नाै महिनामा १० खर्ब व्यापारघाटा, विदेशी मुद्रा सञ्चिती घट्याे

काठमाडौं । चालु आर्थिक बर्षको साउन देखि चैतसम्मका ९ महिनामा वैदेशिक व्यापारघाटा झण्डै १० खर्ब पुगेको छ ।

नेपाल राष्ट बैंकले हालै सार्वजनिक गरेको वित्तीय विवरण अनुसार चालु आर्थिक बर्षको ९ महिनामा ब्यापारघाटा ९ खर्ब ९१ अर्ब ८१ करोड रुपैयाँ पुगेको हो । त्यस्तै मुद्रास्फीति ४.२ प्रतिशत रहेकाे छ ।

साउन देखि चैतमसान्त सम्म नेपालबाट कुल ६९ अर्व ८२ कराेड रूपैयाँकाे वस्तु निर्यात हुँदा १० अर्ब ६३ कराेड रूपैयाँकाे आयात भएको छ ।

नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार गत आर्थिक बर्षको सोही अवधिको तुलनामा चालु आर्थिक बर्षको नौ महिनामा ब्यापारघाटा २१.६ प्रतिशतले वृद्धि भएको छ ।

बैंकका अनुसार निर्यात १६.९ प्रतिशले वृद्धि हुँदा आयात २१.३ प्रतिशतले बढेको छ ।

भारतबाट हुने आयात १९.२, चीन बाट हुने आयात ३५.३ प्रतिशत र अन्य मुलुकबाट हुने आयात १९ प्रतिशतले बढेको छ ।

वस्तुगत आधारमा पेट्राेलियम पदार्थ, तयारी पोशाक, हवाइजहाज तथा पाटपुर्जा, बिलेट, विद्युतीय सामग्री लगायतका वस्तुको आयात बढेको छ भने सिमेन्ट, दूरसञ्चारका उपकरण, यातायातका साधन र भट्मासको तेल लगायतका वस्तुको आयात घटेको छ ।

नेपालबाट पोलिस्टर यार्न, जस्तापाता, जडीबुटी लगायतका सामानको निर्यात बढेको छ भने अलैंची, जुत्ता तथा चम्मल, छाला तयारी पोशाक जस्ता बस्तुको निर्यात घटेको छ ।

रेमिटेन्स आप्रवाह बढ्याे

राष्टकैंकका अनुसार रेमिटेन्स आप्रवाह २०.९ प्रतिशतले बढेर ६५३ अर्ब १९ करोड पुगेको छ । रेमिटेन्स आप्रवाहमा ९.५ प्रतिशतले वृद्धि भएको हो । अघिल्लो वर्षको सोही अवधिमा रेमिटेन्स आप्रवाह ५.६ प्रतिशतले बढेको थियाे ।

त्यस्तै शोधनान्तर घाटा ६४ अर्ब ६८ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा सोधनान्तर घाटा १४ अर्ब ६० करोड थियो ।

यसैगरी असार मसान्तमा कुल विदेशी विनिमय सञ्चिती ११०२ अर्ब ५० करोड रहेकोमा चैत मसान्तमा १०५० अर्ब कायम भएको छ ।

कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०७५ असार मसान्तमा रु.९८९ अर्ब ४० करोड रहेकोमा २०७५ चैत मसान्तमा रु.८९७ अर्ब १३ करोड रहेको छ ।

आर्थिक वर्ष २०७५/७६ को नौ महिनाको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चितिले ९ महिनाको वस्तु आयात र ७.९ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here