निजी क्षेत्रमा प्रवाहित कर्जा बढ्यो, घर जग्गाको धितोमा ६६.१ प्रतिशत

काठमाडौं, १० असार । बैंक तथा वित्तीय संस्थाको निजी क्षेत्रमा प्रवाहित निक्षेप तथा कर्जा लगानी बढेको छ ।

राष्ट्र बैंकले हालै सार्वजनिक गरेको चालू आर्थिक विवरणअनुसार साउन मसान्तसम्ममा बैक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जा १०.८ प्रतिशतले बढेको छ ।

समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जा ०.५ प्रतिशतले घटेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा ०.५ प्रतिशतले बढेको थियो ।

समीक्षा अवधिमा निजी क्षेत्र प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरुको कर्जा प्रवाह ०.६ प्रतिशतले र वित्त कम्पनीहरुको ३.१ प्रतिशतले घटेको छ भने विकास बैंकहरुको कर्जा प्रवाह ०.९ प्रतिशतले बढेको छ ।

२०७७ साउन मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुको लगानीमा रहिरहेको कर्जामध्ये ६६.१ प्रतिशत कर्जा घर जग्गाको धितोमा र १२.७ प्रतिशत कर्जा चालु सम्पत्ति (कृषि तथा गैर–कृषिजन्य वस्तु) को धितोमा प्रवाह भएको छ ।

२०७६ साउन मसान्तमा यस्तो धितोमा प्रवाहित कर्जाको अनुपात क्रमशः ६४.१ प्रतिशत र १३.६ प्रतिशत रहेको थियो ।

आर्थिक वर्ष २०७७/७८ को पहिलो महिनामा बैंक तथा वित्तीय संस्थाहरुको लगानीमा रहेको कर्जामध्ये कृषि क्षेत्रतर्फको कर्जा १.८ प्रतिशतले, औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा १.४ प्रतिशतले, थोक तथा खुद्रा व्यापार क्षेत्रतर्फको कर्जा १.६ प्रतिशतले घटेको छ ।

निर्माण क्षेत्रतर्फको कर्जा ०.२ प्रतिशतले, यातायात, संचार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा २.३ प्रतिशतले र सेवा उद्योग क्षेत्रतर्फको कर्जा १.५ प्रतिशतले बढेको छ ।

द्धद्ध।समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवाहित आवधिक कर्जा १.४ प्रतिशतले, डिमान्ड तथा चालु पुँजी कर्जा ०.५ प्रतिशतले, रियल स्टेट कर्जा (व्यक्तिगत आवासीय घर कर्जा समेत) ०.१ प्रतिशतले र मार्जिन प्रकृति कर्जा ०.३ प्रतिशतले बढेको छ ।

ओभरड्राफ्ट कर्जा २.२ प्रतिशतले, ट्रष्ट रिसिट (आयात) कर्जा ९ प्रतिशतले र हायर पर्चेज कर्जा १.४ प्रतिशतले घटेको छ ।

सम्बन्धितः

ग्लोबल आइएमई बैंकले होटल, रेष्टुरेन्ट व्यवसायीलाई सहुलियत कर्जा दिने

सहकारीले कर्जामा १४.७५ प्रतिशतभन्दा बढी ब्याज लिन नपाउने, ब्याजअन्तर ६ प्रतिशत

एनआईसी एशिया बैंकको कर्जाको आवेदन अब खल्तीबाटै

असोजमसान्त भित्रै घर तथा गाडी कर्जामा स्थिर ब्याजदर कायम गर्न निर्देशन

टर्म लोनमा थप १० प्रतिशत कर्जा लिन पाइने, आवधिक कर्जामा स्थिर ब्याजदर लागु गर्नुपर्ने

बिना धितो ५ प्रतिशत ब्याजदरमा कर्जा उपलब्ध गराउन व्यवसायीको माग

एनएमबी बैंक र आईएमएसबीच मोबाइल किन्न कर्जा प्रदान गर्ने सम्झौता

1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here