म्युचुअल फण्डः किन र कसरी ?

ध्रुव तिमिल्सिना
अध्यक्ष, नेपाल मर्चेण्ट बैंकर संघ

म्युचुअल फण्ड अर्थात सामुहिक लगानी कोष एक प्रकारको लगानी योजना हो जसले बचतकर्ताहरुबाट रकम संकलन गरी सेयर, बण्ड, सरकारी ऋणपत्र लगायतका विभिन्न धितोपत्र औजारहरुमा लगानी गर्दछ र यसरी गरेको लगानीबाट प्राप्त सम्पूर्ण प्रतिफल यस्तो कोषमा लगानी गर्ने बचतकर्ताहरुलाई नै फिर्ता गर्दछ ।

कुनै निश्चित समयावधी तोकी रकम संकलन गरेर सो अवधीसम्मका लागि लगानी व्यवस्थापन गर्ने र प्राप्त प्रतिफल तथा सम्पूर्ण लगानी रकम सो अवधी समाप्त भए लगत्तै फिर्ता भुक्तानी गर्ने गरी सञ्चालन गरिने म्युचुअल फण्ड योजनाहरुलाई बन्दमुखी योजना भनिन्छ भने योजना समाप्त हुने कुनै समयावधी नतोकि निरन्तर रूपमा योजनामा नयाँ नयाँ सहभागीहरुलाई समावेश गराउने तथा विद्यमान सहभागीहरुले चाहेमा जुन सुकै बखत योजनामा रहेको आफ्नो लगानी झिकी बाहिरिन सक्ने व्यवस्था गरी सञ्चालन गरिने म्युचुअल फण्ड योजनाहरुलाई खुलामुखी योजना भनिन्छ । योजनाले लगानी गर्ने क्षेत्र, लगानीका औजार आदिको आधारमा समेत योजनाको प्रकारको परिभाषित गरिएको हुन्छ ।

म्युचुअल फण्डको महत्व

म्युचअल फण्डले पुँजी बजार सम्बन्धमा जानकारी नभएका व्यक्ति, पुँजी बजारमा लगानी गर्न समय दिन नसक्ने व्यक्ति, साना साना बचतकर्ता तथा पुँजी बजारको विशेषज्ञ सेवा लिन चाहने व्यक्तिहरुलाई सेवा प्रदान गरी पुँजी बजारमा बचत परिचालन गर्ने तथा लगानीकर्ताहरुको सहभागिता अभिवृद्धि गर्न मद्दत गर्ने हुनाले पुँजी बजारको विकास र विस्तारका लागि यसको ठूलो महत्व हुन्छ । यसले देशमा छरिएर रहेको बचतलाई एकत्रित गरी अर्थतन्त्रको सवल विकासमा योगदान पु¥याउँदछ । म्युचुअल फण्डको प्रवद्र्धनबाट हुने फाइदाहरु संक्षिप्त रूपमा देहाय बमोजिम विश्लेषण गरिएको छ ।

१. म्युचुअल फण्डबाट लगानीकर्तालाई हुने फाइदाहरु
धितोपत्र बजार प्राविधिक प्रकृतिको हुन्छ । यसमा लगानी गर्नका लागि लगानीकर्तामा लगानी विश्लेषण गर्नका लागि वित्तीय ज्ञान, समय, लगानी विश्लेषणका लागि आवश्यक तथ्याङ्क र लगानी गर्ने निर्णयमा पुग्नका लागि लगानी विश्लेषणका प्रविधि आवश्यक पर्दछ । यी सबै कुराहरुको व्यवस्था गर्नु कुनै एक व्यक्तिका लागि सम्भव हुँदैन र सम्भव भएको अवस्थामा समेत लगानीको आकार उल्लेखनीय रहेनछ भने लगानीको लागत अनुरूपको प्रतिफल प्राप्त गर्न सकिँदैन ।

साथै व्यक्तिगत लगानीकर्तामा पर्याप्त लगानी रकम नभएको अवस्थामा वा लगानीकर्तासँग भएको सानो बचत रकम लगानी गर्दा उपयुक्त तवरले विविधिकरण गर्न सकिदैन जसको फलस्वरूप लगानी जोखिम बढी हुन्छ । यस अवस्थामा लगानीकर्ताहरुले म्युचुअल फण्डमा लगानी गर्नु उपयुक्त हुन्छ । म्युचुअल फण्डबाट लगानीकर्ताहरु देहायअनुसारले लाभान्वित हुन सक्दछन् ।

(क) सहज सहभागीता
म्युचुअल फण्डमा आफ्नो सानो रकम समेत लगानी गर्न सकिन्छ । सामुहिक लगानी कोष नियमावली, २०६७ गरेको व्यवस्था अनुरूप म्युचुअल फण्ड अन्र्तगत सञ्चालन गरिने योजनाका ईकाइहरुको प्रति ईकाइ मूल्य रु.१० (दश) तोकिएको छ । साधारणतया न्युनतम खरीद गर्नुपर्ने ईकाइ संख्या १०० रहेको छ । यस प्रकारले कुनै एक व्यक्तिले रु.१,००० (एक हजार) मात्र पनि लगानी गर्न सकिन्छ ।

कुनै पनि म्युचुअल फण्ड योजनामा योजना निष्काशनमा आवेदन गरी लगानी गर्न सकिन्छ । खुलामुखी येजनाको हकमा आफूले चाहेको समयमा योजना व्यवस्थापक कम्पनी वा निजले तोकेको स्थानहरुबाट योजनाका ईकाइहरु खरिद गरी लगानी गर्न सकिन्छ ।

