नबिल बैंकद्धारा ‘नबिल ग्रिन पिन सेवा’ शुरु, कसरी गर्ने ?

काठमाडौं, ८ असोज । नबिल बैंकले ‘नबिल ग्रिन पिन सेवा’को सुरुवात गरेको छ । बैंकले आफ्ना डेबिट, क्रेडिट, तथा प्रिपेड कार्ड प्रयोगकर्ताहरुलाई सहज र सुरक्षित रुपमा बैंकको कुनै पनि एटिएमबाट कार्डको पिन सेट अथवा रिसेट गर्ने सुबिधा प्रधान गर्न उक्त सेवाको शुरु गरेको हो ।

बैंकले ग्रिन पिन सेवा मार्फत आफ्ना नयाँ ग्राहकलाई नयाँ पिन सेट गर्न र पूराना ग्राहकलाई बिर्सिएको पिन स्वयमले रिसेट गर्ने सुबिधा प्रधान गरेको छ ।

‘अब हाम्रा ग्राहक महानुभावहरुले बैंकद्वारा जारी गरिएको कुनै पनि कार्डको पिन सेट गर्नु परेमा वा पिन बिर्सनुभए बैंक शाखामा आएर पिन रिसेटका निम्ति आवेदन दिईरहनु पर्दैन । अब ग्राहक महानुभावहरुले नजिकैको नबिल बैंकको एटिएमबाट सहजै आफैले पिन रिसेट गर्न सक्नुहुनेछ ।’, बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले भने ।

कसरी गर्ने ?

ग्रिन पिन मार्फत पिन सेट अथवा रिसेट गर्न ग्राहकले नजिकैको नबिल बैंकको एटिएममा गई कार्ड मसिनमा राखेर जेनरेट ओटीपी फर पीन मेनु छान्नु पर्नेछ ।

त्यस पश्चात ग्राहकले बैंकमा दर्ता गरेको मोबाइल नम्बरमा २४ घण्टाको म्याद रहेको ओटीपी प्राप्त हुनेछ । त्यस पश्चात ग्राहकले ‘इन्टर ओटीपी टु चेञ्ज योर पिन’ मेनु छनौट गरि प्राप्त भएको ओटीपी राखेर पिन सेट अथवा रिसेट गर्न सक्नेछन् ।

बैंकका प्रमुख कार्यकारी अधिकृत शाहले ग्रिन पिन सेवा मार्फत बैंकले पिन प्रिन्ट गर्न प्रयोग हुने कागजको र पिनलाई प्याक गर्न प्रयोग हुने प्लास्टिकको उपभोग घटाउँदै वातावरण मैत्री सेवाको सुभारम्भ गरेको बताएका छन् ।

विश्वव्यापी रुपमा फैलिएको कोभिड १९ महामारीको समयमा यसरी जुनसुकै स्थान र समयमा पिन सेट तथा रिसेट गर्न सकिने सुविधाले ग्राहकलाई सुरक्षित र सहज सेवा प्राप्त हुने भन्ने बैंकको अपेक्षा छ । नबिल बैंकका देश भरी ११९ शाखाहरु र १८५ एटिएम काउण्टरहरु रहेका छन् ।

नबिल बैंकले नेपाली बैंकिङ्ग क्षेत्रमा नविनतम् सेवाको शुरुवात गर्न अग्रणी भूमिका खेलेको छ । देशको पहिलो डिजिटल बैंक बन्ने उद्देश्यले हालै नबिल बैंकले नबिल डिजी बैंकको स्थापना गरेको हो ।

सम्बन्धितः

नबिल बैंकले सुरु गर्‍यो ‘डिजी बैंकिङ’, ६ वर्षमा सबैभन्दा ठूलो हुने दाबी

नबिल बैंकले ल्यायो ‘नबिल फोन लोन’ सुविधा, यसरी पाइन्छ ऋण

नबिल बैंकको ऋणीलाई कर्जा ब्याजमा ०.२५ प्रतिशत छुट

मनोज ज्ञवाली नबिल बैंकको डेपुटी जनरल म्यानेजरमा नियुक्त

नबिल बैंक दोस्रो पटक पनि ‘नेपालको उत्कृष्ट बैंक’ घोषित

नबिल बैंकद्वारा ‘स्क्यान एन्ड विड्र’ सेवा सुरु, चेक प्रयोग नगरी दैनिक एकलाख झिक्न पाईने

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here