बिहीबारबाट उपत्यकामा निषेधाज्ञा, के गर्न पाइन्छ, के पाइँदैन ? (निर्णय सहित)

काठमाडौं, १३ बैशाख । काठमाडौं उपत्यकामा बैशाख १६ गतेदेखि निषेधाज्ञा लगाइने भएको छ।

कोरोना भाइरस संक्रमण तीव्र रूपमा बढेपछि सोमबार बसेको काठमाडौं‚ ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरूको बैठकले एक साताको लागि निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो ।

सार्वजनिक एवं निजी सवारी साधन सञ्चालनमा वैशाख १६ गते बिहान ६ बजेदेखि २२ गते राती १२ बजेसम्म काठमाडौं उपत्यकाभर सञ्चालनमा रोक लगाइएको छ ।

नेपाल सरकारका कर्मचारी, बैंक, अत्यावश्यक क्षेत्रमा काम गर्ने कर्मचारी, सञ्चारकर्मीहरुलाई परिचयपत्रका आधारमा आवतजावत गर्न दिने बताइएको छ । उपत्यकामा प्रवेश गर्ने सबैले अनिवार्य क्वारेन्टाइनमा बस्नुपर्ने नियम पनि ल्याइएको छ ।

कोरोना भाइरसको संक्रमण तीव्र भएपछि आइतबार बसेको कोभिड–१९ नियन्त्रण तथा व्यवस्थापन केन्द्रले पनि ५ सय भन्दा बढी सक्रिय संक्रमित भएका शहरमा निषेधाज्ञा जारी गनुपर्ने सिफारिस गरेको थियो ।

यस्तै बैठकले पहाडी जिल्लामा २ सय भन्दा बढी सक्रिय संक्रमित भएपछि लकडाउन गर्न पनि भनेको थियो । काठमाडौं उपत्यकामा अहिले ४ हजार भन्दा बढी सक्रिय संक्रमित छन् ।

निषेधाज्ञामा औषधि खाद्यवस्तु तथा अन्य अत्यावश्यक उपभाग्य वस्तु खरिद बाहेक बाहिर निस्कन पाइने छैन । निषेधाज्ञामा उपभोग्य वाहेकका सवारी गुडाउन पाइने छैन । निजी , सार्वजनिक र अनुमति बिनाका सरकारी गाडी गुडाउन, मेला महोत्सव गर्न पनि पाइने छैन ।

यस्तै, निषेधाज्ञा भएपनि दैनिक उपभोग्य वस्तुको बिक्री तथा ढुवानी, सुरक्षा निकायका गाडी र सुरक्षाकर्मी हिँडडुल, फोहोरमैला संकलनार्थ सवारी सञ्चालन, औषधि खरिद बिक्री ढुवानी र दीर्घरोगीलाई अस्पताल जान भने रोक लगाइने छैन ।

निषेधाज्ञामा औषधि खाद्यवस्तु, इन्धन, ग्यास, तरकारी, फलफूल, दुध, विद्युत दुरसञ्चार, मृत्यु संस्कार सम्बन्धि सवारी सञ्चालन गर्न पाइने छ । सरकारी कार्यालय खुल्नेछन्। बैंक तथा वित्तीय संस्था आधा जनशक्ति राखेर सञ्चालन गर्न पाइने छ।

यसरी कार्यालय खोल्दा स्वास्थ्यको मापदण्ड पालना गर्नुपर्ने छ। हवाई सेवा सुचारू हुनेछ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here