(ख) लगानी विविधता
कुनै पनि लगानीकर्ताको लगानी रकमलाई कुनै एक क्षेत्रमा मात्र लगानी गरिएको छ भने त्यस अवस्थामा लगानी गरेको क्षेत्रमा कुनै समस्या आईपरेमा सम्पूर्ण लगानी डुब्ने सम्भावना हुन्छ । तसर्थ पोर्टफोलियो व्यवस्थापनको सिद्धान्त अनुरूप पनि लगानी रकमलाई विभिन्न क्षेत्रमा लगानी गर्नु उपयुक्त हुन्छ । यस्तो गर्दा कुनै एक क्षेत्रमा समस्या आई त्यसमा गरेको लगानी घाटामा गएको अवस्थामा समेत अर्को क्षेत्रमा गरिएको लगानीको नाफाबाट उक्त घाटा पूर्ति गर्न सकिन्छ ।

धितोपत्रको लगानीमा समेत यहि सिद्धान्त अनुरूप लगानी गर्नु उपयुक्त हुन्छ । तर यसका लागि पर्याप्त लगानी रकम हुनु आवश्यक पर्दछ । यदि लगानी रकम सानो रहेको र लगानी विविधिकरणका लागि पर्याप्त नरहेको अवस्थामा लगानीको उत्तम विकल्प म्युचुअल फण्ड अन्र्तगत सञ्चालित योजना नै हो जसबाट सानो भन्दा सानो रकमको समेत लगानी विविधिकरण हुन जान्छ, किनकी विभिन्न लगानीकर्ताहरुबाट स–सानो रकम जम्मा गरी तयार गरिएको ठूलो रकमलाई योजनाले विभिन्न धितोपत्र तथा अन्य लगानीका क्षेत्रहरुमा लगानी गरी उपयुक्त तवरले लगानी विविधिकरण गरेको हुन्छ । यसरी योजनामा लगानी गरिएको सानो रकमको समेत सोही अनुपातमा लगानी विविधिकरण हुन जाने हुँदा लगानी जोखिम समेत न्युनिकरण हुन जान्छ ।

(ग) व्यवसायिक व्यवस्थापन
धितोपत्र लगायत कुनै पनि क्षेत्रमा लगानीका लागि लगानीकर्तामा पर्याप्त मात्रामा त्यस क्षेत्रको प्राविधिक ज्ञान तथा लगानी व्यवस्थापन गर्ने व्यवसायिक क्षमता हुनु जरुरी हुन्छ जुन साधारणतया कुनै एक व्यक्तिले यस्तो व्यवस्था गर्न सम्भवप्राय हुँदैन । म्युचुअल फण्डका योजनाहरु सञ्चालनमा ल्याउनका लागि कुनै पनि संगठित संस्थालाई आवश्यक पूर्वाधार, लगानी विशेषज्ञ, विभिन्न लगानीका क्षेत्रहरु सम्बन्धी वित्तीय तथ्याङ्क तथा विवरणको संग्रह, वित्तीय तथा अन्य विवरण तथा सूचनाहरुलाई विश्लेषण गरी सो का आधारमा लगानी निर्णयमा पुग्न सघाउ पु¥याउने विधिहरु हुनु जरुरी हुन्छ जसको व्यवस्था गरेको अवस्थामा मात्र नियमन निकायबाट त्यस्तो संगठित संस्थालाई कोष व्यवस्थापन गर्ने अनुमति प्रदान गरिन्छ ।

यसरी यस्ता योजना व्यवस्थापकले लगानीका लागि सम्पूर्ण आवश्यक व्यवस्था गरी लगानीकर्ताको रकमको लगानी व्यवस्थापन गर्ने हुँदा व्यवसायिक लगानीको दृष्टिकोणबाट समेत म्युचुअल फण्ड अन्र्तगतका योजनामा लगानी गर्नु नै उत्तम विकल्प मानिन्छ ।

(घ) कम लागत
धितोपत्र बजारमा लगानी गर्दा वा अन्य क्षेत्रमा लगानी गर्दा विभिन्न प्रकारका शुल्कहरु लाग्ने गर्दछ । कुनै एक सानो कारोबार गर्दा र ठूलो कारोबार गर्दा लाग्ने प्रकृया एउटै हुने र त्यसमा उत्तिकै समय खर्च गर्नुपर्ने हुन्छ । यस वाहेक सानो कारोबारमा लाग्ने शुल्क भन्दा ठूलो कारोबारमा लाग्ने शुल्क तुलनात्मक रूपले कम हुन्छ । यसले कारोबार लागत तुलनात्मक रूपले सानो सानो कारोबारमा भन्दा ठूलो कारोबारमा कम हुने कुरा प्रष्ट पार्दछ । आफूसँग भएको सानो रकमको लगानी गर्दा लाग्ने लागत समेत यस्तै प्रकारले बढी रहेको हुन्छ ।

तसर्थ आफ्नो सानो लगानीलाई म्युचुअल फण्ड अन्तर्गतको योजनाका ईकाइहरुमा लगानी गर्दा यस्ता साना साना रकम जम्मा गरी ठूलो रकम योजना व्यवस्थापकले लगानी गर्दा सो को लागत समेत समानुपातिक हिसाबले आफ्नो लगानी रकममा भाग लगाउँदा आफैले गर्दा लाग्ने लागत भन्दा निकै कम लागत पर्न आउँछ ।

(ङ) तरलता
आज आफूसँग रहेको बचत लगानीका लागि उपलब्ध भए तापनि भोलिका दिनमा उक्त रकमको आवश्यकता पर्न सक्ने हुन्छ । यस्तो अवस्थामा आफ्नो लगानीलाई रकममा परिणत गर्ने सहज व्यवस्था भएमा आफ्नो व्यवहारिक समस्या समेत समाधान हुन्छ । आज गरेको लगानीलाई आवश्यक पर्दा रकममा परिणत गर्न नसक्ने हो भने उक्त लगानी गर्नुको कुनै औचित्य हुँदैन ।

म्युचुअल फण्डमा गरेको लगानीलाई उचित मूल्यमा कुनै पनि समय बिक्री गर्न सकिन्छ । बन्दमुखी योजनाका ईकाइहरु स्टक एक्सचेन्ज मार्फत बिक्री गर्न सकिन्छ भने खुलामुखी योजनाको हकमा कुनै पनि समयमा योजना व्यवस्थापक वा निजले तोकेको स्थानमा गई बिक्री गर्न सक्ने व्यवस्था गरिएको हुन्छ ।

