आइपीओमा १० कित्ताको प्रावधान हट्दै, कस्तो हुन्छ नयाँ प्रणाली ?

काठमाडौं, १८ फागुन । आइपीओमा १० कित्ता शेयर आवेदन दिन पाउने प्रावधान हटाउन गृहकार्य शुरु भएको छ । लगानीकर्ताको संख्या बढेपनि यसले विकृति ल्याएको भन्दै नेपाल धितोपत्र बोर्डले १० कित्ता नीति परिवर्तन गर्ने संकेत दिएको हो ।

यसको लागि अहिले विभिन्न विकल्पमा छलफल भईरहेको बोर्डले बताएको छ । १० कित्ता वितरणको नीतिमा पनि सबैले शेयर नपाउने भएपछि यस्तो नीतिको कुनै अर्थ नरहेको बोर्डले बताएको छ ।

१० कित्ता नीतिको कारण एउटै व्यक्तिले धेरैको नामबाट खाता खोलेर शेयर भर्ने गरेको कारण कारढा यस्तो नीति खारेज गर्न लागेको बोर्डको भनाई छ । यसको १० कित्ता नीतिले शेयर किन्न र बेच्नमा समेत समस्या पारेको कारण बोर्डले यस नीतिलाई परिमार्जन गर्न खोजेको बताईएको छ ।

बोर्ड पछिल्लो समय कम्तिमा ५० कित्ता पुर्याउने तयारी गरिरहेको छ । बुक विल्डिङबाट ५० कित्ताको प्रावधान रहने व्यवस्था बोर्डले गरिसकेको छ । सो कार्यान्वयनमा जाँदा ५० कित्ताको प्रावधान लागु हुने सम्भावना रहेको कोर्डले जनाएको छ ।

१० कित्ता पाउन पनि अहिले भाग्यकै भर पर्ने अवस्था छ । एकदमै मेहनतका साथ आवेदन दिँदा १० कित्ता मात्र शेयर पर्दा शेयर परेको अनुभूति नै नहुने, शेयर नपर्दा आफुले खर्चेको समय खेर जाने अवस्था रहेको छ ।

शेयर बेच्न पनि लामो प्रक्रिया अपनाउनु पर्ने, बिक्रि गर्दा समेत धेरै मुनाफा प्राप्त नहुने र एकै ब्यत्तिले धेरै जनाको खाता चलाउने जस्ता विकृति देखिएकाले बोर्डले यस नीतिलाई परिमार्जन गर्न खोजेको स्रोतले जनाएको छ ।

नेपालमा १० कित्ते निती लागु हुनु अघि न्युनतम ५० कित्ताका दरले शेयर बितरण गर्ने प्रणाली थियो ।

अब पनि बोर्डले पुरानै प्रणाली अनुसार आइपीओओ बाँडफाँड गर्नेगरि छलफल गरिरहेको हो । बोर्डका अनुसार परिमार्जन गर्ने निर्णय गर्नु अघि अझै केहि कम्पनीको आइपीओ बिक्रि र बाँडफाँडलाई अध्ययन गरिने स्रोतको भनाइ छ ।

अहिले नेपालमा धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका, २०७४ बमोजिम सेयर बाँडफाँड हुदै आएको छ ।

निर्देशिकाको दफा ३० मा धितोपत्र बाँडफाँड गर्दा सर्वप्रथम सबै आवेदकलाई दश कित्ताको दरले धितोपत्र बाँडफाँड गर्नु पर्ने ब्यबस्था छ ।

सबैलाई न्युनतम १० कित्ता बाँडफाँड गरे पश्चात बाँकी रहेको निष्काशित धितोपत्र बीस वा सो भन्दा बढी कित्ता आवेदन गर्ने आवेदकहरूलाई पुनः दश कित्ताका दरले धितोपत्रको बाँडफाँड गर्नु पर्ने ब्यबस्था छ ।

त्यसपछि पनि शेयर बाँकी रहेमा सोही प्रक्रिया अपनाई बाँकी शेयर बाँडफाँड गर्नु पर्ने ब्यबस्था छ। तर धितोपत्र बाँडफाँड गर्दा न्युनतम १० कित्ताका दरले नै सबै आवेदकलाई भाग पर्ने अवस्था नभएमा भने गोलाप्रथाद्धारा आवेदक छनौट गरी धितोपत्र बाँडफाँड गर्नुपर्ने छ भनि निर्देशिकामा उल्लेख गरिएको छ ।

लगानीकर्ताले बोर्डले १० कित्ताको प्रावधान हटाउन लागेको भन्दै आलोचना गर्न थालेका छन् । ठुला लगानीकर्तालाई मात्र बोर्डले ध्यान दिएको लगानीकर्ताको आरोप छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here