यी कुराले सम्भावित नोक्सानीबाट बच्न मात्र होइन, लगानीको उचित प्रतिफल प्राप्त गर्न पनि मद्दत पुग्छ ।

  • लगानीकर्ताले सम्बन्धित संगठित संस्थाको विवरणपत्र, सम्बन्धित कम्पनीको व्यवसायको प्रकृति, आर्थिक विवरण, संस्थागत सुशासनको अवस्था, जोखिम पक्ष, क्रेडिट रेटिङको स्तर, संस्थापक, सञ्चालक सम्बन्धी विवरण जस्ता कुराको अध्ययन तथा विश्लेषण गरी लगानी सम्बन्धी निर्णय गर्नुपर्छ । धितोपत्र (सेयर) को सार्वजनिक निष्काशन गर्ने क्रममा कम्पनीले उल्लिखित विवरण ष्ट्रिय दैनिक पत्रिकामा प्रकाशित गरेका हुन्छन ।  तीनको राम्रोसँग अध्ययन गर्नुपर्छ ।
  • बजारमा सी आस्वा र आस्वा प्रणाली आइसकेकाले लगानीकर्ताले सेयरमा आवेदन दिनु अघि डिम्याट खाता, बैंक खाता र डिआरएन नम्बर लिनुपर्छ ।ड्ड सीआस्वा तथा आस्बा प्रणालीमा लगानीकर्ताले आफ्नो खाता रहेको बैंक तथा वित्तीय संस्थामा तोकिएको ढाँचामा धितोपत्र खरिद तथा रकम रोक्काको लागि निवेदन दिनुपर्छ ।
  • तत्पश्चात बैंक तथा वित्तीय संस्थाले आवेदन बमोजिमको रकम रोक्का राखी सोको जानकारीसहितको पूर्जी लगानीकर्तालाई उपलब्ध गराउँछ ।
  • धितोपत्र बाँडफाँट भएपछि धितोपत्र पाउने लगानीकर्ताको खाताबाट निष्काशनकर्ता कम्पनीको खातामा खरिद रकम हस्तान्तरण हुने र सेयर नपाएको अवस्थामा लगानीकर्ताको रोक्का भएको रकम फुकुवा हुने व्यवस्था मिलाईएको हुन्छ ।
  • धितोपत्र खरिदका लागि दरखास्त दिएपछि धितोपत्रको बाडँफाँट, फिर्ता भुक्तानी, प्रमाण–पत्र प्राप्ति तथा सूचीकरण सम्वन्धमा सजग रहनुपर्दछ ।
  • दोस्रो बजार मार्फत धितोपत्रको खरिद, बिक्री वा विनिमय गर्ने प्रयोजनका लागि सार्वजनिक निष्काशन गरिएको धितोपत्र नेपाल स्टक एक्सचेन्ज लि. (नेप्से) मा धितोपत्र सूचीकरण गरिन्छ ।
  • धितोपत्रको निष्काशन मुल्यले सूचीकरण पश्चात् धितोपत्र विनिमय बजारमा कायम हुन जाने मूल्यलाई जनाउँछ । यसकारण लगानीकर्ता धितोपत्रको बजार मूल्य परिवर्तनको जोखिम प्रति सजग रहनुपर्दछ ।
  • धितोपत्रको सार्वजनिक निष्काशन हुँदा लगानीकर्तामा धितोपत्र खरिद सम्बन्धी गुनासा सम्बन्धित निष्काशन तथा बिक्री प्रबन्ध गर्ने संस्था, निष्काशनकर्ता कम्पनी तथा नेपाल धितोपत्र बोर्ड समक्ष राख्न सकिने व्यवस्था रहेको छ ।