(च) पारदर्शिता
सामुहिक लगानी कोष नियमावली, २०६७ ले गरेको व्यवस्था अनुरूप म्युचुअल फण्ड अन्र्तगतका योजनाहरुको सञ्चालन तथा प्रगतिका सम्बन्धमा योजना व्यवस्थापकले नियमित रूपले सार्वजनिक जानकारी गराउनु पर्दछ । नियमावलीले गरेको व्यवस्था अनुसार योजना व्यवस्थापकले आफूले सञ्चालन गरेको प्रत्येक योजनाको खुद सम्पत्ति मूल्य, ईकाइ बिक्री र पुर्नखरीद मूल्य प्रत्येक हप्ता कम्तीमा एकपटक सार्वजनिक गर्नु पर्दछ ।

साथै योजनाको लगानी रकम, लगानी गरिएको धितोपत्रको बजार मूल्य, योजनाको आम्दानी तथा खर्चहरु, प्रति ईकाइ खुद सम्पत्ति मूल्य तथा त्यस्तो गणनाको आधार आदि सम्बन्धी विवरण प्रत्येक महिना सार्वजनिक गर्ने तथा कोष सुपरीवेक्षक र नेपाल धितोपत्र बोर्डलाई जानकारी गराउनु पर्दछ । बन्दमुखी योजनाको हकमा यस्ता योजनाका ईकाइहरु स्टक एक्सचेन्जमा सुचीकृत भई कारोबार हुने हुँदा सो को दैनिक बजार मूल्यसम्बन्धी जानकारी नियमित प्राप्त गर्न सकिन्छ ।

खुलामुखी योजनाको हकमा समेत योजना व्यवस्थापकले सो को बिक्री तथा पुनर्खरिद मूल्य दैनिक जानकारी गराउने हुँदा सो को कारोबार सम्बन्धमा समेत नियमित जानकारी हुन्छ । यसरी गराईएको जानकारीमा कुनै कैफियत भए कोष सुपरीवेक्षक तथा नेपाल धितोपत्र बोर्डको नियमित सुपरिवेक्षणबाट सुधार गरी यस्तो जानकारी प्रतिको विश्वसनीयता अभिवृद्धि हुन्छ । यसरी म्युचुअल फण्ड अन्र्तगतका योजनाहरु पारदर्शी ढंगले सञ्चालन गरिएको हुन्छ ।

(छ) कर बचत
म्युचुअल फण्डले धितोपत्र बजारको दिगो विकासमा सघाउ पु¥याई यस बजार मार्फत उत्पादनशिल क्षेत्रमा साना साना लगानीलाई परिचालन गर्न तथा देशको उद्योग धन्दामा सर्वसाधारण जनताको सहभागीता गराई सो को प्रतिफलमा समेत उनीहरुको सहभागीता गराउने र यसबाट देशको अर्थतन्त्रको दिगो विकासमा ठूलो योगदान पुग्न जाने हुँदा धितोपत्र बजार रहेका हरेक मुलुकमा म्युचुअल फण्डलाई प्रोत्साहन गर्नका लागि यस अन्तर्गत सञ्चालन गरिने योजनाको आयमा कर नलाग्ने, यसले ईकाइधनीहरुलाई वितरण गर्ने लाभांशमा कर नलाग्ने, ईकाइधनीहरुले म्युचुअल फण्डमा गरेको निश्चित लगानी रकमलाई कर योग्य आयबाट घटाउन पाउने तथा ईकाइको खरिद बिक्रीमा हुने पुँजीगत लाभमा समेत कर नलाग्ने व्यवस्था गरेको पाईन्छ । नेपालमा समेत नेपाल सरकार तथा नेपाल धितोपत्र बोर्डले यस्तो व्यवस्था गर्न लागेको जानकारीमा आएको छ । यस्तो व्यवस्था भएमा ईकाइधनीहरुलाई सोही अनुसारको कर लाभ हुन्छ ।

२ म्युचुअल फण्डबाट धितोपत्र बजारमा पुग्ने योगदान
धितोपत्र बजारको विकासमा संस्थागत लगानीकर्ताले उल्लेखनीय भूमिका खेलेका हुन्छन् । विशेषगरी धितोपत्र बजार प्राविधिक प्रकृतिको हुने र यस बजारमा टाठा बाठा सहभागीहरुले बजारका अन्य सोझा तथा सर्वसाधारण प्रकृतिका प्राविधिक तथा वित्तीय ज्ञान नभएका सहभागीहरुलाई मर्कामा पारी आफूले फाइदा लिन सक्ने अवस्था रहन्छ ।

यसको फलस्वरूप धितोपत्र बजारमा सर्वसाधारण लगानीकर्ताको सहभागीता कम हुन
गई धितोपत्र बजारको विकासमा प्रतिकुल असर पर्न जान्छ । तसर्थ धितोपत्र बजारमा संस्थागत लगानीकर्ताको विशेष महइभ्व रहेको हुन्छ । म्युचुअल फण्ड धितोपत्र बजारको मुख्य संस्थागत लगानीकर्ता हो । यसको उपस्थितिले धितोपत्र बजारमा देहाय अनुसार योगदान पुग्दछ ।

(क) धितोपत्रको बजार मूल्यमा हुने अस्वाभाविक उतार चढावमा नियन्त्रण
धितोपत्र बजारमा कारोबार हुने धितोपत्रको बजार मूल्यलाई अस्वभाविक रूपले उतार चढाव गराई विभिन्न व्यक्तिहरुले अन्य सर्वसाधारण लगानीकर्तालाई मर्कामा पारी आफूले फाइदा लिईरहेका हुन सक्छन् । विशेष गरी आफूसँग प्रशस्त मात्रामा रहेको धितोपत्रको सानो सानो परिमाणमा आफैले खरिद गरी अस्वभाविक रूपले मूल्य वृद्धि गराउँदै जाने र मूल्यमा उल्लेखनीय वृद्धि भए पश्चात् आफ्नो सम्पूर्ण धितोपत्र बिक्री गर्ने एउटा प्रचलित उदाहरण हो । यसै गरी कुनै धितोपत्र आफूले कम मूल्यमा खरिद गर्ने उद्देश्यले उक्त धितोपत्रको सानो सानो परिमाण कम मूल्यमा बिक्री गर्दै जाने र उक्त धितोपत्रको मूल्यमा गिरावट आएको देखेपछि सोझा साझा लगानीकर्ताहरु अत्तालिएर बिक्री गर्न आउँछन् र सो अवस्थामा आफूले उक्त धितोपत्र कम मूल्यमा खरिद गर्ने अर्को उदाहरण हो ।

