बजारमा तरकारी,फलफूलको अभाव कि कालोबजारी, कुनको मूल्य कति ?

काठमाडौं, १४ भदौं । उपत्यकामा कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि जारी गरिएको निषेधाज्ञापछि तरकारी, फलफूलको भाउ बढेको छ ।

उपत्यकाका तीन जिल्लामा भदौं तीनगते रातीदेखि निषेधाज्ञा जारी भएसँगै फलफूल तथा तरकारी भाउ आकासिय हो । निषेधाज्ञा पहिलो हप्ता बढेको भाउ बजार अनुगमनसँगै केहि भने घटेको छ ।

तरकारीको भाउ घटेपनि खुद्रा व्यापारीले होलसेलमै तरकारी र फलफूलको मूल्य वृद्धि भएको भन्दै महँगो मूल्यमा बिक्री गर्दै आएका छन् ।

बजारमा तरकारीको भाउ कसरी वृद्धि भइरहेको छ भन्ने विषयमा उपभोत्तामा भने जानकारी छैन ।

सरकारले विदेशबाट उद्धार गरेर ल्याएका कामदारलाई होटल क्वारेन्टिनमा राख्ने हुँदा होटल व्यवसायीले धेरै तरकारी किनेर स्टोर गर्न थालेर मंहगो हुन थालेको व्यवसायीको भनाई छ ।

तरकारी र फलफूलको भाउ बढेसँगै उपभोक्ताले तरकारी किनेर छाक टार्न मुस्किल भइरहेको गुनासो गर्न थालेका छन् ।

उपत्यकाको ठूलो तरकारी बजार कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको मूल्य सूची अनुसार आइतबार गोलभेडा ठूलो (नेपाली) प्रतिकेजी १०० रुपैयाँ, गोलभेडा सानो ७२ र गोलभेडा सानो-टनेल ८२ रुपैयाँ रहेको छ ।

आलु रातो ७४, आलु रातो (भारतीय) ५७ र आलु रातो(मुडे) को प्रतिकेजी ६१ रुपैयाँमा कारोबार भैरहेको छ ।

त्यसै प्याज सुकेको भारतीय ४१, गाजर ५५ बन्दा ४२, काउली स्थानिय ११५, मूला सेतो २८, सेतो मूला ३५ भन्टा लाम्चो प्रतिकेजी ५५ रुपैयाँ रहेको छ । स्याउ(झोले) प्रतिकेजी १५५, स्याउ (फूजी) २९५ रुपैयाँ रहेको छ ।

केरा दर्जन ६५, कागती प्रतिकेजी १४५ र अनार प्रतिकेजी १९५ तरबुजा(हरियो) ५३ रुपैयाँ रहेको छ ।

बोडी प्रतिकेजी ९५, घिउ सिमी(लोकल) ९५, घिउ सिमी(हाइब्रीड) ९५, भटमासकोशा ७५, तितो करेला २०, लौका ३५, चिचिण्डो २८ घिरौला २८, फर्सी पाकेको ३८, हरियो फर्सी(डल्लो) ३८ भिण्डी ७५ रुपैयाँ रहेको छ ।

रायो साग,पालूगो साग र चमसूरको साग प्रतिकेजी ६५ रुपैयाँ रहेको छ । निषेधाज्ञापछि तरकारी तथा फलफूलजन्य वस्तुको ढुवानी र आपूर्तिमा समस्या हुँदा मूल्य बढेको व्यापारीहरुको भनाई छ ।

बिहान र बेलुका पनि तरकारी पसल नखुल्ने र आपूर्तिमै समस्या भएको तरकारी व्यवसायीहरु बताउँछन् ।

निषेधाज्ञापछि उपत्यकामा अत्यावश्यकबाहेक सबै क्रियाकलाप बन्द गरिएको छ । तरकारी तथा फलफूल अत्यावश्यक सामग्रीअन्तर्गत राखिएको छ भने आयातमा पनि कुनै रोक लगाइएको छैन ।

निषेधाज्ञापछि बजारमा तरकारीको मूल्य अस्वाभाविक रुपमा बढेको गुनासो आउन थालेपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजार अनुगमन बढाएको छ।

विभागका महानिर्देशक र निर्देशकहरुको टोली आफैं तरकारीको अनुगमनमा निस्केको थियो। विभागबाट १५ वटा अनुगमन टोली खटिएर दर्जनभन्दा बढी स्थानका ५० भन्दा बढी तरकारी पसलको अनुगमन गरेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here