शीर्ष १० बाट बाहिरिए नाडाल

काठमाडौं । ग्राण्डस्लाम च्याम्पियन राफाल नाडाल २००५ पछि पहिलोपटक विश्व वरीयताको शीर्ष १० मा पर्न असफल भएका छन् ।

इन्डियन वेल्सबाट ६०० अंक बटुल्न नसकेपछि नाडाल वरीयाताको १३औँ स्थानमा झरेका छन् । कीर्तिमानी ९१२ साता शीर्ष १० भित्र रहेका नाडाल २००५ पछि पहिलोपटक शीर्ष १० बाहिर रहेका हुन् ।

अहिले स्पेनकै १९ वर्षे कार्लोस अल्कारेज शीर्ष स्थानमा उक्लिएका छन् । जनवरीमा सम्पन्न अस्ट्रेलियन ओपनमा पनि सविक विजेता नाडाल दोस्रो चरणबाटै बाहिरिएका थिए ।

स्पेनका नाडाल पूर्ण फिट भएर फ्रेन्च ओपनमा राम्रो प्रदर्शन गर्न सफल भए पुनः शीर्ष वरीयतामा फर्किन सक्छन् । नाडालले करियरमा १४ पटक फ्रेन्च ओपनको उपाधि जितिसकेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here