साढे २ महिनामै नेप्सेको अनलाइन प्रयोगकर्ता ४ गुणा बढे, रोजाईमा कुन ब्रोकर ?

काठमाडौं, १५ असोज । नेपाल स्टक एक्चेन्ज (नेप्से) ले प्रयोगमा ल्याएको पूर्ण स्वचालित अनलाइन प्रणाली प्रयोगमा पछिल्लो समय लगानीकर्ताको आकर्षण देखिन थालेको छ ।

प्रयोगमा आएको डेढ वर्षसम्म आकर्षण नदेखिएको अनलाइन प्रणाली (टीएमएस) प्रति पछिल्लो समय लगानीकर्ताको आकर्षण देखिन थालेको हो ।

सरकारले कोरोना रोकथामका लागि लगाएको लकडाउन, निषेधाज्ञाका कारण ब्रोकर कार्यालयमा गएर सेयर कारोबार गर्न नपाउने भएपछि लगानीकर्ता अनलाइन प्रणालीतर्फ आकर्षित हुन थालेका हुन् ।

नेप्सेले सार्वजनिक गरेको तथ्यांक अनुसार नेप्सेको अनुसार असोज १४ गतेसम्म पुँजी बजारमा सक्रिय ३ लाख ३७ हजार ३६० लगानीकर्तामा १ लाख २० हजार ४ सय ९९ जनाले अनलाईन प्रणाली मार्फत कारोबार गर्ने गरेका छन् ।

अन्य लगानीकर्ताले ब्रोकरबाटै कारोबार गर्ने गरेको तथ्यांकले देखाएको छ । यो कुल सक्रिय लगानीकर्ताको करिब ३६ प्रतिशत हो भने कुल लगानीकर्ताको लगानीकर्ताको करिब ७ प्रतिशत हो ।

गत असार ३० गतेसम्म कुल अनलाइन प्रयोगकर्ताको संख्या ३३ हजार ४२९ रहेकोमा साउनदेखि यता डेढ २ महिनाको अवधिमा अनलाइन प्रयोगकर्ताको संख्या दोब्बरले बढेको छ ।

नयाँ आर्थिक वर्ष सुरु भए (साउन) यता मात्रै ८७ हजार ७० अनलाइन प्रयोगकर्ता थपिएका छन् । साउन लागे यता औसतमा दैनिक ८३० जना अनलाइन प्रयोगकर्ता थपिएको नेप्सेले जनाएको छ। गत मंसिरसम्ममा यस्तो संख्या जम्मा करिब १५ हजार हाराहारी मात्र थिए ।

नेप्सेका अनुसार अहिले दोस्रो बजारमा सक्रिय लगानीकर्ताको संख्या ३ लाख ३७ हजार ३६०जना रहेका छन् । यस्तै सीडीएससीका अनुसार डिम्याट (हिताग्राही) खाता खोल्नेको संख्या करिब १८ लाख नाघेको छ ।

सेयर कारोबार गर्ने ५० ब्रोकरमध्ये दुई वटा ब्रोकरका ८० प्रतिशत भन्दाबढी ग्राहक अनलाइन प्रयोगकर्ता रहेका छन् । नेप्सेका अनुसार ब्रोकर नं. ५८ (नासा सेक्युरिटिज) र ब्रोकर नं.४२ (सानी सेक्युरिटिज)का १० हजारभन्दा १० बढीले हजारभन्दा बढी सक्रिय लगानीकर्ताले अनलाइन (टीएमएस)बाट कारोबार गर्ने गरेका छन् । यी दुवै ब्रोकरमा १३ हजारभन्दा बढी सक्रिय लगानीकर्ता रहेका छन् ।

नासा सेक्युरिटिजमा सबैभन्दा बढी १० हजारर ७९० अनलाइन प्रयोगकर्ता रहेका छन् भने ब्रोकर नं. १८ (सगरमाथा सेक्युरिटिज) मा सबैभन्दा कम २४२ जना मात्र अनलाइन प्रयोगकर्ता रहेका छन् ।

नेप्सेका अनुसार अहिलेसम्म ४ वटा ब्रोकरमा ४ हजारभन्दा बढी अनलाइन प्रयोगकर्ता छन् । त्यस्तै, ६ वटा ब्रोकरमा ३ हजार बढी, ८ वटामा २ हजार बढी लगानीकर्ताले टीएमएसबाट सेयर कारोबार गर्छन् ।

अझै ८ वटा ब्रोकरमा भने अनलाइन प्रयोगकर्ताको संख्या १ हजारभन्दा पनि कम रहेका छन् ।पछिल्लो समय नेप्सेले अनलाइनबाटै युजर आइडी र पासवर्ड लिन सकिने व्यवस्था गर्दिएसँगै अनलाइन प्रयोगकर्ताको संख्या ह्वात्तै बढेको हो ।

ब्रेकर कार्यालयहरुले पनि अनलाइन प्रणालीबाटै टीएएमएसको युजर नेम र पासवर्ड सहजै उपलब्ध गराउन थालेकाले लगानीकर्ता यसप्रति आकर्षित भएका हुन् ।

नेप्सेले प्रयोगमा ल्याएको पूर्ण स्वचालित अनलाइन प्रणाली लगानीकर्ता मैत्री नभएको र झन्झटिलो प्रक्रिया रहेकाले यसप्रति आकर्षित हुन नसकेका लगानीकर्ता बताउँछन् ।

अनलाईन शेयर कारोबारीको संख्या बढ्न नसक्नुमा कतियप लगानीकर्ताले यसको प्रयोग गर्ने तरिका नजान्नु, न्यूनतम २५ प्रतिशत रकम ब्रोकरको खातामा अग्रिम जम्मा गर्नुपर्ने व्यवस्था नै असहज रुपमा देखिएको थियो ।

यसअघि अनलाइनको युजर आइडी र पासवर्ड लिन ब्रोकर कार्यालयमै गएर भौतिक फारम भरेर बुझाउनु पर्ने झन्झटिलो व्यवस्था थियो ।

अहिले सेयर कारोबारको भुक्तानीसमेत अनलाइन प्रणालीबाटै हुने गरेको छ । सेयर किनबेच गरेको पैसा ब्रोकबर कार्यालयहरुले पनि अनलाइनबाटै लगानीकर्ताको खातामा पठाउन थालेका छन् भने लगानीकर्ताले पनि ब्रोकरको खातामा जम्मा गर्दिने गरेका छन् ।

यसरी सेयर कारोबारको पैसा समेत लिनरदिन ब्रोकर कार्यालय जानु नपर्ने व्यवस्था भएपछि लगानीकर्तालाई सहज भएको छ ।

कोरोनाका कारण ब्रोकर कार्यालयमै आएर कारोबार गर्दा संक्रमणको जोखिम बढ्ने र ब्रोकरको स्क्रीन रुमसमेत बन्द भएकाले अनलाइनको युजर आइडी र पासवर्ड लिनेको संख्या ह्वात्तै बढेको ब्रोकरहरु बताउँछन् ।

पूर्वअर्थमन्त्री डा. खतिवडाले २०७५ साल कात्तिक २० गते निकै तामझामका साथ तारे होटलमा अनलाइन प्रणाली उद्घाटन गरेका थिए । पुस १७ गतेदेखि सेयर बजारमा अनलाइन प्रणाली लागू भएको थियो ।

कुन ब्रोकरमा अनलाइन प्रयोगकर्ता कति ?

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here