यो वाहेक अर्को निकै प्रचलनमा रहेको उदाहरण बजार प्रति नकारात्मक वा सकारात्मक हल्ला फैल्याएर सर्वसाधारणलाई धितोपत्र खरिद वा बिक्री गर्न उक्साउने र आफूले सो को फाइदा लिने । यस्ता प्रकारका अनगिन्ति गलत व्यवहारले धितोपत्रका लगानीकर्ता निरुत्साहित हुँदा धितोपत्र बजारको विकासमा नै अवरोध पुग्दछ ।

म्युचुअल फण्डले आफूले लगानी गर्ने धितोपत्र तथा उक्त धितोपत्र जारी गर्ने कम्पनीको बारेमा सहि प्रकारले विश्लेषण गरी लगानी गर्ने गर्दछ । यसले कसैको उक्साहट तथा बजार हल्लाको पछाडि लागेर लगानी गर्दैन । कसैले कुनै धितोपत्रको मूल्य अस्वभाविक रूपले वृद्धि गर्न लागेको अवस्थामा म्युचुअल फण्डले आफूसँग रहेको उक्त धितोपत्र बिक्री गरिदिन्छ जसको फलस्वरूप त्यस्तो धितोपत्रको आपूर्ति बढ्न गई मूल्यमा स्थिरता
आउँदछ ।

यसै गरी कुनै धितोपत्रको वास्तविक मूल्यभन्दा अस्वभाविक रूपमा गिरावट आएको अवस्थामा म्युचुअल फण्डले त्यस्तो धितोपत्र खरिद गरी सो को माग वृद्धि गरिदिन्छ फलस्वरूप त्यस्तो धितोपत्रको मूल्यमा सुधार आउँदछ । साथै कसैले बजारमा हल्ला मच्चाएर मूल्यमा प्रभाव पार्न खोजेको अवस्थामा त्यस्ता लगानीकर्तालाई म्युचुअल फण्डको उपस्थितिले त्यसो गरी फाइदा लिन नसक्ने वातावरण तयार हुन्छ ।

(ख) धितोपत्र बजारको पारदर्शिता तथा विश्वसनीयता अभिवृद्धि
म्युचुअल फण्ड सञ्चालन गर्ने योजना व्यवस्थापकले धितोपत्र जारी गर्ने कम्पनीका बारेमा निरन्तर जानकारी माग गरिरहेको हुन्छ । कुनै धितोपत्र निष्कानकर्ताले तोकिएको समयमा वित्तीय तथा अन्य तोके बमोजिमका विवरणहरु प्रवाह नगराएको अवस्थामा उक्त कम्पनीलाई प्रवाह गराउन स्वयं दवाव दिने वा नियमन निकायलाई जानकारी गराई दवाव दिने गर्दछ ।

साथै प्रवाहित सूचनालाई व्यवसायिक तवरले विश्लेषण गर्ने क्रममा कुनै कैफियत देखिएमा सो सम्बन्धमा प्रश्न उठाई सुधार गर्न लगाउने कार्य समेत म्युचुअल फण्ड सञ्चालकले गर्दछ । यसले समयमा वित्तीय तथा अन्य विवरण प्रवाह हुने तथा सो को विश्वसनीयतामा समेत अभिवृद्धि हुन जान्छ । यसको फलस्वरूप धितोपत्र बजारको पारदर्शिता तथा विश्वसनीयता अभिवृद्धि हुन्छ ।

(ग) लगानीकर्तालाई लगानीको लागि नयाँ धितोपत्र औजार
म्युचुअल फण्डले सञ्चालनमा ल्याउने योजना लगानीकर्ताका लागि लगानीको नयाँ क्षेत्र हो । तसर्थ म्युचुअल फण्ड आफैमा एक धितोपत्र औजार हो, जसले सर्वसाधारणलाई यसमा लगानी गरी धितोपत्र बजारबाट हुनसक्ने मुनाफामा सहभागी हुने अवसर प्रदान गर्दछ ।

(घ) कम्पनीहरुलाई धितोपत्र निष्काशन गर्न प्रोत्साहन
देशमा सञ्चालित विभिन्न उद्योग धन्दाहरुलाई आफ्नो व्यवसाय विस्तार गर्न पँुजीको आवश्यकता पर्दछ । यस्तो पुँुजी प्राप्त गर्ने महइभ्वपूर्ण माध्यम धितोपत्र बजार पनि हो । तथापि पुँजी उठाउने प्रयोजनका लागि धितोपत्र बजारमा आफूले धितोपत्र जारी गर्दा उक्त धितोपत्र बिक्री नभएको अवस्थामा कम्पनीको शाखमा नै नकारात्मक असर पुग्न जाने सम्भावनाले गर्दा कतिपय कम्पनीहरु धितोपत्र निष्काशन गर्न सकिरहेका हुँदैनन् ।

म्युचुअल फण्डको उपस्थितिले राम्रा कम्पनीलाई बजारमा धितोपत्र जारी गर्दा बिक्री हुन्छ भन्ने विश्वास हुन्छ । यसले धितोपत्र बजारमा राम्रा कम्पनीहरुको प्रवेश हुन गई समग्र धितोपत्र बजारको विकासमा टेवा पुग्दछ ।

