प्राथमिकता प्राप्त क्षेत्रमा १७ प्रतिशत कर्जा, बैंकलाई लक्ष्य भेटाउनै मुस्किल

काठमाडौं १०, जेठ । गत चैतसम्म वाणिज्य बैंकहरुले कृषि, उर्जा र पर्यटन (प्राथमिकता प्राप्त क्षेत्र) क्षेत्रमा कुल ४ खर्ब १७ अर्ब ८६ करोड रुपैयाँ कर्जा लगानी गरेका छन् । यो सोही अवधिमा बैंकहरुले प्रवाह गरेको कुल कर्जाको करिब १७ प्रतिशत हो ।

राष्ट्र बैंकको निर्देशन अनुसार २०७६ असारसम्म वाणिज्य बैंकले कुल कर्जाको न्युनतमा २५ प्राथमिकता प्राप्त क्षेत्रमा प्रवाह गर्नुपर्छ । जसमध्ये कृषिमा न्यूनतम १० प्रतिशत, उर्जा तथा पर्यटनमा १५ प्रतिशत गरी कुल कर्जाको २५ प्रतिशत अनिवार्य रुपम प्राथमिकता प्राप्तमा क्षेत्रमा लगानी गर्नुपर्ने कानूनी व्यवस्था छ ।

राष्ट्र बैंकको निर्देशन अनुसार तोकिएको समय सकिन करिब डेढ महिनामात्र छ । उक्त अवधिमा बैंकहरुले निर्देशित लक्ष्य भेटाउन बैंकहरुले ५ प्रतिशत विन्दु थप कर्जा विस्तार गर्नु पर्ने हुन्छ । छोटो समयमा त्यति धेरै कर्जा विस्तार असम्भव रहेको बैंकहरुले बताएका छन् ।

चैतसम्मको तथ्यांक अनुसार बैंकहरुले कृषिमा गरेको लगानी कुल कर्जा प्रवाहको ९ प्रतिशत छ । राष्ट्र बैंकको निर्देशन अनुसार कृषिमा गएको कर्जा पनि एक प्रतिशत विन्दुले कम हो । उल्लिखित तथ्यांक २८ वटा बैंकहरुले कृषिमा प्रवाह गरेको कुल कर्जा हो ।

जसमध्ये केही बैंकहरुले कुल ऋणको ३० प्रतिशतसम्म पनि कृषिमा लगानी गरेका छन् । यसकारण औसतमा कृषिमा प्रवाह भएको लगानी निर्देशित सीमा नजिक देखिएको हो । व्यक्तिगत रुपमा हेर्दा अझै पनि धेरै बैंकले नियामक निकायको निर्देशन पालना गर्न सकेका छैनन ।

गत चैतसम्म बैक तथा वित्तीय संस्थाले कुल कर्जाको ८.१ प्रतिशत उर्जा र पर्यटनमा लगानी गरेका छन् । यो राष्ट्र बैंकको निर्देशन भन्दा करिब ७ प्रतिशत विन्दुले कम हो । चालू आर्थिक वर्षको बचेको डेढ महिनामा त्यत्ति धेरै रकम प्रवाह गर्न असम्भव जस्तै भएको विज्ञहरुले बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here