६ स्थानीय तह अझै बैंक बिहिन, ७ सय ४७ तहमा वाणिज्य बैंक पुगे

काठमाडौं, ९ भदौं । देशभरका कूल ७५३ स्थानीय तहमध्ये ६ स्थानीय तहमा मात्रै वाणिज्य बैंकका शाखा खुल्न बाँकी छ ।

राष्ट्र बैंकले हालै सार्वजनिक गरेको चालू आर्थिक विवरणअनुसार असार मसान्तसम्ममा कूल ७५३ मध्ये ७४७ स्थानीय तहमा वाणिज्य बैंकका शाखा खुलेका छन् ।

२०७६ असारसम्म वाणिज्य बैंकका शाखा विस्तार भएको स्थानीय तहहरुको संख्या ७३५ थियो ।

बैंकका अनुसार प्रदेशगत रुपमा वाणिज्य बैंकहरुको उपस्थिति प्रदेश २, गण्डकी प्रदेशको सबै स्थानिय तहमा पुगेको राष्ट्र बैंकले जनाएको छ।

राष्ट्र बैंकको अनुसार बागमती र सुदूरपश्चिम प्रदेका २र२ स्थानीय तहमा वाणिज्य बैंक पुग्न सकेका छैनन् ।

बागमती प्रदेशमा जम्मा ११९ वटामध्ये ११७ र सुदूरपश्मिको ८८ मध्ये ८६ स्थानीय निकायमा बैंकका शाखा पुगेका छन् ।

यस्तै, प्रदेशमा नं. १ र कर्णाली प्रदेशका १र१ स्थानीय तहमा वाणिज्य बैंकको शाखा पुग्न बाँकी रहेका छन् । प्रदेश नं १ को १३७ वटा स्थानीय तहमध्ये १३६ वटामा, गण्डकी प्रदेशको ८५ वटामध्ये ८४ स्थानीय निकायमा वाणिज्य बैंक पुग्न सफल भएका छन् ।

त्यस अनुसार अझै ६ स्थानिय तहमा वाणिज्य बैंकको शाखा विस्तार हुनसकेको छैन।

असार मसान्तसम्ममा बैंक तथा वित्तीय संस्थाको संख्या १५५ वटा रहेको छ। त्यसमध्ये २७ वाणिज्य बैंक, २० विकास बैंक, २२ वित्त कम्पनी, ८५ लघुवित्त वित्तीय संस्था र १ पुर्वाधार विकास बैंक रहेका छन्।

बैंक तथा वित्तीय संस्थाहरुको शाखा संख्या २०७६ असार मसान्तमा ८६८६ रहेकोमा २०७७ असार मसान्तमा ९७६५ पुगेको छ ।

वित्तीय समावेशीताका लागिसमेत अनिवार्यरूपमा बैंक तथा वित्तीय संस्थाका शाखा खुल्नुपर्ने र नागरिकमा वित्तीय पहुँच स्थापित हुुनुपर्नेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here