३ म्युचुअल फण्डबाट अर्थतन्त्रमा पुग्ने योगदान
धितोपत्र बजारको विकासमा संस्थागत लगानीकर्ताले उल्लेखनीय भूमिका खेल्न सक्ने कुरा माथिको उदाहरणहरुबाट नै प्रष्ट हुन्छ । धितोपत्र बजार अर्थतन्त्रमा उद्योग धन्दाको विकास र विस्तारका लागि महत्वपूर्ण माध्यम हुने हुँदा यसको विकासले अर्थतन्त्रको विकासमा प्रत्यक्ष योगदान पुग्दछ । म्युचुअल फण्डबाट विशेषगरी अर्थतन्त्रमा देहाय अनुसारले योगदान पुग्दछ ।

(क) बचत प्रोत्साहन तथा पुँजी परिचालन
म्युचुअल फण्डमा स–सानो रकम समेत लगानी गर्न सकिने हुँदा यसले देशभरका जनतामा बचत गरी लगानी गर्नका लागि प्रोत्साहन गर्दछ । यसरी देशभर छरिएर रहेको साना साना बचत रकमलाई म्युचुअल फण्डले विभिन्न योजना सञ्चालनमा ल्याई संकलन गर्दछ र उक्त रकमलाई उद्योग धन्दामा परिचालन गर्नमा योगदान पु¥याउँछ ।

यसले उद्योग धन्दाहरु सञ्चालनमा आउने र यसको फलस्वरूप रोजगारी अभिवृद्धि हुने तथा अन्य आर्थिक कृयाकलापहरु सञ्चालनमा आई जनताको जिवनस्तरमा उल्लेखनीय टेवा पुग्दछ ।

(ख) देशको उद्योग धन्दामा सर्वसाधारणको सहभागीता
देशमा सञ्चालन हुने उद्योग धन्दामा सर्वसाधारणको पहुँचको मुख्य माध्यम नै त्यस प्रकारको उद्योगले जारी गर्ने धितोपत्र नै हो । त्यस्तो धितोपत्रमा लगानी गर्दा राम्रो लगानी विश्लेषण गर्न नसकेको कारणबाट सर्वसाधारणहरुको लगानी रकम गुम्न गई पुनः लगानी गर्न डराउने अवस्था श्रृजना भई उनीहरुको सहभागीतामा समेत नकारात्मक असर पुग्न गई उद्योग धन्दाबाट हुने मुनाफामा उनीहरु प्रत्यक्ष सहभागीताबाट वञ्चित हुन्छन् । यस अवस्थामा म्युचुअल फण्डको योजनामा लगानी गरी सर्वसाधारण जनताले देशको उद्योग धन्दा तथा त्यसले गर्ने मुनाफामा सहभागी हुन सक्दछन् ।

नेपालमा म्युचुअल फण्ड सञ्चालनको अवस्था

कुनै पनि राज्यले देशको पुँजी बजारमा स्थायीत्व प्रदान गर्ने, पुँजी बजारको आकार तथा गहिराई वृद्धि गर्ने, छरिएर रहेको बचतलाई एकत्रित गरी उद्योग धन्दामा पुँजी परिचालन गर्ने तथा बजार सम्बन्धी ज्ञान नभएका लगानीकर्ताहरुलाई समेत पुँजी बजारबाट प्राप्त हुन सक्ने लाभ लिन मद्दत पु¥याउने उद्देश्यले सामुहिक लगानी कोषको प्रवद्र्धन गर्ने गर्दछ ।

यसै कुरालाई मध्येनजर गरी नेपाल धितोपत्र बोर्डको पहलमा नेपालमा संस्थागत रूपमा सामुहिक लगानी कोषको प्रवद्र्धन गर्ने उद्देश्यले सामुहिक लगानी कोष नियमावली, २०६७ जारी भएको हो । उक्त नियमावली जारी भए पश्चात् सञ्चालनमा आएको पहिलो म्युचुअल फण्ड सिद्धार्थ बैंकद्वारा प्रवद्र्धित सिद्धार्थ म्युचुअल फण्ड हो भने यस अन्र्तगत मिति २०६९।०६।२८ मा नेपाल धितोपत्र बोर्डको स्वीकृति लिई सञ्चालनमा आएको रु. ५० करोड आकारको पाँच वर्षे बन्दमुखी योजना “सिद्धार्थ लगानी वृद्धि योजना – १” नै नियमावली जारी भए पछि सञ्चालनमा आएको पहिलो योजना हो ।

तत्पश्चात् क्रमिक रूपमा अन्य बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवद्र्धन गरिएका म्युचुअल फण्डहरु सञ्चालनमा आएका छन् । आर्थिक वर्ष २०७५।२०७६ को मंसिर मसान्तसम्म नेपालमा कुल ११ वटा सामुहिक लगानी कोष स्थापना भएका छन् । यी कोष अन्र्तगत सञ्चालन भएका मध्ये ४ वटा बन्दमुखी योजना अवधी समाप्त भई बन्द समेत भई सकेका छन् भने हाल २० वटा योजना सञ्चालनमा छन् जसको कुल खुद सम्पत्ति मूल्य २०७६ मंसिर मसान्तमा करीब रु. १७ अर्ब ५० करोड हाराहारी रहको छ ।

संचालित २० योजनामध्ये नागरिक लगानी कोषद्वारा संचालित नागरिक एकांक योजना र एनआईबिउल म्युचुअल फण्ड अन्र्तगत संचालित एनआईबिउल सहभागिता फण्ड नामक योजनाहरु खुलामुखी योजना हुन् ।

नेपालमा म्युचअल फण्डको संगठनात्मक संरचना

नेपालमा ट्रष्ट ऐन जारी गरिएको छैन । कोष सञ्चालनका लागि महइभ्वपूर्ण मानिने भए तापनि ट्रष्ट ऐनको अभावमा कतिपय मुलुकमा ट्रष्टीले गर्ने कार्य जिम्मेवारीका लागि कुनै निकाय तोकि सामुहिक लगानी कोष स्थापना तथा सञ्चालन भएका पाईन्छन् । नेपालमा समेत सामुहिक लगानी कोष नियमावली, २०६७ सोही मान्यताबाट सामुहिक लगानी कोष स्थापना तथा सञ्चालनका लागि जारी भएको देखिन्छ । यस नियमावली बमोजिम म्युचुअल फण्डको संरचनामा कोष प्रवद्र्धक, कोष सुपरीवेक्षक, योजना व्यवस्थापक र डिपोजिटरीको व्यवस्था गरी यी निकायको योग्यता तथा कार्य जिम्मेवारी समेत स्पष्ट रूपमा तोकेको देखिन्छ ।

