विश्वका ८० प्रतिशत बालबालिका शारीरिक रूपमा चाहिनेभन्दा कम सक्रिय

काठमाडौं । विश्वका ८० प्रतिशत बालबालिका तथा युवाहरूले स्वस्थ रहनको लागि चाहिने शारीरिक गतिविधि नगर्ने पाइएको छ ।

सन् २०१९ मा विश्वका विभिन्न एक सय ४६ देशहरूमा गरिएको अध्ययनले ११ देखि १७ वर्षका बालबालिका र युवाहरूले प्रतिदिन एक घण्टा पनि शारीरिक व्यायाम नगर्ने देखाएको हो । ती देशहरूमध्ये पनि चारबाहेक अन्य देशमा बालकहरूको तुलनामा बालिकाहरू शारीरिक रूपमा कम सक्रिय रहेको पाइएको छ । विद्यालयमा लामो समय बिताउनुपर्ने र घरमा पनि गृहकार्यमा व्यस्त हुने हुँदा बालबालिकाहरू सक्रिय हुने मौका पाउँदैनन् ।

तर अध्ययनकर्ताहरूले सुरक्षित, सहज र सस्तो खेलकुद वा व्यायामका सुविधाहरू उपलब्ध नहुनुलाई पनि यसको कारक देखाएका छन् । साथै फोन, ट्वाबलेट र कम्प्युटरमा समय धेरै बिताउने, डिजिटल खेल बढ्दै गएका कारण बालबालिका र युवाहरू सक्रिय नभएको पनि देखिएको हो । बालबालिका र युवाहरूले कम्तिमा दैनिक एक घण्टा व्यायाम गर्नुपर्ने हुन्छ ।

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)को अनुसार बालबालिकाहरू निस्क्रिय भएका कारण उनीहरूको स्वास्थ्य खराब हुने, मस्तिष्क विकास र सामाजिक सीपमा असर गरिरहेको छ । सक्रिय रहनाले मुटु र फोक्सो स्वस्थ हुने, हड्डी र मांशपेशी बलियो हुने, मानसिक स्वास्थ्य राम्रो हुनुका साथै र तौल ठिक्क हुने हुन्छ । सक्रिय बालबालिका र युवाहरू पछि गएर सक्रिय रहन्छन् । जीवनभर सक्रिय हुनेहरूमा धेरै रोग लाग्ने जोखिम कम हुन्छ ।

दौड्ने, साइकल चलाउने, पौडी खेल्ने, फुटबल वा अन्य शरीरिक गतिविधि हुने खेल, डोरी खेल्ने वा मुटुको धड्कन बढ्ने र फोक्सोले तेज स्वास फेर्ने सबे गतिविधिलाई व्यायमको रुपमा मानिने गरिन्छ ।(एजेन्सी)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here