काठमाडौं १२, साउन । न्यून प्रभावित क्षेत्रः न्यून प्रभावित क्षेत्रमा प्रवाह भएका सक्रिय कर्जाको २०७७ असार मसान्तसम्म भुक्तानी हुनुपर्ने साँवाको किस्ता र ब्याज रकमलाई २०७७ पुस मसान्तसम्ममा भुक्तानी गर्न सुविधा पाएका छन् ।
१) उत्पादनमा रही राष्ट्रिय प्रसारणमा जोडिएका जलविद्युत आयोजना ।
२) अनलाईन (इकमर्स) मा संलग्न व्यवसाय ।
३) खाद्यान्न उत्पादन, प्रशोधन, भण्डारण तथा बिक्री वितरण, पेय पदार्थ प्रशोधन तथा बिक्री वितरण गर्ने उद्योग व्यवसाय ।
४) दैनिक उपभोग्य अत्यावश्यक वस्तुको बिक्री वितरण ।
५) आयात जन्य व्यापार ।
६) पेट्रोल पम्प, ग्यास तथा पानी सम्बन्धित व्यवसाय ।
७) औषधि बिक्री वितरण ।
८) विज्ञापन सेवा ।
९) इन्टरनेट, दुरसंचार सेवा प्रदायक कम्पनी ।
१०) मदिरा तथा सूर्तिजन्य उद्योग व्यापार, व्यवसाय ।
११) ट्रक, ढुवानी व्यवसाय
१२) सुन, चाँदीका गहना तथा बहुमुल्य पत्थर सम्बन्धी व्यवसाय ।
मध्यम प्रभावित क्षेत्रमा प्रवाह भएका सक्रिय कर्जाको २०७७ असार मसान्तसम्म भुक्तानी हुनुपर्ने साँवाको किस्ता र ब्याज रकमलाई २०७७ चैत मसान्तसम्ममा भुक्तानी म्याद पाएका छन् । यो समूहमा रहेका क्षेत्र ।
१) खप्ने सामान जस्तै प्लास्टिक, फलाम÷स्टील, टायर, छाला, धातुका उत्पादन, घरायसी उपकरण आदि उत्पादन तथा बिक्री वितरण सँग सम्बन्धित उद्योग व्यवसाय ।
२) नीजि तथा आवासीय विद्यालय, उच्च शिक्षालय तथा माध्यमिक विद्यालय, कलेज तथा विश्व विद्यालय, प्राविधिक शिक्षालय, प्रि–स्कुल, चाइल्ड केयर ।
३) यात्रुवाहक स्थल यातायात ।
४) ब्युटी पार्लर, सैलुन, कस्मेटिक सर्जरी लगायतका सामाजिक तथा व्यक्तिगत सेवाका क्रियाकलाप ।
५) कानूनी, लेखा, इन्जिनियरिंग लगायतका परामर्श सेवा वा व्यवसाय ।
६) अस्पताल, क्लिनिक, नर्सिंगहोम, डायग्नोस्टिक सेन्टर ।
७) हेल्थ सेन्टर वा फिट्नेस सेन्टर ।
८) भण्डारण गर्न सकिने बस्तु (खाद्यान्न बाहेक) उत्पादन, प्रशोधन तथा बिक्री वितरण ।
९) वन तथा खनिजजन्य उद्योग ।
१०) निर्माण व्यवसाय ।
११) औषधि उत्पादन ।
१२) छपाइ, प्रकाशन तथा संचार गृह ।
१३) निर्माणाधीन जलविद्युत तथा नवीकरणीय उर्जा ।
१४) पत्थर, माटो तथा सिसाका उत्पादन सम्बन्धी व्यवसाय ।
अति प्रभावित क्षेत्रमा प्रवाह भएका सक्रिय कर्जाको २०७७ असार मसान्तसम्म भुक्तानी हुनुपर्ने साँवाको किस्ता र ब्याज रकमलाई २०७८ असार मसान्तसम्ममा भुक्तानी गरे हुने सुविधा राष्ट्र बैंकले दिएको छ । अति प्रभावितमा यी क्षेत्र पर्छन ।
क) पर्यटनः ट्रेकिङ, ट्राभल एजेन्सी, पर्वतारोहण, ¥याफ्टिङ, क्याम्पिङ, टुर अपरेटर, हिलिङ सेन्टर, क्यासिनो, मसाज स्पा आदि,
ख) होटलः पर्यटक आवास, मोटेल, ग्रामीण पर्यटन, होम स्टे, रिसोर्ट, तथा रेष्टुराँ, पर्यावरणीय पर्यटन, वन्यजन्तु आरक्ष ।
ग) साहसिक पर्यटन ः स्किइङ, ग्लाइडिङ, वाटर ¥याप्mटिङ, हट एयर व्यालुनिङ, क्यानोइङ, प्यारासेलिङ, घोडचढी, हात्तीचढी, बन्जी जम्पिङ्ग, हिमाल आरोहरण र अवलोकन ।
घ) गल्फः कोर्स, पोलो, पोनी टे«किङ्ग, पदयात्रा, माउन्टेन फ्लाइट सञ्चालन, केवलकार ।
२) हवाई तथा पर्यटकीय यातायात ।
३) मनोरञ्जन, मनोरञ्जन पार्क, रिक्रिएसन सम्बन्धी व्यवसाय, पार्टी प्यालेस
४) चलचित्र उत्पादन, वितरण, सिनेमा हल ।
५) रोजगारी गुमेका वा बिथयाा मा परेका श्रमिक, कामदार वा कर्मचारी ( स्वदेशमा वा विदेशमा)
६) मूलभुत रुपमा सडेर गलेर जाने वस्तु जस्तैः तरकारी, फलफूल, पुष्प, माछा मासु, दाना, दुध तथा दुधजन्य उत्पादन, अण्डा आदि उत्पादन तथा बिक्री वितरण ।
७) कुखुरापालन व्यवसाय ।
८) पशुपन्छी, मौरी तथा मत्स्यपालन व्यवसाय ।
९) तयारी पोशाक, हस्तकला तथा सीपमुलक व्यवसाय ।
१०) वैदेशिक रोजगार सेवा प्रदायक, शैक्षिक परामर्श सेवा प्रदायक ।