शरीरको रोग प्रतिरोधी क्षमता कसरी बढाउने ?

मानव शरीर स्वस्थ रहनको लागि रोग प्रतिरोधक क्षमताको अत्यन्त आवश्यक पर्दछ । रोग प्रतिरोधी क्षमताले हामीलाई विभिन्न रोगका भाइरसहरुको सामना गरेर स्वस्थ र तन्दुरुस्त राख्छ ।

कहिलेकाँही मौसम वा अन्य कारणले हाम्रो शरीररलाई विभिन्न किसिमका रोगका भाइरसहरुले आक्रमण गर्छन् । यस्तो बेलामा रोग प्रतिरोधी क्षमता कमजोर भयो भने हामी बिरामी पर्न सक्छौं ।

जब हाम्रो शरीरको रोग प्रतिरोधक क्षमता बलियो हुन्छ त्यतिखेर हामी ससाना स्वास्थ्य समस्याबाट बच्न सक्छौं ।

शरीरको रोग प्रतिरोधक क्षमता बढाउन त्यति धेरै गाह्रो पनि छैन् । हामीले दैनिक रुपमा खाने खानेकुराहरुमा विभिन्न पोषक तत्वहरुलाई समावेश गर्नसकेमा पनि हाम्रो रोग प्रतिरोधक क्षमतमा वृद्धि हुन्छ ।

यसरी बढाउन सकिन्छ रोग प्रतिरोधी क्षमता

१. चोकरयुक्त अन्न खाने

गहुँ, मकै, कोदो र जौँ जस्ता प्रशोधन गर्दा घरेलु तरिकाले प्रशोधन गरिएको चोकरयुक्त अन्न खानु राम्रो हुन्छ । यसले गर्दा कब्जीयतको समस्या हुदैन, साथै तपाईको राग प्रतिरोधक क्षमता चुस्त दुरुस्त रहन्छ ।

२. प्रशस्त पानी सेवन

पानी पनि एक प्राकृतिक औषधि हो । प्रचुर मात्रामा शुद्ध पानी पिउनाले हाम्रो शरिरमा रहेका धेरै प्रकारको विषाक्त पदार्थहरु निकाल्न सहयोग पुग्छ । यसको कारणले रोग प्रतिरोधी क्षमता पनि बढ्छ ।

पानी थोरै भएपनि मनतातो भयो भने राम्रो हुन्छ तर, फ्रिजको पानी भने पिउनु हुदैन् ।

३. तुलसी

तुलसीले दुखाई कम गर्न र रोग प्रतिरोधक क्षमताको विकास गर्नमा धेरै सहयोग गर्दछ । दैनिक ३/४ वटा तुलसाको पात तातो पानीमा राखेर खाने गरेमा शरीरलाई धेरै फाईदा गर्दछ ।

४. व्यायाम गर्ने

योग वा व्यायामले पनि शरीरलाई स्वस्थ राख्न महत्त्वपुर्ण भुमिका खेल्छ । यस्तो क्रियाकलाप घरमा पनि गर्न सकिन्छ ।

५. ठुलो आवाजले हाँस्ने

ठुलो आवाजले हाँस्ने बानीको कारणले रक्त सञ्चार राम्रो तरिकाले हुने गर्छ, जसले गर्दा शरीरले धेरै मात्रामा अक्सिजन लिने गर्दछ । चिन्ता मुक्त भएर हास्ने बानीको कारणले शरीरको रोग प्रतिरोधक क्षमता पनि बढ्छ ।

६. रसयुक्त फलफूल

सुन्तला, मौसम जस्ता रसयुक्त फलफूलमा भरपुर मात्रामा खनिज, लवड र भिटामिन सी हुन्छ । शरीरको रोग प्रतिरोधक क्षमता बढाउन यसको भुमिका महत्त्वपुर्ण रहन्छ ।

यस्ता रसिला फलहरुको सेवन यत्तिकै वा जुसको रुपमा पनि गर्न सकिन्छ । तर, ध्यान दिनुपर्ने कुरा यस्ता फलफुलहरुमा नुन पा चिनी मिसाएर खानु हुँदैन ।

७. ड्राई फ्रुट्स

जाडो मौसममा काजु, बदाम, ओखर जस्ता खानेकुराहरुको सेवन गर्दा राम्रो हुन्छ । सकेसम्म यसलाई रातभर पानीमा भिजाएर विहान दुध वा चिया सँग खाँदा राम्रो हुन्छ ।

८. भिजाएका गेडागुडी

भिजाएर टुसा पलाएका गेडागुडीहरु (चना, केराऊ, सिमी) तथा भिजेको दालको सेवन भरपुर मात्रामा गर्नुपदर्छ । अन्नहरुमा टुसा पलाएपछि सेवन गरेमा अन्नमा हुने पोषक तत्वको क्षमता वृद्धि हुन्छ । जसको कारण पचाउन सजिलो, पौष्टिक र स्वादिष्ट हुने गर्दछ ।

९. सलाद

रोग प्रतिरोधी क्षमता बढाउन खानाको साथमा सलादको सेवन धेरै मात्रामा गर्नुपर्दछ । खाना पचाउनको लागि काँक्रो, गाजर, मुला, प्याज आदिलाई सलादको रुपमा सामेल गर्नुपदर्छ ।
यस्तो खानेकुराहरुमा नुनको प्रयोग गर्नुहुदैन यस्ता फलफुलमा प्राकृतिक रुपमै आवश्यक नुनको मात्रा रहेको हुन्छ ।

(एजेन्सीकाे सहयाेगमा)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here