फ्रस्ट एण्ड सलिभनको जीआईएल साउथ एशिया चैत १ गते, डा. रुइतलाई विशेष सम्मान

क्लाउडपत्रिका

बहुराष्ट्रिय व्यवस्थापन कम्पनी फ्रस्ट एण्ड सलिभनले आफ्नो मुख्य कायक्रममध्येको एक वृद्धि, नवीनता तथा तेतृत्वसमबन्धी दक्षिण एशियाली सम्मेलन २०१८ आगामी चैत १ काठमाडौंमा आयोजना गर्ने भएको छ ।

सो सम्मेलनले दक्षिण एशियामा दिगो आम्दानी तथा वृद्धिका लागि डिजिटल रूपान्तरणसँग सम्बन्धित ठोस रणनीतिहरूको कार्यान्वयन गर्न व्यापारिक संस्थाहरूका लागि नवीनता किन आवश्यक छ भन्ने बारेमा छलफल तथा विमर्श गर्ने आयोजकले जानकारी दिएको छ ।

‘आजको समयमा संस्थाहरूका लागि डिजिटल रूपान्तरणसम्बद्ध ठोस रणनीतिहरू कार्यान्वयन गर्न जरुरी भइसकेको छ । दक्षिण एशियाले ठूलो सम्भावना देखाएको छ, र डिजिटल प्रविधिको प्रवेशले वृद्धिलाई बढावा दिनुका साथै अवसरहरूलाई अझ विस्तृत बनाउँनेछ, जसले यो क्षेत्रको विकासको गतिलाई बढावा दिनेछ,’ कम्पनीका अध्यष तथा प्रवन्ध साझेदार अरुप जुट्सीले भने ।

आयोजकका अनुसार औद्योगिक क्षेत्रका विज्ञहरूले बजारको हालको अवस्थाका बारेमा बुझ्न सहयोग गर्नका लागि दक्षिण एशियामा लगानीको गतिका विषयमा सम्मेलनमा छलफल गर्नेछन् ।

सम्मेलनमा तीलगंगा आँखा अस्पतालका सहसंस्थापक डा. सन्दुक रुइतलाई ‘जीआईएल नेतृत्व सम्मान’ प्रदान गर्नेछ । मितव्ययी स्वास्थ्य सेवामार्फत समाजमा पु¥याएको योगदानका लागि उनलाई सो सम्मान दिन लागिएको फ्रस्ट एण्ड सलिभनले जानकारी दिएको छ ।

मोतीविन्दुका लागि सानो शल्यक्रियाद्धारा एशिया तथा अफ्रिकाका १ लाख भन्दा बढी मानिसहरुको आँखाको ज्योति फर्काउने काम डा. रुइतले गरेका छन् ।

‘यो सम्मानले विश्वव्यापी रूपमा परिचित नेतृत्वदायी भूमिकामा रहेका र व्यक्तिगत योगदान तथा सम्बद्ध उद्योगमा गरिएको प्रसायहरूका साथै महत्वपूर्ण सामाजिक प्रभाव मार्फत आफ्नो पेशागत जीवनमा वृद्धि, नवीनता तथा नेतृत्वलाई अगाडि बढाउने व्यक्तित्वहरूलाई कदर गर्दछ,’ आयोकले भनेको छ ।

सार्क उद्योग वाणिज्य संघका अध्यक्ष सूरज वैद्य, गैर आवासीय नेपाली संघका संस्थापक अध्यक्ष डा. उपेन्द्र महतो, पाकिस्तान उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष जुवैर अहमद मलिक, ग्लोबल स्टार्टअप अवार्ड– सार्कका सह–संस्थापक जेरिक लिन्स् जन, वान टु वाचका निर्देशक विलेम ग्रिमिनिक, र जेन्डो इनोभेसन्स्का, श्रीलङ्काका लगानीकर्ता विनोद समराविक्रमाले सम्मेलनमा आफ्ना विचार तथा प्रस्तुति दिनेछन् ।

सम्मेलनमा दक्षिण एशियाको परिकल्पनाः डिजिटल अर्थतन्त्र, ठूला विश्वव्यापी प्रवृत्ति तथा व्यवसाय, समाज तथा संस्कृतिमा यसको प्रभाव, फिनटेक – उदीयमान आर्थिक विकासको उत्पे्ररक र ट्रान्सह्युमेनिजमः मानवताको भविष्य जस्ता विषयमा छलफल गर्ने बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here