शेयर कारोबार गर्न टीएमएस खोल्ने प्रक्रिया पूरा भईसकेपछि इमेल नआए के गर्ने ?

काठमाडौं । नेपालको शेयर कारोबारको संख्या पनि दिनानुदिन बढ्दै गइरहेका छन्। नेप्सेका अनुसार औसतमा ८० प्रतिशतभन्दा बढी कारोबार अनलाइनबाट मात्रै हुन थालेको छ ।

अनलाइन कारोबारको लागि टीएमएस खोल्नेको संख्या पनि बढ्दो क्रममा रहेको छ । टीएमएसको पूरा रुप हो, ट्रेड म्यानेजमेन्ट सिस्टम । यो अनलाइनबाट सेयर कारोबार गर्नका लागि प्रयोग गरिन्छ ।

परम्परागत रुपमा ब्रोकर कार्यालयमा गएर मौखिक वा लिखितरुपमा शेयर खरिद वा बिक्रीको आदेश दिएपछि मात्रै शेयर कारोबार हुन्थ्यो । तर टीएमएस आइसकेपछि यो सेवा लिएका लगानीकर्ताले ब्रोकर कार्यालय धाउनु पर्ने बाध्यता छैन ।

लगानीकर्ताले घर, कार्यालय वा आफू बसेकै ठाउँबाट कम्प्युटर, ल्यापटप, मोबाइललगायतका डिभाइसमा लगइन गरी शेयर कारोबार गर्न सक्छन् ।

कुनै ब्रोकरमा टीएमएसको सम्पूर्ण काम अनलाइनबाटै हुन्छ भने कुनैमा केवाईसी फाराम बुझाउन जानुपर्ने हुन्छ । केवाईसी फाराम भने अनलाइनबाट पनि अपलोड गर्न सकिन्छ ।

तर टीएमएसको सम्पूर्ण प्रक्रिया पूराभएपनि इमेल नआउने समस्याले सताउने गरेको छ । नेप्सेले विभिन्न शाखाहरु मार्फत सरोकारवालाको गुनासो समाधान गर्दै आएको छ।

यस्तो छ समस्या सम्बोधन गर्ने उदेश्यले नेप्सेले तयार पारेको संक्षिप्त सामग्री

१) TMS मा Registration प्रक्रिया पुरा भईसकेपछि Email प्राप्त भएन भने के गर्ने ?

• यदि ब्रोकरले तपाइको खाता खोलेको हो भने, TMS मा तपाईको सही Email प्रविष्टि भएको छ / छैन ब्रोकर मार्फत यकिन गर्नुहोस् ।

• यदि तपाई आफैले Online Registration मार्फत खाता खोल्नु भएको अवस्थामा पनि Email नआएमा ब्रोकरसंग नै सम्पर्क गरी आवश्यक सल्लाह लिनुहोस् [नोट: सिस्टमले reply गरेको Email कहिलेकहीं Spam मा बस्ने गरेको हुँदा Email को Spam Section मा पनि चेक गर्नुहोस् ।

२) TMS मा Registration गर्दा ‘Duplicate BOID’ error आएमा के गर्ने ?

खाता खोल्न चाहेको ब्रोकरलाई तल दिईएका विवरण राखी email गर्नुहोस् ।

• BOID / Demat Number
• Customer Code

३) TMS मा Citizenship No, Citizenship Issue Date वा Citizenship Issue Place नमिलेमा वा “Duplicate Citizenship” error आएमा के गर्ने?

ब्रोकरलाई तल दिईएका विवरण राखी email गर्नुहोस्।

• BOID / Demat Number
• Customer Code
• Correct Citizenship No
• Correct Citizenship Issue Place
• Correct Citizenship Issue Date (in AD)

४) Support मा सम्पर्क गर्दा के के विवरण चाहिन्छ?

• BOID / Demat Number
• Customer Code
• Broker Name / Broker Number

नेप्सेले विभिन्न शाखाहरु मार्फत सरोकारवालाको गुनासो समाधान गर्दै आएको छ। निम्न विषयका लागि निम्न Extension Number र Email ID मार्फत सम्पर्क गर्न सक्नुहुन्छ। Telephone Numbers (+977) -1-4250755,4250756,4250757,4250758,4250596 Ext: – 0 E-Mail Address: info@nepalstock.com

