लकडाउनमा टेलिकमको गुम्यो २ अर्ब, ५३ करोडको बोनस प्रदान

काठमाडौं, ३० साउन । अघिल्लो वर्षको तुलनामा नेपाल टेलिकमको नाफा र आम्दानी दुबै घटेको छ ।

टेलिकमले सार्वजनिक गरेको गत आवको चौथो त्रैमासिक वित्तिीय विवरण अनुसार नाफा एक अर्ब ८९ करोड रुपैयाँले घटेको हो ।

आर्थिक वर्ष ७५/७६ मा ९ अर्ब ७५ करोड नाफा कमाएको टेलिकमको नाफा गत आर्थिक वर्षमा घटेर ८ अर्ब ५५ मा सिमित भएको हो ।
प्रयोगकर्ता बढ्दै गएपनि कम्पनीको सेवा बिक्री तथा अन्य व्यापारिक शिर्षकबाट हुने आम्दानीमै गिरावट आएपछि त्यसको प्रभाव नाफामा पनि परेको हो।

यस अवधिमा कम्पनीको आम्दानी पनि ४३ अर्ब ८३ करोडबाट घटेर ४१ अर्ब ४९ करोडमा सिमित भएको छ । सेवा बिक्रिबाट हुने आम्दानी पनि घटेर ३६ अर्ब ८६ करोडबाट घटेर ३४ अर्ब ५७ करोडमा सिमित भएको छ ।

गएको वर्षको वित्तीय विवरणअनुसार कम्पनीले ४१ अर्ब ४९ करोड रुपैयाँ आम्दानी गरेको छ। यसमा ग्राहकबाट हुने आम्दानी ३४ करोड छ भने बाँकी अन्य ट्रेडिङबाट भएको छ।

कम्पनीले लकडाउन अवधिमै २ अर्ब आम्दानी गुमाएको छ। चैतदेखि असारसम्मको अवधिमा भएको गएको वर्षको आम्दानी अघिल्लो वर्षको तुलनामा २ अर्ब न्यून छ।

नेपाल टेलिकमबारे थपः

यसरी लिनुहोस् सस्तो मूल्यमा नेपाल टेलिकमको अनलिमिटेड डाटा र भ्वाइस प्याक

नेपाल टेलिकमको अर्धवार्षिक नाफा ४ अर्ब ९३ करोड, लगानीयोग्य पुँजी ९२ अर्ब

यी हुन नेपाल टेलिकमको सेवा लिन डायल गर्नु पर्ने नम्बर

अघिल्लो वर्ष यस्तो आम्दानी ४३ अर्ब ८३ करोड थियो। कम्पनीले महामारीको अवधिमा ५३ करोड ४० लाख बराबरको निशुल्क बोनस प्रदान गरेको, २२ करोड ८३ लाख बराबरको मोबाइल डाटा छुट प्रदान गरेको, ५ करोडको निशुल्क कल प्रदान गरेकोले नाफा घटेको उल्लेख गरेको छ ।

नेपाल दूरसञ्चार प्राधिकरणको निर्देशन अनुसार टेलिकमले चैत तेस्रो हप्ता यस्तो सुविधा उपलब्ध गराएको थियो ।

त्यस्तै टेलिकमले लकडाउनको समय डेटा प्रयोगकर्ताको सहजताका लागि ३० प्रतिशतसम्म छुट उपलब्ध गराएको थियो । यस्तो छुट करिब २२ करोड ८३ लाख रुपैयाँ बराबरको भएको टेलिकमले जनाएको छ ।

त्यस्तै जिरो ब्यालेन्सको अवस्थामा पनि कल गर्न सक्ने सुविधा पनि टेलिकमले यहीबीचमा उपलब्ध गराएको थियो । जुन् ५ करोड ३० लाख रुपैयाँ बराबरको भएको टेलिकमले उल्लेख गरेको छ ।

महामारीको ४ महिनाको अवधिमा आफ्नो आम्दानी अघिल्लो वर्षको सोहि अवधिको तुलनामा १५ प्रतिशतले घटेको टेलिकमले जनाएको हो ।

यस अवधिमा टेलिकमको प्रतिशत शेयर आम्दानी ५७.०६, नेट वर्थ ६२०.९६ र मूल्य आम्दानी ११.४८ रहेको छ । १५ अर्ब चुक्ता पुँजी भएको कम्पनीक रिजर्भमा ७८ अर्ब १३ करोड रहेको छ ।

यो पनि ।

नेपाल टेलिकमको वेबसाइट परिमार्जन, के-के थपियो सुविधा ?

नेपाल टेलिकमले ल्यायो आकर्षण ‘समर अफर’, के-के छन् सुविधा ?

नेपाल टेलिकमले विलम्ब शुल्क मिनाहा गर्ने, डाटाको नियमित शुल्क नै लागू

लकडाउनको अवधिमा नेपाल टेलिकमले दियो ६७ करोडको बोनस

पर्यटकीय स्थल स्याङ्बोचेमा नेपाल टेलिकमको फोरजी सेवा

1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here