अत्यावश्यक वस्तुमा परनिर्भरता बढ्यो, चामल आयात दोब्बर

काठमाडौं, ८ भदौं । नेपालमा कोरोनाको प्रभावले अत्यावश्यक वस्तुमा परनिर्भरता बढेको छ ।

कोरोना संक्रमण नियन्त्रणको लागि लगाइएको लकडाउन,त्यसपछि ठाँउ-ठाँउमा लगाइएको निषेधाज्ञको कारण अत्यावश्यक वस्तुको लागि नेपालले विदेशकै भरपर्नु परेको हो ।

कोरोनाको कारण घटेको उद्योगहरुको क्षमता, कामदारको कमीको प्रभावमा दैनिक उपभोग्य सामान अन्नजन्य सामग्री, घ्यु–तेल, तरकारी तथा फलफूलको आयातमा परेको छ ।

वैदेशिक व्यापार तथ्यांक अनुसार अघिल्लो साउनको तुलनामा यस वर्ष चामलको आयत दोब्बर बढेको छ ।

तथ्यांक अनुसार २०७६ साउनमा १ अर्ब २५ करोड रुपैयाँ बराबरको प्रशोधित चामलको आयात भएकामा २०७७ साउनमा बढेर २ अर्ब ६६ करोड रुपैयाँको आायत भएको छ ।

धानसमेत जोड्दा आयात आकार १ अर्ब ६४ करोड रुपैयाँबाट ३ अर्ब ४७ करोड रुपैयाँ पुगेको छ ।

कृषिप्रधान मुलुक भनिने नेपालमा स्थानीय उत्पादनले माग धान्न नसक्नु तथा खानेबानी परिवर्तन नहुँदा बर्सेनि चामल आयात बढ्दै गएको छ ।

स्थानिय उत्पादनहरुले मात्रै माग धान्न नसक्दा नेपालमा वार्षिक अर्बौ रकमको चामल आयात हुने गरेको छ ।

खाद्यान्न उत्पादन बढाउन सरकारले बर्सेनि विभिन्न कार्यक्रम सञ्चालन गरे पनि आयात भने प्रतिस्थापन हुन सकेको छैन ।

सरकारले कृषि क्षेत्रको आधुनिकीकरण र व्यावसायीकरण गर्दै खाद्यान्नमा आत्मनिर्भर बन्नका लगि विभिन्न कार्यक्रम सञ्चालन गरिएको छ ।

तर स्थानीय मागले धान्न नसक्दा बर्सेनि अर्बौं रुपैयाँको चामल आयात हुने गरेको छ ।

त्यस्तै स्वदेशी तरकारीको तथा फलफूलको उत्पादन घट्दा तथा मूल्यसँग प्रतिस्पर्धा गर्न नसक्दा विदेशी तरकारी तथा फलफूलको माग बढेको छ ।

गत आवको पहिलो महिनामा तरकारी र फलफूलको आयात पनि २ अर्ब ५३ करोड रुपैयाँ बराबरबाट बढेर ३ अर्ब २४ करोड रुपैयाँ पुगेको छ ।

1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here