-टिएमएस सपोर्ट(TMS Support) एक्सटेनसन न. 118, 145

-हेल्प डेस्क, एक्सटेनसन न. 0

-ब्रोकरसंग सम्बन्धीत विषयहरु: सुपरिवेक्षण शाखा, एक्सटेनसन न. 108,142 इमेल ठेगाना, surveillance@nepalstock.com

-संस्थापक शेयर तथा ओटीसी बजार सम्बन्धी कारोवार: कारोवार शाखा, एक्सटेनसन न. 107

-सूचीकृत कम्पनीको लग-इन तथा सूचना अपलोड गर्ने सम्बन्धी विषयहरु: सूचिकरण शाखा, एक्सटेनसन न. 136,137 इमेल ठेगाना, listing@nepalstock.com

– अन्य सूचना, तथ्यांक तथा जानकारीमूलक सामग्रीका लागि: अनुसन्धान शाखा, एक्सटेनसन न.123 इमेल ठेगाना, research@nepalstock.com.np

– वेवसाइट, मोबाइल एप सम्बन्धी विषयहरु: आई.टि शाखा, एक्सटेनसन न. 144,120,126,134,135 इमेल ठेगाना, support@nepalstock.com

यसरी भर्नुहोस् टीएमएस

टीएमएस भर्नको लागि पहिला आफुलाई चाँहिने अवश्यक कागजपत्र तयार परेर बस्ने । जसको लागि केवाईसी फाराम, नागरिकताको प्रतिलिपि, डीपी आइडी, हस्ताक्षर, तस्विर र तपाइको परिचयपत्र खुल्ने कुनै कार्ड वा नागरिकता लिएर खिचिएको सेल्फी फोटोको अवश्यकता पर्छ ।

त्यसपछि https://tms49.nepsetms.com.np/login मा गएर क्लिक गर्ने (उदाहरणको लागि यो लिंक दिइएको हो) तपाइले नेपालमा रहेको जुनसुकै ब्रोकरबाट यो सेवा लिनसक्नु हुनेछ । ब्रोकर कार्यालयलाई उनीहरुको नामसँगै १, २, ३ जस्ता नम्बरले पनि चिनिन्छ ।

त्यसपछि न्यु रजिष्ट्रेसन अनलाइन टेड्रिङमा क्लिक गर्ने । त्यसपछि ६ वटा प्रक्रिया पूरा गर्नुपर्ने हुन्छ। जसमा जनरल डिटेल्स, एड्रेस डिटेल्स, इन्डिभिजुअल डिटेल, बैंक डिटेल्स, डिपोजेटरी डिटेल्स र डकुमेन्टस् डिटेल्स समावेश हुन्छन्।

जनरल डिटेल

यसमा इ–मेल एड्रेस, फोन नम्बर, पान नम्बरलगायत भर्नुपर्ने हुन्छ। यो भर्नका लागि पान नम्बर भने अनिवार्य छैन। एड्रेस डिटेलमा स्थायी तथा अस्थायी ठेगाना भर्नुपर्छ।

एड्रेस डिटेल

एड्रेस डिटेलमा तपाइको स्थायी बसोबास भएको सम्पूर्ण ठेगाना भर्नु पर्नेछ । जस्तै:- प्रदेश, जिल्ला, पालीका र वडा अनिर्वाय गरिएको हुन्छ ।

इन्डिभिजुअल डिटेल

यो भर्दा अलि होस पुर्याउनुपर्छ। यहाँ धेरैले गल्ती गरेको पाइन्छ । यसमा जन्म मिति र नागरिकता जारी मिति भर्दा अंग्रेजी मिति नै राख्नुपर्ने हुन्छ । अन्यथा सिस्टमले स्वीकार गर्दैन । यसमा बुबा र हजुरबुबाको नाम पनि अनिर्वाय गरिएको हुन्छ ।

बैंक डिटेल

यसमा आफ्नो बैंकको खाता नम्बर र बैंकको ठेगाना मात्र राखे पुग्दछ ।

डिपोजेटरी डिटेल

यसमा आफ्नो १६ अंकको बैंक तथा ब्रोकरले उपलब्ध गराएको डीपी (डिम्याट) नम्बर भर्नुपर्छ।

डकुमेन्टस् डिटेल

यसमा नागरिकताको प्रतिलिपि, केवाईसी फाराम र फोटो, सेल्फी फोटो, हस्ताक्षर अपलोड गर्नुपर्छ। त्यसपछि समिटमा गएर क्लिक गर्नु पर्नेछ ।

