उद्योग व्यवसायको कर्जा अनुपात उच्च, कर्जा नलिनेको संख्या १२ प्रतिशत

काठमाडौं, २२ साउन । उद्योग व्यवसायहरुको कर्जा सम्पत्ति अनुपात उच्च देखिएको छ । बैंकले ५२ जिल्लाका ६७४ उद्योगी व्यवसायीलाई सहभागी गराएर गरिएको सर्वेक्षणले उक्त कुरा देखाएको हो ।

सर्वेक्षणमा सहभागीमध्ये ७४.३ प्रतिशत उद्योग/व्यवसायहरुले बैंक तथा वित्तीय संस्थाबाट र ८.७ प्रतिशतले बचत तथा ऋण सहकारी संस्थाबाट कर्जा लिएको देखिन्छ।

तथा ऋण सहकारी संस्थाबाट र ५.१५ प्रतिशतले अन्य श्रोतबाट कर्जा लिएको देखिएको छ । कर्जा नलिएका उद्योग/व्यवसायहरुको संख्या ११.९५ प्रतिशत रहेको पाइएको छ ।

कृषि, वन तथा मत्स्यपालन, खानी तथा उत्खनन, उत्पादनमुलक उद्योग, विद्युत् ग्याँस तथा पानी, निर्माण, होटल तथा रेष्टुरेन्ट, शिक्षा र स्वास्थ्य तथा सामाजिक कार्यहरुका क्षेत्रमा राष्ट्रिय औसतभन्दा बढी प्रतिशतले बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिएका छन् ।

कर्जा नलिएका उद्योग/ व्यवसायहरुको संख्या १२ प्रतिशत रहेको छ। बन्दाबन्दी अवधिमा सर्वेक्षणमा सहभागी ४ प्रतिशत उद्योगरव्यवसाय पूर्ण रुपमा सञ्चालनमा रहेका, ३५ प्रतिशत उद्योग/ व्यवसाय आंशिक रुपमा सञ्चालनमा रहेका र ६१ प्रतिशत उद्योग/व्यवसायहरु पूर्णरुपमा बन्द रहेका पाइएका छन्।

बन्दाबन्दी अवधिमा ९७.३ प्रतिशत घरेलु उद्योगको औसतमा ७३ प्रतिशतले, ९७.२ प्रतिशत लघुउद्यम/ साना खुद्रा व्यापारको औसतमा ७५.३ प्रतिशतल घटेको छ ।

९५.५ प्रतिशत साना उद्योग/व्यवसायहरुको औसतमा ७६.६ प्रतिशतले, ९२.६ प्रतिशत मझौला उद्योग/व्यवसायहरुको औसतमा ६९.१ प्रतिशतले घटेको सर्वेक्षणले देखाएको छ ।

८६.२ प्रतिशत ठूला उद्योग/व्यवसायहरुको औसतमा ६८.५ प्रतिशतले उत्पादन/ कारोबार घटेको पाइएको छ । सो अवधिमा उत्पादन/कारोबार बढ्ने र यथास्थितिमा रहने दुबैमा मझौला र ठूला उद्योग/ व्यवसायहरुको हिस्सा राष्ट्रिय औसतभन्दा बढी रहेको देखिएको छ ।

यससम्बन्धी थपः

बन्दाबन्दीमा ४ प्रतिशत उद्योगमात्र पूर्ण क्षमतामा सञ्चालन, ६१ प्रतिशत बन्द

बन्दाबन्दीमा २२.५ कर्मचारीले रोजगारी गुमाए, जसमा ५८ प्रतिशत अस्थायी छन

१७.३ प्रतिशत उद्योगी व्यवसायीले मात्र ब्याज छुट सुविधा पाए, ८० प्रतिशत बढीले पाएनन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here