हालको व्यवस्था अनुसार नेपाल राष्ट्र बैंकबाट बैंकिङ्ग कारोबार गर्नका लागि ईजाजत प्राप्त “क” श्रेणीको बैंक म्युचुअल फण्डको कोष प्रवद्र्धक संस्था हुन सक्दछ । कोष प्रवद्र्धक बैंकले नेपाल धितोपत्र बोर्डमा म्युचुअल फण्ड दर्ता गरेको हुन्छ । त्यस्तै कोष प्रवद्र्धकले म्युचुअल फण्ड अन्र्तगत विभिन्न योजनाहरु सञ्चालनमा ल्याउनका लागि योजना व्यवस्थापक कम्पनीको स्थापना गरेको हुन्छ । कोष प्रवद्र्धकले योजना व्यवस्थापक कम्पनीको कम्तिामा ५१ प्रतिशत अंश लिएको हुनु पर्दछ ।

म्युचअल फण्डले सञ्चालन गर्ने योजनाहरुको ईकाइधनीको अभिलेख राख्ने, नामसारी कार्य गर्ने, योजनाले दिने लाभांश ईकाइधनीहरुलाई वितरण गर्ने आदि कार्यका लागि स्थापित संस्थालाई डिपोजिटरी भनिन्छ । सामुहिक लगानी कोष नियमावली, २०६७ बमोजिम योजना व्यवस्थापकले नै डिपोजिटरीको कार्य गर्न सक्दछ ।

म्युचुअल फण्ड अन्र्तगतका योजनाहरुको सञ्चालनका लागि योजना स्वीकृत गर्ने, योजना व्यवस्थापकबाट हुने योजना सञ्चालन कार्यको नियति रूपमा सुपरिवेक्षण गर्ने तथा योजनाका ईकाइधनीहरुको हित संरक्षण गर्ने कार्यका लागि कोष प्रवद्र्धकबाट नियुक्त भएका अति विशिष्ट व्यक्तिहरुको समूहलाई कोष सुपरीवेक्षक भनिन्छ । कोष सुपरीवेक्षकले डिपोजिटरी कार्यको समेत सुपरिवेक्षण गर्दछन् ।

म्युचुअल फण्ड सञ्चालनका मुख्य मुद्दा तथा समाधानका लागि गरिनुपर्ने व्यवस्था

हुन त नेपालमा सामुहिक लगानी कोष नियमावली, २०६७ जारी हुनु अघि नेपाल धितोपत्र बोर्डबाट विवरणपत्र स्वीकृत गराई सोही विवरणपत्रमा उल्लेखित शर्तहरुको अधिनमा रहि नागरिक लगानी कोष तथा तत्कालीन एनआईडीसी क्यापिटल मार्केट्स लि. ले म्युचुअल फण्ड सञ्चालनमा ल्याएका थिए ।

सामुहिक लगानी कोष नियमावली, २०६७ जारी भए पश्चात् भने सिद्धार्थ म्युचुअल फण्ड नै सामुहिक लगानी कोष नियमावली, २०६७ बमोजिमको नेपालको पहिलो म्युचुअल फण्ड हो । यस म्युचुअल फण्ड सञ्चालन गर्ने क्रममा गरिएका अनुभवका आधारमा म्युचुअल फण्ड सम्बन्धमा देखिएका मुद्दाहरु संक्षिप्त रूपमा विश्लेषण गरिएको छ ।

(क) कर सम्बन्धी व्यवस्थाका सम्बन्धमा
सामुहिक लगानी कोष नियमावली, २०६७ जारी भई सो अन्र्तगत पहिलो योजना “सिद्धार्थ लगानी वृद्धि योजना – १” नेपाल धितोपत्र बोर्डको स्वीकृतिमा सञ्चालनमा आईसक्दा समेत यसमा लाग्ने कर सम्बन्धमा स्पष्ट व्यवस्था भएको थिएन ।

सञ्चालनका क्रममा सम्बन्धित क्षेत्रका अधिकारीहरुसँग छलफल गर्दा सामुहिक लगानी कोष कुनै छुट्टै कानुनी हैसियत भएको व्यक्ति नभई योजना व्यवस्थापकले दक्ष लगानी सेवा प्रदान गर्ने उद्देश्यले करारको आधारमा सहभागीहरुबाट सामुहिक लगानी योजनामा जम्मा गरेको रकमबाट सृजना भई आफ्ना जिम्मामा लिएको कोष वा त्यस्तो कोषसँग सम्बन्धित सम्पत्ति सम्झनुपर्ने कुरामा सहमत भई सहभागीहरुसँगको करारको आधारमा लगानी व्यवस्थापकले लगानी गरी प्राप्त हुने प्रतिफल सहभागीहरुको आय हुने भएकोले यस्तो लगानी कोषबाट प्राप्त हुने प्रतिफलमा सहभागीहरुलाई नै कर लाग्ने व्यक्तिको रूपमा कर लगाउने व्यवस्था आयकर ऐनमा गरिएको हो ।

तत्कालीन अवस्थामा सम्बन्धित निकायमा कार्यरत अधिकारीहरुको बुझाई अनुरूप आयकर ऐनमा व्यवस्था गरिएको भए तापनि म्युचुअल फण्डअन्तर्गत संचालित योजनाहरुमा लाग्ने कर सम्बन्धमा पुनः मुद्दा उठेको छ । हालै महालेखा परीक्षकको कार्यालयबाट सामुहिक लगानी कोष अन्तर्गत योजनाहरुलाई वित्तीय संस्था मानी यिनीहरुको आयमा ३० प्रतिशत कर लगाउनुपर्ने भनि प्रतिवेदन सार्वजनिक भएको छ । यदि महालेखा परीक्षकको कार्यालयले भने जस्तै सामुहिक लगानी कोष योजनामा कर लगाउने हो भने सामुहिक लगानी कोषका सहभागीहरुलाई सोझै दोहोरो कर लाग्ने देखिन्छ ।