त्यसको केहि दिनमा तपाइलाई इ–मेल प्राप्त भएपछि आफूले पासवर्ड परिवर्तन गरी टीएमएस सहज तरिकाले चलाउन सकिन्छ। पासवर्ड राख्दा अगाडिको अक्षर ठूलो र अंक–अक्षर र (सिम्बोल) @$* प्रयोग गरी पासवर्ड राख्नुपर्छ।

यसरी युजर नेम र पासवर्ड आइसकेपछि तपाईंसँग भएको शेयर बिक्री गर्नका लागि कुनै समस्या हुनेछैन् ।

तपाईंले विदाको दिन बाहेक आइतबारदेखि बिहीबारसम्म बिहान ११ बजेदेखि ३ बजेसम्म कारोबार गर्न सक्नुहुन्छ । त्यसबाहेक ती दिनमा विहान १०ः३० बजेदेखि १०ः४५ बजेसम्मको १५ मिनेटको समयमा प्रि–ओपन सेसनमा पनि कारोबार गर्न सक्नुहुन्छ ।

यसरी गर्नुहोस् अनलाइनबाट किनबेच

अब ट्रेडिङ यूआरएलमा गई आफ्नो यूजरनेम र पासवर्ड प्रयोग गरी टिएमएस ‘समिट’ गरी सिस्टम लगिन गर्न सकिन्छ।

अर्डर पोष्ट गर्नका लागि बायाँ साइडमा रहेको अर्डर म्यानेजमेन्टमा गई नर्मल अर्डरमा क्लिक गर्नुहोस्। त्यसपछि अर्डर इन्ट्रीको स्कृन खुल्नेछ। शेयर खरिद गर्नेले ‘बाइ’ बेच्नेले ‘सेल’ छान्नुहोस्।

शेयरको प्रकारमा ‘इक्वीटी’ छान्नुहोस्। अब कम्पनी छनौट गर्नुहोस् र उक्त कम्पनीको प्रविष्टित आदेशहरु हेर्न सकिन्छ। त्यही आदेश पेजमा शेयर संख्या र चाहेको मूल्य राख्नुहोस् र ‘प्लेस अर्डर’ क्लिक गर्नुहोस्। सो क्लिकपछि यदी ‘एमई नट लग’ भन्ने सन्देश आएमा ब्रोकरलाई नै सम्पर्क गर्नुहोस् र आफ्नो डिएनए लगिन गर्न भन्नुहोस्।

अन्यथा अर्डर प्लेस भएको सन्देश स्कृनमा आउनेछ। अर्डर दिइसकेपछि आफैले त्यही स्कृनमा हेर्न सकिनेछ। अर्डर म्याच भएमा कारोबार सम्पन्न हुनेछ भन्ने अन्यथा त्यो दिनको अन्त्यमा रद्द हुनेछ।

बीचमा अर्डर परिवर्तन वा रद्द गर्न अर्डर म्यानेजमेन्टमा गई अर्डर बुकमा जानुहोस् र ओपन अर्डरमा क्लिक गर्नुहोस्। आफ्नो अर्डरको ‘मोडिफाइ’ संकेतमा क्लिक गरी किनबेच गर्न चाहेको संख्या वा मूल्य परिवर्तन गरी प्लेस अर्डरमा क्लिक गर्नुहोस् वा रद्द गर्न चाहेको खण्डमा क्यान्सिल संकेतमा क्लिक गरी रद्द गर्नुहोस्।

यसरी शेयर कारोबार गर्दा तपाईंले ५० हजार रुपैयाँसम्मको कारोबार गर्नु भएको छ भने ०.४ प्रतिशत शुल्क बुझाउनु पर्छ भने ५० हजारदेखि ५ लाख रुपैयाँसम्म ०.३७ प्रतिशत ५ लाखदेखि २० लाख रुपैयाँसम्मको कारोबारमा ०.३४ प्रतिशत शुल्क, २० लाखदेखि १ करोड रुपैयाँसम्म ०.३० प्रतिशत शुल्क १ करोड रुपैयाँभन्दा माथिको कारोबारमा ०.२७ प्रतिशत शुल्क लाग्छ ।

सेयर बिक्री गर्दा फाइदा भएको पैसामा मात्रै ५ प्रतिशत कर लाग्छ भने डिपी शुल्क भनेर प्रतिकारोबार २५ रुपैयाँ लाग्छ । त्यसबाहेक धितोपत्र बोर्डले पनि ०.०१५ प्रतिशत कमिसन लिन्छ ।

शेयर कारोबार गर्न कसरी खोल्ने टीएमएस, यस्तो छ सहज प्रक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here