मोबाइल क्रेज ! हरेक मानिस दैनिक कति घण्टा मोबाइलमा बिताउँछन् ?

काठमाडौं । मोबाइलप्रति बालबालिका देखि ठूला व्यक्तिहरूको रुचि दिनप्रतिदिन बढ्दो छ । ठूला व्यक्तिका लागि सञ्चार माध्यम बनेको मोबाइल बालबालिकाका लागि भने मनोरञ्जनको माध्यम बनिरहेको छ ।

बालबालिका मोबाइलमा यूट्युब चलाउन रुचाउँछन् भने युवायुवतीको मोह टिकटकमा बढि देखिएको छ । बाध्यतावश होस् या लतका कारण, मोबाइल, ल्यापटपमा घण्टौं झुण्डिरहने जमात बढ्दो छ।

हामीमध्ये अधिकांश बिहान आँखा खुल्नासाथ मोबाइल हेर्छौं, बेलुका आँखा बन्द हुने बेला पनि अगाडि मोबाइल नै हुन्छ ।

कोरोना संक्रमणको कारण सन् २०२० मा विश्वमा धेरै मानिसहरु घरभित्रै बसे । यसले गर्दा मानिसहरुले मोबाइल प्रयोग गर्ने समयमा वृद्धि भएको एक रिपोर्टले देखाएको छ ।

‘एप एन्नी’ को स्टेट अफ मोबाइल २०२१ को रिपोर्ट अनुसार विश्वमा रहेक मानिसले सन् २०२० मा दैनिक ५ घण्टा मोबाइल चलाएका छन् ।

यो संख्या सन् २०१९ को तुलनामा ३९ प्रतिशत बढी हो । २०१९ मा हरेक मानिसले दैनिक ३।४ घण्टा मोबाइल प्रयोग गरेका थिए । उक्त रिपोर्ट अनुसार दैनिक ५।२ घण्टा मोबाइल प्रयोग गर्दै इन्डोनेशिया सबैभन्दा धेरै मोबाइल प्रयोग गर्ने राष्ट्रको पहिलो नम्बरमा छ । त्यस्तै दोस्रो स्थानमा रहेको ब्राजिलमा दैनिक ५ घण्टा मोबाइल प्रयोग हुने गरेको छ ।

सन् २०२० मा विश्वभर २१८ बिलियन नयाँ एप डाउनलोड भएका छन् । यो संख्या २०१९ को तुलनामा ७ प्रतिशत बढी हो । विश्वभर रहेका ७।६ बिलियन मोबाइल प्रयोगकर्तालाई भाग लगाउने हो भने प्रतिव्यक्ति औसत २८ वटा एपको प्रयोग भएको देखिन्छ ।

रिपोर्टको अनुसार यस समयमा सबैभन्दा धेरै एप चीनमा डाउनलोड भएका छन् । २०२० मा चीनमा मात्रै ९६.२ बिलियन वटा एप डाउनलोड भएको थियो ।

मानिसले मोबाइलमा दिने समयका साथै विज्ञापनका लागि गरिने खर्च पनि बढ्दो क्रममा छ । तर, वास्तवमा कति मानिसले सबै विज्ञापन हेर्छन् भन्ने प्रश्न निकै महत्वपूर्ण छ ।

विश्वमा आधा मोबाइल डिस्प्ले एड (भिडियोबाहेक)ले न्यूनतम मापदण्ड पूरा गरेका छन् । ती आधा विज्ञापन निरन्तर एक सेकेण्ड हेरिने गरिएको एक तथ्यांकले देखाएको छ । (एजेन्सी)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here