ल्यापटपमा व्याट्रिको आयु बढाउन के गर्ने ?

काठमाडौं । दैनिक जिवनको कामदेखि कार्यालयको प्रयोजनको लागि ल्यापटप अनिवार्य जस्तै बनेको छ । हजारौं मूल्य हालेर किनेका यस्ता उपकरणको सुरक्षा र स्याहारमा विशेष ध्यान दिनुपर्छ ।

सामान्यतया ल्यापटपको ब्याट्री लामो समयसम्म चार्ज गर्दा कुनै खतरा हुँदैन । ब्याट्रीको चार्ज १०० प्रतिशत हुने बित्तिकै चार्ज बन्द हुन्छ र भोल्टेज निश्चित स्तरभन्दा तल नआउँदासम्म चार्जिङ सुरु हुँदैन ।

तर, लामो समयसम्म चार्ज शुन्य बनाई ल्यापटप राख्दा भने यो घातक हुन्छ । यसले पहिलो असर त ब्याट्रीको आयू घटाउँछ भने अर्कोतिर पछि चार्जिङ नहुने समस्या देखापर्छ ।

के कुरामा ध्यान दिने ?

आजकलका अधिकांश ल्यापटपमा लिथियम आयन ब्याट्री हुन्छ । यस्तो ब्याट्रीको कुरा गर्दा यो अस्थिर प्रकृतिको हुन्छ । सजिलोगरी भन्दा यस्तो ब्याट्रीमा सुरु सुरुमा राम्रो क्षमता हुन्छ । तर विस्तारै क्षमता गुमाउँदै जान्छ । ब्याट्रीको क्षमता गुम्नुमा धेरै कारणहरु हुन सक्छन् ।

यसमा चार्ज डिस्चार्ज साइकल, भोल्टेज लेभल, उच्च तापक्रम लगायतका विषयले ब्याट्रीको आयू निर्धारण गर्दछ । ब्याट्री युनिभर्सिटीको एक अध्ययनका अनुसार भोल्टेज लेभल र उच्च तापक्रमले ब्याट्रीको आयू छोटो बनाउँछ ।

जहाँसम्म ब्याट्री ओभरचार्जको कुरा छ, ल्यापटपमा प्रयोग हुने ‘लिथियम आयन’ ब्याट्रीमा कन्ट्रोलर चिप हुन्छ, जसले ओभरचार्जिङ हुन दिँदैन । यसले ब्याट्री फुल चार्ज हुनेबित्तिकै पावर सप्लाइ हुन दिँदैन । यसकारण लामो समयसम्म चार्ज गरेर ल्यापटप चलाउँदा कुनै हानी हुँदैन ।

त्यसो भन्दैमा ढुक्कले ल्यापटप चार्जिङमा छोड्ने बानी राम्रो होइन । बाहिरी तापक्रम उच्च हुँदा ९४० डिग्रीको हारहारीमा०, ल्यापटपको कुलिङ फ्यान बिग्रँदा पनि ब्याट्रीमा असर पर्छ र तातो हुन थाल्छ । ब्याट्री तातो भएको अवस्थामा चार्जिङ गर्नु निकै घातक हुन सक्छ र पड्कन समेत सक्छ ।

यसकारण लिथियम ब्याट्री चार्ज गर्दा तातो बढी भएको ठाउँमा ल्यापटप नराख्न सुरक्षा विज्ञले सुझाव दिन्छन् । तर सुझाव विपरित यस्तो काम गरिरहनु भयो भने ब्याट्रीको स्वास्थ्यमा असर पर्ने र चार्जसमेत राम्ररी नहुन सक्छ ।

धेरै तातो भएको अवस्थामा ब्याट्री निकाल्नु उत्तम हुन्छ । त्यसकारण चार्जमा राख्दा ल्यापटप धेरै तातो त छैन् भन्नेमा ध्यान दिनुपर्छ ।

अर्कोतिर शतप्रतिशत चार्जमा ब्याट्री लाइफ पनि शतप्रतिशत नै हुन्छ भन्ने सोच राख्नुभएको छ भने त्यो गलत नै हुन जान्छ । अध्ययन अनुसार लिथियम आयन ब्याट्रीले प्रति सेल ४।२० भोल्टमा चार्ज गर्दछ, जुन यसको क्षमताको १०० प्रतिशत हो ।

यस स्तरमा, ब्याट्रीमा ३०० देखि ५०० डिस्चार्ज साइकलको आयू हुन्छ । तर ७० देखि ८० प्रतिशत ब्याट्री चार्ज भएको अवस्थामा १००० देखि २००० रिचार्ज साइकल प्राप्त हुन्छ, जसले ब्याट्रीको लाइफ बढाउन सघाउँछ ।(एजेन्सी)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here