सहभागीहरुले म्युचुअल फण्डका योजनाहरुमा लगानी नगरी आफैले सेयर बजारमा लगानी गरेर प्रतिफल प्राप्त गर्दा प्राकृतिक व्यक्तिको हकमा आयको ५ प्रतिशत आयकर तिरे पुग्ने र त्यस्तो रकम संस्थाको हकमा आयमा समावेश भई आयकर लाग्ने अवस्थामा लगानी कोषलाई कर तिर्नुपर्ने निकायको रूपमा व्याख्या गरी कर लगाउँदा प्राकृतिक व्यक्तिले प्राप्त गर्ने प्रतिफलमा प्रभावकारी करको दर छ गुणा भन्दा बढीले बढ्ने र संस्थाको हकमा दुई गुणा भन्दा बढीले बढ्ने देखिन्छ ।

सरकारले पुँजी बजारमा लगानीकर्ताको सहभागीता अभिवृद्धि गर्ने, बचत प्रोत्साहन गरी यसतर्फ पुँजी परिचालन गर्ने र बजारको स्थायीत्वमा मद्दत पु¥याउने भनि सामुहिक लगानी कोषको प्रवद्र्धन तथा जगेर्ना गर्नुपर्ने अवस्थामा आफै लगानी गर्दा प्राकृतिक व्यक्तिको आयमा ५ प्रतिशत कर अन्तिम हुने तर सामुहिक लगानी कोष मार्फत लगानी गर्दा ३५ प्रतिशत सम्म पुग्ने हो भने सामुहिक लगानी कोषमा लगानी गर्नुको औचित्य कसरी पुष्टि होला र कसरी यो क्षेत्रको प्रवद्र्धन होला सामुहिक लगानी कोष सञ्चालकले भन्दा पनि सरकारले नै सोच्नु पर्ने कुरा हो ।

तसर्थ सामुहिक लगानी कोषको कर सम्बन्धी व्यवस्थामा दोहोरो कर हटाउने सम्बन्धमा आयकर ऐनमा स्पष्ट व्यवस्था गर्नु पर्ने, यस तर्फ लगानी प्रोत्साहनका लागि यसमा लगानी गरिएको निश्चित रकमलाई लगानीकर्ताले आफ्नो करयोग्य आयबाट घटाउन पाउने व्यवस्था गर्न सकेमा नेपालमा म्युचुअल फण्डको प्रवद्र्धन भई धितोपत्र बजारलाई दीर्घकालीन रूपमा स्थायीत्व दिन सक्ने अवस्था रहन्छ । यस्तो व्यवस्थाले नेपालमा खुलामुखी योजनाको सञ्चालनलाई समेत प्रोत्साहन गर्दछ ।

(ख) सार्वजनिक निष्काशनमा लगानी सम्बन्धमा
सामुहिक लगानी कोष नियमावली, २०६७ ले व्यवस्था गरे बमोजिम कुनै पनि कम्पनीले सार्वजनिक निष्काशन गर्ने धितोपत्रको ५ प्रतिशत धितोपत्र सामुहिक लगानी कोषका लागि छुट्टयाउनु पर्दछ । यस कुरालाई लिएर विभिन्न माध्यमबाट बजार सहभागीहरुले यसरी धितोपत्र संरक्षण गरिनु हुँदैन भन्ने अभिव्यक्तिहरु व्यक्त गरेको पाईन्छ ।

यो व्यवस्था हटाउनु कुनै ठूलो कुरा हाइन तर रु. १ अर्ब भन्दा बढी ठूला आकारका कोषले सार्वजनिक निष्काशनमा आवेदन गरी १०।२० कित्ता सेयर लिनुको कुनै औचित्य हुँदैन । तसर्थ सार्वजनिक निष्काशन गर्दा धितोपत्रको निष्काशन मूल्यलाई विवेकशिल रूपमा निर्धारण गर्ने व्यवस्था गरी यस्ता कोषहरुलाई समेत यस प्रकृयामा समावेश गराउनु उत्तम हुने देखिन्छ । यस्तो अवस्थामा हालको व्यवस्था खारेज गर्न सकिन्छ ।

(ग) लगानीका क्षेत्र तथा औजार सम्बन्धमा
नेपालको पँुजी बजारमा सुचीकृत कम्पनीको सेयर नै एकमात्र उपलब्ध औजार हो । हुन त बैंक तथा वित्तीय संस्थाहरुबाट जारी भएका ऋणपत्रहरु समेत उपलब्ध नभएका हाइनन् तर यसको दोस्रो बजार निर्माण हुन नसकेको अवस्थाले गर्दा यस्ता ऋणपत्रहरुमा गरिएको लगानी र मुद्दती निक्षेपमा तात्विक भिन्नता देखिन्न । तसर्थ नयाँनयाँ धितोपत्र औजारहरुको निष्काशनलाई प्रवद्र्धन गर्न सके लगानीका अन्य विकल्प समेत उपलब्ध हुन गई यस क्षेत्रको सुदृढ विकास हुन जान्छ । यसै गरी बजारमा सूचीकृत कम्पनीहरुमा अधिकांश बैंक तथा वित्तीय संस्थाहरु नै रहेका छन् ।

अन्य क्षेत्रबाट समेत धितोपत्र जारी गर्नका लागि निष्काशन प्रकृया, धितोपत्रको मूल्य निर्धारण प्रकृया तथा सूचना प्रवाह प्रकृयालाई यथोचित रूपमा व्यवस्थित गर्नुपर्ने देखिन्छ । लगानीका औजारहरु सिमित रहेको हालको अवस्थामा बजारबाट हुने जोखिम व्यवस्थापनमा कठिनाई हुन्छ, यस कुरालाई मनन गरी लगानीका सिमामा हेरफेर गर्ने तथा लगानीको औचित्य पुष्टि हुने र सहभागीहरुको हित हुने गरी गरिएको लगानीलाई प्रोत्साहन गरिनु आवश्यक देखिन्छ ।

(घ) म्युचअल फण्डको संगठनात्मक संरचनाका सम्बन्धमा
हाल सामुहिक लगानी कोष नियमावली, २०६७ ले व्यवस्था गरे बमोजिमको संगठनात्मक संरचनामा रहेर कार्य गर्ने निकायहरुको औचित्य र आवश्यकताका आधारमा कार्य जिम्मेवारी तोकिनु वान्छनीय देखिन्छ । विषेश गरी म्युचुअल फण्ड सञ्चालन गर्नका लागि गरिने कार्यहरुमा स्वार्थको द्वन्द्वलाई समेत सन्तुलन गर्नु आवश्यक छ । ट्रष्ट ऐन नभएका कतिपय मुलुकमा अभ्यासमा ल्याईएका व्यवस्थाहरु
उपयुक्तताको आधारमा अनुसरण गर्दा यसको विकास र विस्तारमा टेवा पुग्न सक्ने कुरालाई मनन गर्नु जरुरी देखिन्छ ।

(ङ) जनशक्ति तथा लगानी व्यवस्थापन सम्बन्धी अनुभवका सम्बन्धमा
नेपालमा म्युचअल फण्ड सञ्चालनका लागि आवश्यक दक्ष जनशक्तिको कमि देखिएको छ । लगानी व्यवस्थापनको अनुभव तथा यसका लागि आवश्यक दक्ष जनशक्ति र पूर्वाधार विकास महइभ्वपूर्ण हुन्छ । हाल संचालित योजनाहरुको कार्य प्रगतिका आधारमा त्यस्तो योजना सञ्चालनमा देखिएका कमि कमजोरीहरुलाई गहन अध्ययन गरी म्युचुअल फण्ड सञ्चालन गर्न योग्य रहे नरहेको आधारमा सञ्चालन स्वीकृति प्रदान गर्नु उपयुक्त हुन्छ । कसैको कमजोरीका कारण आम जनमानसमा पुरै उद्योग प्रति नकारात्मक धारणा बन्नु कुनै पनि प्रकारले राम्रो मान्न सकिन्न । यसतर्फ नियमन निकायको ध्यान जानु जरुरी हुन्छ ।

(च) म्युचअल फण्ड सम्बन्धी जनचेतना सम्बन्धमा
नेपालमा म्युचुअल फण्ड भर्खरै मात्र सञ्चालनमा आएको छ । यस सम्बन्धमा पुँजी बजारका सहभागीहरुमा नै विभिन्न भ्रमहरु रहेका छन् । ती भ्रमहरु हटाउँदै लैजानुपर्ने अवस्था एकातर्फ छ भने अर्को तर्फ यसमार्फत लगानी गरेर पुँजी बजारबाट प्राप्त हुने लाभ लिन सकिन्छ भन्ने कुरा स्थापित गर्नुपर्ने आवश्यकता छ । म्युचअल फण्डको सञ्चालन ईतिहास लामो नभएको कारण पनि लगानीकर्तालाई राम्रो नराम्रो भनेर स्पष्ट छुट्टयाउन सक्ने पर्याप्त आधार बनिसकेको छैन । तसर्थ यसतर्फ समेत विचार गरी सामुहिक रूपमा म्युचुअल फण्ड प्रति निरन्तर जनचेतना अभिवृद्धि कार्यक्रम गर्नु जरुरी देखिएको छ ।

निष्कर्ष
नेपालमा म्युचअल फण्डको संस्थागत रूपमा स्थापना तथा सञ्चालन भएको करिब आठ वर्ष भएको छ । यसको सञ्चालनले बजारको एउटा पूर्ण चक्रको अनुभव समेत गर्न पाएको छैन । यसको सञ्चालनका क्रममा सरकार, नियमन निकाय र म्युचुअल फण्ड सञ्चालकहरुबाट भएका कार्यहरुको समिक्षा गरी कसरी यसलाई स्वस्थ रूपमा विकास र विस्तार गर्न सकिन्छ भन्ने तर्फ अग्रसर हुनु अति जरुरी देखिएको छ ।

कानुनमा स्पष्ट नभएको अवस्थामा निकायमा कार्यरत व्यक्ति परिवर्तन हुँदा विभिन्न समस्याहरु देखिएका छन् । विशेष गरी यसले गर्ने लगानी र लगानीका सिमितता, यसमा लाग्ने कर सम्बन्धी व्यवस्था, यस प्रति आम जनमानसको बुझाई मात्र नभई सम्बन्धित निकायमा बस्ने अधिकारीहरुको धारणा आदिमा स्पष्टता आउन जरुरी छ ।

बजारको आकारको तुलनामा पर्याप्त आकारको म्युचुअल फण्डले मात्र बजारमा स्थायीत्व प्रदान गर्न सक्दछ । म्युचुअल फण्ड सञ्चालनका क्रममा विकास भएका संरचना, जनशक्ति, ज्ञान र सिप राज्यको सम्पत्ति हो भन्ने कुरामा दुईमत नहोला । यी सम्पत्तिहरुको जगेर्ना गर्दै उठेका विषयहरुलाई उपयुक्तताको आधारमा सम्बोधन गरी सकारात्मक सोचबाट यसको विकास र विस्तारमा सरोकारवालाबाट पहल भएमा अवश्य पनि देशमा म्युचुअल फण्ड एक उद्योगको रूपमा विकास विस्तार भई धितोपत्र बजारमा स्थिरता ल्याउने एक सहयोगी आधार बन्न सक्नेछ ।

(नेपाल धितोपत्र बोर्डको २८औं वार्षिकोत्सवको अवसरमा प्रकाशित लेख विशेषांकबाट साभार)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here